शङ्करप्रसाद पोख्रेल, खलङ्गा ।
अखिल नेपाल शिक्षक सङ्घ प्युठानको आयोजनामा दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
सङ्घका अध्यक्ष सानोभाइ कार्कीको प्रमुख आतिथ्यमा २०८० साउन २६ गते शुक्रबारदेखि सो कार्यक्रम सुरु भएको हो । कार्यक्रमको समापन भोलि साउन २७ गते समापन हुने छ ।
कार्यक्रममा शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कृष्ण खड्का, राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, राजमो प्रदेश सल्लाहकार सुरेश थापा, राजमो नेता बासु पोख्रेल, शिक्षक सङ्घका केन्द्रीय सचीव बालाराम पोख्रेल, केन्द्रीय सदस्य शेरबहादुर थापा, भुपाल थापा, नेकपा (मसाल) प्युठानका प्रवक्ता राम पहाडी, शिक्षक सङ्घका प्रदेश सचिव कल्याण खड्कालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अर्जुनबहादुर केसीले, सञ्चालन धु्रव गिरीले तथा स्वागत मन्तव्य डम्बरसिंह एमसीले राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रमको समापनसँगै प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।


