• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

क्रान्तिकारी रूपान्तरण आजको आवश्यकता


  •   आइतबार, साउन २८, २०८० मा प्रकाशित
  • का. सन्देश #
    ऐतिहासिक तीन अभियानको मुख्य उदेश्य कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्नु हो । लेनिनको शताब्दी स्मृतिदिवस, पार्टीस्थापना दिवसको हीरक जयन्ती र पार्टीको नवौँ महाधिवेशनसम्बन्धी विभिन्न कार्यक्रम एकीकृत रूपमा सञ्चालन गर्नु नै तीन अभियान हो । यो पूरा एक वर्षसम्म चल्ने छ ।

    Advertisement

    तीनओटा अभियानको कार्यक्रम बेग्लाबेग्लै भएता पनि यी सबैको एउटै उद्देश्य हुने छ : कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्नु । यो अभियान केवल औपचारिकताका लागि वा मनाउनका लागि सञ्चालन हुने छैन ।

    लेनिनलाई सम्झनुको अर्थ यो हुने छ कि हामीले उहाँका सिद्धान्त, नीति तथा आदर्शलाई व्यवहारमा पालना गर्ने छौँ । एउटा सशक्त, अनुशासित र जनआधारित ‘बोल्सेभिक’ पार्टी निर्माण गर्ने छौँ । त्यसैगरी, पार्टीको हीरक जयन्ती र महाधिवेशनको कार्यक्रमले पनि पार्टीका कार्यकर्तालाई पार्टीको उदेश्यप्रति थप सक्रिय, दृढ र प्रतिबद्ध गराउने छ । पार्टी समिति तथा सदस्य थप अनुशासित र सुदृढ बन्ने छन् । यसरी यो अभियानले पार्टीलाई कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी भूमिका निर्वाह गर्न सक्ने मजबुत र शक्तिशाली पार्टीनिर्माण गर्न व्यावहारिक रूपमा नै योगदान दिने छ । यस अर्थमा यो ऐतिहासिक तीन अभियान पार्टीजीवनमा साँच्चिकै ऐतिहासिक सावित हुने छ ।

    रूपान्तरण भनेको कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्था वा स्तरबाट माथि उठाउनु हो । अहिले नेपालको कम्युनिस्ट आन्दोलनको सैद्धान्तिक तथा वैचारिक स्तर, सङ्गठनात्मक अवस्था वा अनुशासनको स्तर अत्यन्त कमजोर रहेको छ । यो अवस्थाबाट पार्टीलाई बदल्नुपर्दछ । समग्रमा अभियानको मुख्य उदेख्य भनेको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्नु हो तर त्यो रूपान्तरण आफैबाट सुरु गर्नु तीन अभियानको केन्द्रीय प्रश्न हो ।

    अभियानले केवल मातहतका कार्यकर्ता वा सदस्यबाट मात्र त्यस प्रकारको अपेक्षा राख्दछ भन्ने कुरा सही होइन । कमजोरी तल्ला समिति वा सदस्यमा मात्र छन् भन्ने होइन । केन्द्रमा वा उपल्लो समितिमा काम गर्ने सदस्यमा पनि कैयौँ कमजोरी हुने गर्दछन् ।

    वास्तवमा उपल्लो तहमा काम गर्ने सदस्यको कमजोरीले पार्टीलाई बढी क्षति पुर्‍याइरहेको हुन्छ । त्यसैले केन्द्रदेखि सेलसम्म, नेतादेखि कार्यकर्तासम्म अर्थात् सम्पूर्ण सदस्यले गैरक्रान्तिकारी विचार वा व्यवहारबाट आफूलाई अलग गरी माक्र्सवादी–लेनिनवादी सिद्धान्त, विचार र चरित्र ग्रहण गरेर नै हामीले सिङ्गो पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्छौँ । त्यस प्रकारको रूपान्तरण हामीले आफूलाई कति गर्न सक्छौँ ? त्यसैमा नै ऐतिहासिक तीन अभियानको सफलता निहित रहने छ ।  

    कम्युनिस्ट आन्दोलनमा लाग्नु भनेको समाज रूपान्तरणको उच्च प्रकारको आन्दोलनमा समाहित हुनु हो । त्यसले उच्च प्रकारको त्याग, बलिदान वा समर्पणको माग गर्दछ । त्यसका लागि व्यक्तिगत जीवनका महत्त्वाकाङ्क्षा, व्यक्तिगत लाभ वा सुखसुविधा त्याग्न तयार हुनुपर्दछ । व्यक्तिगत हितभन्दा माथि पार्टी, क्रान्ति वा जनताको हित प्रमुख बन्नुपर्छ । यसरी कम्युनिस्ट आन्दोलन, पार्टी, क्रान्ति वा समाजको क्रान्तिकारी परिवर्तनको आन्दोलन नै उसको उदेश्य, लक्ष्य वा जीवन बन्न जान्छ ।

    हामीले संसारमा भएका क्रान्ति वा समाज परिवर्तनका आन्दोलनको इतिहासलाई हेर्‍यौँ भने पनि प्रष्ट हुन्छ कि त्यस प्रकारका परिवर्तनका पछाडि हजारौँहजार त्यस्ता व्यक्तिको लगानी, त्याग, बलिदान र समर्पण पाउछौँ, जसको कारणले समाज रूपान्तरणका सङ्घर्ष सफल भएका छन् । नेपालकै इतिहास हेर्‍यौँ भने पनि हामीले देख्दछौँ कि कम्युनिस्ट आन्दोलन वा प्रजातान्त्रिक आन्दोलनमा होस्, व्यक्तिगत जीवनका स्वार्थलाई भन्दा परिवर्तनको आन्दोलनलार्ई केन्द्रमा राखेर काम गरेका हजारौँहजार व्यक्तिहरू पाउँछौँ ।

    भूमिगत जीवन, जेल, प्रहरीको यातना वा कष्टकर व्यक्तिगत जीवनका बिच उनीहरूले आन्दोलनलाई अगाडि बढाए† त्यसैलाई उनीहरूले जीवन बनाए† त्यसैमा रमाए र त्यसैमा आफ्नो सम्पूर्ण जीवन बिताए । कैयौँले जीवन बलिदान गरे र सहिद बने । जीवित रहेका पुराना पुस्ताका त्यस प्रकारका कैयौँ व्यक्ति अहिले पनि हामी देख्न सक्छौँ ।

    अहिले व्यक्ति यति धेरै भ्रष्ट र व्यक्तिवादी भएको छ कि सामाजिक दायित्वको कुरा त परै जाओस्, पारिवारिक दायित्वबाट समेत अलग हँुदै गएको छ । समाजको लागि केही गर्नु पर्‍यो भने उसले हिसाबकिताब गर्दै सोच्न थाल्छ कि त्यसबाट उसलाई व्यक्तिगत रूपमा कति लाभ हुन्छ ? मानौँ व्यक्तिगत फाइदाभन्दा बाहिर उसका लागि कुनै चिजको अस्तित्व छैन । गम्भीर विषय यो हो कि पारिवारिक जीवनदेखि समाज वा राजनीतिक कामसम्म त्यस प्रकारको सोचाइले प्रभुत्व जमाउँदै गएको देख्न सकिन्छ, जसले गर्दा सामाजिक कार्य वा राजनीतिलाई पनि व्यवसायको रूपमा बुझ्ने सोचाइ बढेर गएको छ । त्यस प्रकारको सोचाइबाट नयाँ पुस्ताका युवाहबढी नै प्रभावित भएको देख्न सकिन्छ ।

    समाजमा बढ्दै गएको त्यस प्रकारको गलत सोचाइबाट कम्युनिस्ट आन्दोलन पनि प्रभावित हुँदै आएको छ, जसको कारण कम्युनिस्ट आन्दोलनमा सर्वहारा चरित्रको धेरै नै ह्रास हँुदैं आएको छ । आजभोलि पहिले जस्तो त्याग, बलिदान वा समर्पणको सोचाइभन्दा व्यक्तिगत लाभलाई केन्द्रमा राखेर सोच्ने प्रवृत्ति कम्युनिस्ट पार्टीमा पनि बढ्दै गएको पाइन्छ । पार्टीका जिम्मेवारीलाई भन्दा पदप्रतिष्ठा वा लाभलाई प्रमुख ठान्ने सोचाइ बढ्दै गएको पाइन्छ ।

    पार्टीमा लागेपछि कुनै न कुनै लाभ प्राप्त हुनुपर्‍यो । चाहे त्यो पार्टीको उच्च पद, सम्मान वा आर्थिक होस् तर व्यक्तिगत रूपमा लाभ हुनुपर्‍यो । यस प्रकारको गैरसर्वहारा विचारको प्रभावबाट हाम्रो पार्टी पनि अलग रहन सकेको छैन, जसको कारण पार्टीको आम क्रान्तिकारी चरित्रमा ह्रास हुँदै आएको छ । तीन अभियानमार्फत् कम्युनिस्ट आन्दोलनमा ह्रास हुँदै गएको क्रान्तिकारी चरित्रको पुनस्र्थापना गर्नु हाम्रो उद्देश्य हो ।

    प्राय: कम्युनिस्ट आन्दोलनमा देखा पर्ने गैरक्रान्तिकारी विचार निम्नपुँजीवादी चिन्तनका उपज हुन् । नेपालको कम्युनिस्ट आन्दोलन निम्नपुँजीवादी चिन्तनबाट बढी नै प्रभावित हुने गरेको छ । निम्नपुँजीवादी चिन्तन अन्तत: पुँजीवादी विचारधारा हो । यो व्यक्तिवादी चिन्तन हो । यसले व्यक्तिलाई अर्थात् आफूलाई केन्द्रमा राखेर सोच्ने गर्दछ । सम्पूर्ण कामकारबाहीबाट आफूलाई कति फाइदा भयो ? त्यस आधारमा उसले आफूलाई अगाडि बढाउने गर्दछ । निम्नपुँजीवादी चिन्तन विरुद्ध पार्टीले लामो समयदेखि कडा सङ्घर्ष गर्दैै आएको छ । सङ्घर्षको क्रममा कैयौँ सङ्गठनात्मक रूपमा क्षति पनि व्यहोर्नुपरेको तथ्य हाम्रासामु छ । यसरी निम्नपुँजीवादी दृष्टिकोण सैद्धान्तिक प्रश्न मात्र नभएर यो सङ्गठनात्मक विषय पनि बन्न जान्छ । त्यसैले त्यसका विरुद्ध वैचारिक र सङ्गठनात्मक रूपमा सङ्घर्ष आवश्यक छ ।

    ऐतिहासिक तीन अभियानले निम्नपुँजीवादी दृष्टिकोण विरुद्धको सङ्घर्षलाई थप अगाडि बढाउने छ । पार्टीलाई निम्नपुँजीवादी प्रभावबाट मुक्त दिलाउने प्रयत्न गर्ने छ । त्यसका लागि पार्टीले व्यापक माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययनमा जोड दिएको छ । देशव्यापी रूपमा प्रशिक्षणको आयोजना गरेको छ । माक्र्सवादी–लेनिनवादी प्रकाशनको योजना बनाएको छ तर यो काम केन्द्रले मात्र गरेर पुग्दैन । सबै तहका समितिले यस प्रकारको कामप्रति ध्यान दिनुपर्दछ अर्थात् जिल्ला वा त्योभन्दा तलका समितिले पनि बढीभन्दा बढी प्रशिक्षण र प्रकाशनको योजना बनाउनुपर्दछ । सिङ्गो पार्टीको एकता र बलबाट नै हामीले निम्नपुँजीवादी प्रभावबाट पार्टीलाई मुक्त गर्न सक्ने छौँ ।

    माक्र्सवादी–लेनिनवादी सिद्धान्तको आधारमा नै हामीले कम्युनिस्ट आन्दोलन वा क्रान्तिप्रति सही दृष्टिकोण बनाउन सक्छौँ । संसारमा एकछत्र रजाइँ गरेको पुँजीवादको दबदबा मात्र होइन, धरासायी हुँदै गएको पुँजीवाद र त्यसको अँध्यारो भविष्यलाई पनि देख्न सक्छौँ । कमजोर र रक्षात्मक अवस्थामा रहेको कम्युनिस्ट आन्दोलन मात्र होइन, उदाउँदै गरेको त्यसको सुन्दर क्रान्तिको भविष्य पनि देख्न सक्छौँ ।

    माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययनबाट नै कम्युनिस्ट आन्दोलनको भविष्यप्रति विश्वास पैदा हुन सक्छ तर माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययन अहिले प्राय: समाप्त जस्तै भएको छ । फेसबुक र टिकटकमा समय बिताउने र त्यसैको आधारमा विचार निर्माण गर्ने विकृत तरिका बढ्दो देखिन्छ । सम्पूर्ण सदस्यलाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तको अध्ययनमा जोड दिनु र त्यसका लागि वातावरण तयार पार्न ध्यान दिनु पनि तीन अभियानको उद्देश्य हो ।

    तीन अभियानमध्ये लेनिनको एक शताब्दी स्मृतिदिवस पनि एउटा हो । माथि नै भनिएको छ कि हामीले स्मृतिदिवसलाई केवल औपचारिकतामा मात्र सीमित राख्ने छैनौँ । उहाँका योगदान र शिक्षालाई हामीले व्यवहारमै ग्रहण गर्ने छौँ । कम्युनिस्ट आन्दोलनमा रूपान्तरण तथा मजबुत, अनुशासित र क्रान्तिकारी पार्टी निर्माणको कुरा गरिरहँदा हामीले लेनिनले प्रतिपादन गरेका सिद्धान्त र विचारलाई सम्झनु अनिवार्य हुन्छ । उहाँका सिद्धान्त वा विचारभन्दा बाहिर गएर हामीले मजबुत, अनुशासित र क्रान्तिकारी पार्टी बनाउन अर्थात् क्रान्तिकारी रूपान्तरणको अभियानको सफलताको कल्पना पनि गर्न सक्दैनौँ ।

    लेनिनले प्रत्येक सदस्य पार्टीको काममा सक्रिय हुनुपर्ने कुरामा जोड दिनुभएको छ । पार्टीसदस्य समर्थक सदस्यहरू होइनन् । उनीहरूले पार्टीको राजनीतिलाई समर्थन गरेर वा पार्टीले आह्वान गरेका कार्यक्रममा भाग लिएर मात्र पुग्दैन । पार्टीसदस्य कुनै समितिमा बस्ने, जिम्मा लिने र सक्रिय हुने कुरालार्ई लेनिनले अनिवार्य बनाउनुभयो । यो नियमले पार्टीको काममा सक्रिय, अनुशासित र विचारमा एक स्तर उठेका व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य हुन सक्थे । स्पष्ट छ : त्यस प्रकारका सदस्य भनेका सक्रिय कार्यकर्ता हुन् । यसरी लेनिनले कम्युनिस्ट पार्टीलाई कार्यकर्ताको पार्टी (क्याडर्स पार्टी) को रूपमा व्याख्या गर्नुभयो । यो नियमले परम्परागत प्रकारको पार्टीबाट क्रान्तिकारी पार्टी रूपान्तरणमा महत्त्वपूर्ण आधार तयार गर्‍यो ।

    लेनिनले पार्टीमा कडा अनुशासन हुनुपर्ने कुरामा जोड दिनुभयो तर सर्वहारा अनुशासन उच्च प्रकारको चेतनामा आधारित हुने कुरा पनि प्रष्ट पार्नुभयो । त्यसलाई उहाँले “सचेत अनुशासन” बताउनुभएको छ । त्यो भनेको स्वेच्छापूर्वक अनुशासनको पालना गर्नु हो । कम्युनिस्ट पार्टीको अनुशासन जबर्जस्ती लादिने विषय होइन अन्यथा त्यो उसका लागि स्वत: दासता बन्न जान्छ । त्यसैले अनुशासन अनिवार्य भए पनि यसको प्रयोग सर्वथा पार्टीसदस्यको उच्च प्रकारको चेतनामा भर पर्दछ । उच्च प्रकारको चेतना सँगसँगै सर्वहारा अनुशासन पनि सुदृढ बन्दै जान्छ । त्यसैलाई लेनिनले “सचेत अनुशासन” भन्नुभएको हो । त्यसैले पार्टीसदस्यसँग अनुशासनको अपेक्षा राख्दै गर्दा हामीले उनीहरूको चेतना उठाउने कुरातर्फ पनि ध्यान दिनुपर्दछ ।

    कम्युनिस्ट पार्टीमा अनुशासनलाई कायम गराउनका लागि लेनिनले जनवादी केन्दीयताको सिद्धान्तलाई अगाडि सार्नुभयो । त्यसअन्र्तगत उहाँले अल्पमत बहुमतको अधिनस्थ, तल्ला समिति उपल्ला समितिको अधिनस्थ, सम्पूर्ण सदस्य केन्द्रीय समितिको अधिनस्थ, केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ आदि नियम बनाउनुभयो । मतभेदका बिच निर्णयलाई कार्यान्वयनको सुनिश्चितता गर्न र पार्टीएकता कायम राख्नका लागि पार्टीका अगाडि आउने चुनौतीलाई समाधान गर्न छलफलमा स्वतन्त्रता, काममा एकताको नियम बनाउनुभयो । यस आधारमा कुनै सदस्यलाई सम्बन्धित ठाउँमा मतभेद, असहमति, आलोचना वा विरोध गर्न पाउने छुट हुने भयो तर बहुमतले निर्णय गरिसकेपछि आफ्नो मतभेद वा असहमतिका बिच पनि दृढतापूर्वक निर्णयलाई कार्यान्वयन गर्नुपर्ने भयो ।

    आफ्ना असहमति, आलोचना वा विरोध असम्बन्धित ठाउँमा वा व्यक्तिसँग राख्न नपाइने तर सम्बन्धित ठाउँमा राख्न वा उपल्लो समितिमा पठाउन सकिनेलगायतका कैयौँ नियम बने । यस प्रकारका नियमका आधारमा नै मिलिट्यान्ट, अनुशासित र मजबुत बोल्सेभिक कम्युनिस्ट पार्टी निर्माण हुन सम्भव भयो । जनवादी केन्द्रीयता र त्यससँग जोडिएका अनुशासनका नियमलाई सही प्रकारले पालना गरेर नै हामीले आफूलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्ने छौँ ।

    क्रान्तिकारी रूपान्तरणको उद्देश्य त्यति बेला सफल हुने छ, जति बेला आम पार्टीसदस्यले तीन अभियानको उद्देश्यलाई आत्मसात गर्ने छन् । त्यसका लागि हामीले ऐतिहासिक तीन अभियान र त्यसको उद्देश्यका बारेमा पार्टीसदस्यलाई प्रष्ट पार्नु आवश्यक छ । त्यसका लागि व्यापक प्रशिक्षणका जोड दिनु पर्दछ । हामी यो कुरामा स्पष्ट छौँ कि, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण एउटा कठिन काम हो । त्यसका बाबजुद पनि यो जिम्मेवारी हामीले पूरा गर्नैपर्छ । तीन अभियानमार्फत हामीले त्यो कार्य पूरा गर्न अधिकतम प्रयत्न गर्नुपर्छ र गर्ने छौँ ।

    आइतबार, साउन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.