• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भ्रष्टाचार मात्रै रोक्न सके पनि देशको अर्थतन्त्र सुध्रिन्छ : सांसद विश्वकर्मा


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले भ्रष्टाचार रोक्न सके देशको अर्थतन्त्र सुध्रिने दाबी गर्नुभएको छ ।

    Advertisement

    २०८० साउन २४ गते बुधबार राष्ट्रियसभाको चौधौँ अधिवेशनमा समसामयिक विषयमा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

    ‘भ्रष्टाचार र तस्करी देशका लागि अत्यन्त खराब विषय हुन्’ उहाँले भन्नुभयो– ‘यदि भ्रष्टाचार मात्रै रोक्न सक्यौँ भने पनि देशको अर्थतन्त्र सुधार्न सकिन्छ ।

    सुनतस्करीको प्रसङ्गबारे चर्चा गर्दै उहाँले त्यसले गर्दा विश्वस्तरमा नै नेपालमाथि प्रश्न उठेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुनतस्करी जस्ता काण्डले गर्दा देशको राष्ट्रिय सम्मानमाथि धक्का लागेको छ ।’

    सांसद विश्वकर्माले सुनतस्करी प्रकरणमा छानबिन र गिरफ्तारी हुनुलाई स्वागतयोग्य कदम बताउनुभयो ।

    ‘संसद् अवरोध गरेर सुनकाण्डको छानबिनलाई टुङ्गोमा पुर्‍याउन सकिन्न’ संसद अवरुद्ध गर्ने कदमको विरोध गर्दै उहाँले भन्नुभयो– ‘सरकारी निकायलाई छानबिन गर्न दिनुपर्छ । यसमाथि विश्वास गर्नुपर्छ ।’

    उहाँले सिआइबीले छानबिन गर्दा पनि पार लागेन भने मात्रै अर्को संयन्त्र बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिआइबीले पार लागेन भने हामी अगाडि बढौँला । उच्चस्तरीय आयोग बनाउने कि उच्चस्तरीय छानबिन समिति बनाउने ? त्यसबारे सोचौँला ।’

    उहाँले सुनतस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको नाममा संसद्को अधिकार हनन् गर्न नहुने बताउनुभयो ।

    ‘सुनतस्करी प्रकरणको नाममा जनताका दैनिक समस्याबारे छलफल गर्ने, विधेयक ल्याउने, त्यसलाई पारित निकायलाई रोक्ना जनताको अधिकारमाथि आघात पुग्छ’ उहाँले भन्नुभयो ।

    सांसद विश्वकर्माले ढिलै भए पनि प्रतिपक्षी दल सहमतिमा आएर संसद् चल्न दिएकोमा धन्यवाद पनि दिनुभयो ।

    बझाङ प्रकरणले गणतन्त्रमाथि प्रश्न
    आफ्नो विचार राख्ने क्रममा उहाँले बझाङमा एक जना दलितले कथित उच्च जातिको घरनजिकै आफ्नो घर बनाएबापत् भएको उत्पीडनको विषय उठाउनुभयो ।

    जातीय समता समाजका अध्यक्षसमेत रहनुभएका सांसद विश्वकर्माले भन्नुभयो– ‘बझाङमा कथित उच्च जातिको घरनजिकै आफ्नो घर बनाएकोमा घर मात्रै भत्काइएन, बालीनाली पनि नष्ट गरिएको छ ।’

    उहाँले यस घटनाले गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

    ‘दलितमाथिको यो अत्याचारले हाम्रो राज्यसत्ताको चरित्रमा अझै पनि परिवर्तन आएको छैन भन्ने देखाउँदैन र ?’ उहाँले अगाडि भन्नुभयो– ‘यसरी सक्नेले नसक्ने जाति वा समुदायलाई हेप्दै जाने हो भने अन्तत: उत्पीडित जाति तथा समुदायद्वारा राज्यव्यवस्थामा नै विस्फोट नहोला भन्न सकिन्न ।’

    उहाँले थप्नुभयो– ‘बझाङमा दलित समुदायमाथिको उत्पीडनले हाम्रो देशको गणतन्त्रात्मक व्यवस्थामाथि प्रश्न उठेको छ ।’

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.