• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पञ्चायतको स्थानीय चुनाव–२०३९ मा मैले भोगेको यातना


  •   शनिबार, साउन २०, २०८० मा प्रकाशित
  • का. गम्भीर ##

    Advertisement

    २०३६ सालमा विद्यार्थी सङ्गठनले सुरु गरेको पञ्चायत विरोधी आन्दोलनलाई सङ्घ, सङ्गठन, पार्टीले पनि समर्थन गर्दै सक्रियतापूर्वक सङ्घर्ष उठान गर्दा देशव्यापी रूपमा पञ्चायत विरोधी आन्दोलन चल्न थाल्यो । दिनहुँ आन्दोलनको विकास हुँदै जनस्तरसम्म पुग्यो । पञ्चायती व्यवस्था मुर्दावादका नाराजुलुस गाउँघरमा समेतमा लाग्न थाले ।

    पञ्चायती व्यवस्था भनेको राजशाही व्यवस्था हो अर्थात् हुकुमी शासन व्यवस्था । यसको विरोधमा देशका प्राय:जसो विरोधी राजनीतिक पार्टी, सङ्घसंस्था एवम् व्यक्ति सामेल थिए । यसको दिनहुँ बढ्दो शक्ति देखेर राजासमेत धरमराए र २०३६ जेठ ९ गते राजा वीरेन्द्र स्वयम्ले ‘जनमत सङ्ग्रह’ को घोषण गरे । जनमत सङ्ग्रहको अर्थ भनेको निर्दलीय तथा सुधारिएको पञ्चायती शासनव्यवस्थालाई नै मान्ने कि पार्टीहरूको शासनव्यवस्था अथवा बहुदलीय व्यवस्था मान्ने दुईओटामध्ये एउटा व्यवस्था छान्न पाउने गरी जनताले आफ्नो मतमार्फत छान्ने थियो ।

    राजाबाट घोषणा भएको जनमत सङ्ग्रह धोका हुने छ; जनमत सङ्ग्रहबाट बहुदलीय व्यवस्था प्राप्त हुने छैन; त्यो आन्दोलनबाटै सत्ता प्राप्त हुन्छ; आन्दोलनलाई शक्तिशाली बनाउँदै अगाडि बढ्दै जाऔँ; राजाबाटै बहुदलको घोषणा हुन्छ र जनमत सङ्ग्रह धोका हो । यी कुरा नेकपाको चौथो महाधिवेशन पक्षले भनिसकेको थियो । सोहीअनुसार जिल्लामा खबर गरिसकेको थियो ।

    चौथो महाधिवेशन पक्षले भनेका कुरा सही थिए तर अन्य राजनीतिक पार्टीहरू काङ्ग्रेस र विभिन्न वामपन्थी समूहले मानेनन् । सबै राजनीतिक पार्टी सङ्गठनले जनमत सङ्ग्रहलाई स्वीकार गरे । चौथो महाधिवेशन पक्ष एक्लैको शक्ति कमजोर थियो । अन्तमा त्यसले ले पनि निर्दलभन्दा बहुदल ठिक हो भन्दै आफ्ना सबै पार्टीसदस्य, समर्थकका साथै आम जनताले बहुदललाई आफ्नो मत दिने र दिलाउने भनी निर्णय गर्‍यो र त्यहीअनुसार सबै ठाउँमा बहुदलको ‘निलो बाकस’ (मतपेटिका) मा भोट खसाल्नका लागि सार्वजनिक अपिल गर्‍यो ।

    निर्दल–बहुदलको छनौटपछि जनमत सङ्ग्रमा निर्दल (पञ्चायत) ले जितेको घोषणा भयो । पञ्चायतको पक्षमा २४ लाख मत खसेको र बहुदलको पक्षमा २० लाख मत मात्र तर धाँधली, बेइमानी हुने छ भन्ने पूर्वानुमान सही सावित भयो । सरकारको मातहतमा हुने कर्मचारी, सेना, प्रहरीलगायतको सारा शक्ति दरबार र पञ्चको हातमा रहेको र उनीहरूले नै चुनाव गराउँदा विरोधी शक्तिले कसरी जित्न सक्दथ्यो र ? पञ्चायतको जित वास्तविक थिएन । जनमत त पञ्चायतको विरुद्ध थियो तर सत्ता पञ्चायतको भएकाले जित पनि उनीहरूकै हुने कुरा स्वाभाविक थियो ।

    एकदुई वर्षपछि अर्थात् २०३९ सालमा पञ्चायतले स्थानीय चुनाव र २०३८ मा राष्ट्रिय पञ्चायतको चुनावमा जोडतोडले लाग्यो । पञ्चको सरकार, पुन: पञ्चायती व्यवस्थाको सुदृढीकरण र सुदृढीकरण गर्ने भनेर पञ्चायतको माथिल्लो (राष्ट्रिय पञ्चायत) जिल्ला, गाउँ पञ्चायत र वडा चुनावमा सबै शक्ति लगाएर पुन: मण्डले शासनको सुरुवाततिर लाग्यो ।

    धाँधली, बेइमानी, जबरजस्तीले उल्टोसुल्टो गरी जिताएको पञ्चायती व्यवस्थाको पक्षमा जनमत थिएन । जनमत त यसको विरुद्धमा थियो अथवा बहुदलको पक्षमा थियो । त्यसैले २०३८ सालको राष्ट्रिय पञ्चायतको चुनाव र २०३९ को पञ्चायतको स्थानीय चुनाव नेकपाको चौथो महाधिवेशन पक्षले बहिष्कार गर्ने नीति अपनाएको थियो । त्यसैअनुसार सक्रिय बहिष्कार गरेको थियो । पार्टीको घोषित नीतिअनुसार देशका विभिन्न जिल्लामा पञ्चायती चुनाव–२०३९ को बहिष्कार आन्दोलन चल्यो ।

    यसै सिलसिलामा नेपालको सुदूरपश्चिम क्षेत्रका जिल्लामा चुनाव बहिष्कार आन्दोलन अगाडि बढाउनका लागि हामी खटियौँ । बहिष्कार आन्दोलन बढ्दै जाँदा कैलाली जिल्लाको सदरमुकाम धनगढी आसपासका गाउँ पञ्चायत वडाहरू, जहाँ पार्टीको प्रभाव थियो† सङ्गठन वा कम्युनिस्ट समर्थक थिए, चुनावमा गएनन् अर्थात् भोट हाल्न गएनन् । सदरमुकामनजिक पर्ने तारानगर गाउँ पञ्चायतअन्तर्गत वडा नं. २, ३ र ८ कैलाली गाउँमा पार्टीको राम्रो सङ्गठन थियो । त्यहाँ २०२८ सालदेखि नै “किसान सुधार समिति” गठन भई पञ्चको अन्याय, अत्याचारको विरोध भइरहेको थियो । त्यही क्रममा तारानगर गाउँ पञ्चायतमा सक्रिय रूपले बहिष्कार गर्ने भन्ने समितिको निर्णयअनुसार हामीले गाउँ भेला बोलायौँ र विभिन्न माग राखी चुनावमा नजाने अर्थात् बहिष्कार गर्ने प्रस्ताव गर्‍याँै । त्यसका निम्नलिखित मुख्य माग थिए :

    १. दुई गाउँ (झलारी–गेटा र तारानगरको कैलाली) को बिचमा खेतमा पर्ने विमालस्थल निर्माण गर्ने कार्यक्रमलाई अन्त सार्ने ।

    २. कैलाली गाउँको कैलाली नालानजिकैमा चालु दुईओटा दारुभट्टी (रक्सी भट्टी) बन्द गर्ने र हटाउने ।

    ३. वडा नं. २, ३ र ८ मा आउने बिजुलीबत्ती पञ्चायतका सदस्य र जमिनदारहभएको गाउँमा लगेकोमा ती बत्तीका लाइन हाम्रा गाउँ कोटामा आउनुपर्ने ।

    उपर्युक्त तीनओटा मुख्य मागका साथै धर्मभकारीसम्बन्धी कुरा पनि उठाइएको थियो ।

    चुनाव नजिकै आइरहेको थियो । एक दिन सबै गाउँलेलाई प्रधान (जमिन्दार) को घरआँगनमा भेला पार्ने काम गर्‍यौँ । चुनाव हुने ठाउँ नजिकैको जनता राष्ट्रिय प्राथमिक विद्यालय कैलालीमा थियो । बिहानदेखि साँझसम्म त्यहाँ कर्मचारी र जनताको चलखेल हुने गर्दथ्यो ।

    उपर्युक्त मागलाई बजार (धनगढी) लगायत नजिकमा गाउँहरूले पनि समर्थन गरिरहेका थिए । हामी साँझसम्म त्यहाँ बस्यौँ । भोट हाल्न नजाने र जानेलाई पनि रोक्ने योजना हाम्रो थियो । हाम्रो त्यो योजनामा पूरै गाउँलेको समर्थन र सहभागिता थियो । आँगनभरि गाउँलेहरू भरिभराउ थिए ।

    करिब ३ बजेतिर जिल्ला प्रशासन कार्यालय, अञ्चलाधीश कार्यालय र प्रहरी कार्यालयबाट एउटा प्रशासनिक टोली गाडी लिएर आयो र ठिक हामी भेला भएको घरआँगन अगाडि उभियो । सबै जना झरे । मसमेतका तीन जनालाई पक्रेर ल्याउनू भनी पुलिसलाई आदेश दिई अरू हाकिम फर्के । हाम्रा तीनओटा मागबारे कुनै कुरा भएन । हामीलाई धनगढी जिपिओमा राखियो । भोलिपल्ट एक जना साथीलाई त्यहाँबाट छाडे । दुई जनालाई (मसमेत) शान्ति सुरक्षा कानुनबमोजिम छ महिनाका लागि धनगढी कारागार चलान गरियो । करिब तीन महिना (असार) पछि एक जनालाई छोडे । अब म मात्रै जेलमा रहेँ ।

    जेलका कोठा साना थिए । कैदी भरिभराउ थिए । मलाई कुष्ठरोगीहरू बस्ने कोठामा राखे । कोठा सानो तर कैदीहरू पेलापेल । सुत्न, बस्नको सारै समस्या । राति दिसापिसाब लागे दैलोमा गर्नुपर्ने र अर्को दिन बिहानै उठेर सफा गर्नुपर्ने ।

    म बसेको कोठानजिकैको अर्को कोठामा उर्भा गाउँपञ्चायतका चार जना सुकुम्बासी थारूहरू पनि बनविनाशको मुद्दामा बन्दी थिए । बिहान दिसापिसाब गर्न बाहिर चर्पी खानामा लाइन लाग्नुपर्दथ्यो । उनीहरू हाम्रो गाउँको थारूका इष्टमित्र पर्ने भएकाले मेरो पनि चिनजान भएको थियो ।

    एक दिन हामीबिच केही कुराकानी भए । नजिकै जेलको नाइके बस्ने कोठा थियो । त्यसले दैलोबाट यो सबै हेरेको रहेछ । सुनेको रहेछ । पछि साँझ ४ बजेतिर मलाई आफ्नो कोठामा बोलायो । उसका दुई जना चौकिदार पनि त्यहीँ थिए । मलाई चुट्ने आदेश गर्‍यो । चौकिदारहरूले ममाथि हात यठाए । मलाई एकदम रिस उठ्यो । मैले भनेँ– खबरदार ! म पनि तिमीहरूलाई छोड्ने छैन । म राजनीतिक कार्यकर्ता हुँ । म कुनै ज्यानमारा, डकैत, डाँकु हैन ।”

    हामीमाझ घम्साघम्सी भयो । लुछाचुँडीपछि मलाई बाहिर ल्याए । चौकिदारलाई यातना दिने सामग्री स्टोरमा पठाएर एउटा ठुलो मोटो फलामे साङ्लो मगायो । उनीहरू मेरो खुट्टामा नेल हाल्ने, घाँटीमा साङ्लोको गलबन्दी हाल्ने प्रयास गर्दै थिए । त्यही बेला जेलघरको माथि उचो भित्तामा चारैतिर बन्दुक भिरेर घुमिराख्ने सन्तरी (प्रहरी) ले भित्ताबाट देख्यो र उसले भन्यो– “ए ! तिमीहरू के गरिराख्या छौँ ! खबरदार राजबन्दीलाई साङ्लोको माला र नेल लगाउन पाइँदैन । होस गर ।” उसले यति भनिसकेपछि तिनीहरू त्यहाँबाट भागे । ती प्रहरी अछाम जिल्लाका रहेछन् भन्ने कुरा पछि मैले थाहा पाएँ ।

    त्यो जेलमा त्यो बेला कुनै मेरा साथी अथवा राजबन्दी थिएनन् । प्रहरीको समर्थन पाउँदा म उत्साहित भएँ । भोलिपल्ट मैले वरिपरि सबैले सुन्ने गरी तिनीहरूसँग झगडा गरँे : म त्यो कोठामा बस्दिनँ, मलाई अर्को ठाउँ देऊ । त्यहाँ कैदीहरूको पेलापेल थियो अनि कुष्ठरोगी पनि त्यहीँ हुन्थे । मैले धेरै कुरा गरेँ । यी सबै घटनाको जानकारी बाहिर गयो होला । भोलि पल्ट बिहान ११ बजेतिर सन्दुक हातमा बोकेर एउटा डाक्टर र जेलर म भएको कोठा अगाडिबाट नाइकेको कोठातिर गए । डाक्टर कुनै बिरामी कैदीसँग गए होलान् । जेलरले मलाई आफू बसेको नाइकेको कोठामा बोलाएर नाइकेको चोकरीदारलाई राखी मेरै अगाडि झपार्‍यो– “यहाँसँग कुनै यस्तो खराब व्यवहार नगर्नू । त्यस्तो नगर्ने काम गरे तिमीहरूको के दशा होला ? थाहा पाउने छौ । यहाँ सुत्ने कोठाबाट दुई जना कैदीलाई अर्को कोठामा सारी यहाँलाई सुबिस्ता गर्नू ।”

    यति भनेपछि मलाई पठाइदिए र आफूहरू त्यहीँ बसी के के कुरा गरे । पछि म बस्ने कोठाबाट दुई जना कैदीहरूलाई सारिसकेपछि त्यहाँ मलाई अलि सुबिस्ता भयो ।

    पञ्चायतले जनमतमा जितेपछि बहुदल पक्षधरसँग धेरै डाह र दुस्मनीको व्यवहार गर्न थालेको थियो । त्यो अवस्थामा चुनाव बहिष्कार गर्ने पार्टीका कार्यकर्तासँगको त झन् कुरै नगरौँ । दासप्रथाको अवशेष सामन्ती प्रथामा समाज परिवर्तन चाहने र त्यो उद्देश्यमा लागेकालाई यस्तै हुन्छ भनी मैले चित्त बुझाउँथे । पछि त कहिले कहिले जेलर पनि मकहाँ आएर भेट गर्ने, सोधपुछ गर्ने गर्दथे । जे होस्, तीन महिनासम्म विभिन्न यातना भोगियो र तीन महिनापछि भने त्यति साह्रो भएन । छ महिनाको सजायपछि असोज महिनामा रिहा भएँ ।

    बहिष्कार आन्दोलनका मागमध्ये कैलाली गाउँछेउमा रहेका दुईओटा रक्सी भट्टी बन्द गर्ने पनि थिए । २०४० सालमा प्रायश: भट्टीविरोधी आन्दोलन उठाउने काम भएको थियो र त्यो आन्दोलनले बजार एरियाबाट समेत ठुलो समर्थन प्राप्त गरेको थियो किनकि भट्टीहरूको कालोपानी कैलाली नालाबजार एरिया भएर बग्ने गर्दथ्यो । आखिरमा भट्टी हटे । अर्को विमानस्थलको लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु. चार हजार प्रतिबिगाहबाट दस हजार प्रतिबिगाह दिने सरकारी निर्णय भयो ।

    बिजुलीबत्ती बहुदल आएपछि २०४६ सालमा आयो । यसरी हाम्रो त्यो आन्दोलनको उपलब्धिमूलक रह्यो र रक्सी भट्टी मसाल पार्टीले हटायो भन्ने कुरा जिल्लाभरि प्रचार भयो । अहिलेसम्म पनि बेलाबखत् यी कुरा विभिन्न पार्टीका मान्छे र अन्यले उठाइराख्छन् ।

    समाजमा सुधार, परिवर्तन र आमूल परिवर्तन गर्न खोज्नेलाई समय समयमा सामन्ती, पुँजीवादी, प्रतिक्रियावादी सत्ताधारीबाट यातना, हत्यासम्म हुने गर्दछ । यसबाट परिवर्तनकारी र क्रान्तिकारी आत्तिनु हुँदैन । ती सबैको साहसपूर्वक सामना गर्नुको विकल्प रहँदैन । सङ्घर्षको सन्दर्भमा यस्ता यातना त २०२९, २०३९, २०४६, २०४२, २०४८ र २०६२–६३ सामाल मैले भोग्दै आएको छु र भविष्यमा पनि भोग्नुपर्ने हुन्छ ।

    शनिबार, साउन २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.