सुरेन्द्र रेग्मी, बुटवल ।
राष्ट्रिय जनमोर्चा सैनामैना नगर समितिको आयोजनामा एकदिने प्रशिक्षण क्रायक्रम सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमको प्रमुख आतिथ्यमा २०८० साउन २८ आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गाननाथ खरेलले पार्टी अनुशासन र माक्र्सवादबारे तथा राजमो केन्द्रीय सल्लाहकार बद्रे आलमले धर्म र नेपालमा सङ्घीयताको असरबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले सङ्गठनात्मक पद्धतिबारे छलफल चलाउनुभएको थियो ।
नगर अध्यक्ष रामबहादुर बस्यालको अध्यक्षता तथा नगर सचिव विष्णु थापाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नगर
उपाध्यक्ष जयश्वर रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सय जनाभन्दा बढीको सहभागिता रहेको थियो ।





