धनवीर पुन, नयाँदिल्ली (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हृदयघातका कारण निधन भएका चित्रबहादुर थापाको दाहसंस्कार गरेको छ ।
दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापाको पहल तथा कृष्णबहादुर र बिष्णु प्रसादको महत्त्वपूर्ण सहयोगका साथै अगस्त ५, २०२३ का दिन मृतक चित्रबहादुरको दाहसंस्कार गरिएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–२ सुखौरा घर भई निवासी नरबहादुर थापा र आमा बलबी थापाका जेठा छोरा तथा मीनाकुमारी थापाकी ४८ वर्षीय पति चित्रबहादुर चेन्नईस्थित मनिमलर कलेजमा करिब सात वर्षदेखि जागिर गर्दथे । अगस्त २ ड्युटी सकेपछि करिब ४ बजेको समयमा उनी अचानक रिँगटा लागि बेहोस हुन पुगेका थिए । साथीहरूले तुरुन्तै मनिमलर मेडिकल कलेज अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा उपचारकै क्रममा अगस्त ४ दिन उनको हृदयघातका कारण मृत्यु भएको थियो ।
मृत्युपश्चात मूल प्रवाहले प्रशासनिक कार्य पूरा मूल प्रवाहका क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, कलेजमा कार्यरत सबै नेपाली साथीहरूका साथै मृतकका आफन्तजनको उपस्थितिमा पुनमेलीस्थितको घाटमा दाहसंस्कार गरिएको थियो ।
दु:खको यस घडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको दक्षिण भारत क्षेत्रीय समितिले मृतकप्रति भावपूर्ण श्रद्वाञ्जली तथा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको थियो ।