• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

यस्ता छन् अखिल नेपाल शिक्षक सङ्घ राष्ट्रिय परिषदद्वारा पारित २६ बुँदे समसामयिक प्रस्ताव


  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घको छैटौँ राष्ट्रिय परिषद् २६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै गत २०८० साउन १२ र १३ गते बुटवलमा सम्पन्न भएको छ ।

    Advertisement

    सो प्रस्ताव सङ्घका महासचिव चक्रपाणि पौडेलले युगदर्शनलाई सो उपलब्ध गराउनुभएको हो ।

    पाठकको जानकारीका लागि सो प्रस्ताव जस्ताको तस्तै यहाँ प्रकाशन गरिएको छ :

    १. यस राष्ट्रिय परिषद् बैठक पञ्चायतकालीन शिक्षा ऐन–२०२८ लाई तत्काल खारेज गर्दै समयसापेक्ष शैक्षिक सुधार र शिक्षाकर्मीको हित हुने नयाँ शिक्षा ऐन शिक्षक महासङ्घको सहमतिमा जारी गर्न जोडदार माग गर्दछ ।

    २. नेपालको शैक्षिक पाठ्यक्रम देशको सामाजिक आवश्यकता, विश्व परिवेशलाई समेट्न सक्ने, हाम्रो मूल्यमान्यता र मौलिकतालाई उजागर गर्ने र उत्पादन प्रणालीमा जोड दिने प्रकारको बनाउनका लागि यो परिषद् बैठक सरकारसँग माग गर्दछ ।

    ३. नेपालको शैक्षिक अभिवृद्धिको लागि कुल बजेटको कम्तिमा २० प्रतिशत नघट्ने गरी बजेट विनियोजन गर्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    ४. नेपालको शैक्षिक उत्पादनलाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउन उत्पादनमा आधारित मापनविधि लागु गर्न यो परिषद् बैठक जोडदार माग गर्दछ ।

    ५. यो परिषद् बैठक परीक्षा प्रणालीलाई वैज्ञानिक र व्यावहारिक बनाई शैक्षिक बेरोजगारको अन्त्य गर्न माग गर्दछ ।

    ६. यो परिषद् बैठकद्वारा नेपाल शिक्षक महासङ्घ र सरकारबिचका सबै सहमतीहरू अविलम्ब कार्यान्वयन गर्न माग गर्दछ ।

    ७. करिब दुई दसकदेखि कार्यरत राहत र साविक उमावि शिक्षकलाई शिक्षा ऐनमै व्यवस्था गरेर स्थायीको प्रक्रियामा लैजानका लागि जोडदार माग गर्दछ ।

    ८. विद्यालय कर्मचारी, बालविकास शिक्षक तथा कार्यालय सहयोगीलगायत विद्यालयमा कार्यरत कर्मचारीको उचित तलबमान कायम गरी स्थायी प्रक्रियाको लागी शिक्षा ऐनमा व्यवस्था गर्न यो परिषद् बैठक माग गर्दछ ।

    ९. कम्तीमा १० वर्ष एउटै पद र श्रेणीमा सेवा गरेका स्थायी शिक्षकको आवधिक बढुवा र माथिल्लो योग्यता पुगेका शिक्षकको तहगत बढुवा गर्न परिषद् बैठक विशेष माग गर्दछ ।

    १०. शिक्षकलाई पनि राष्ट्रिय मर्यादाक्रममा समावेश गर्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    ११. शिक्षक र निजामती कर्मचारीको बिचमा ग्रेडमा समेत विभेद गरिएकोमा उक्त विभेदको अन्त्य गरी समान ग्रेडको व्यवस्था गर्न यो परिषद् बैठक माग गर्दछ ।

    १२. शिक्षकको रजिस्ट्रेशन, तालिम तथा पेसागत विकास गर्नको लागि शिक्षण काउन्सिल गठन गर्न यो परिषद् बैठक माग गर्दछ ।

    १३. प्राविधिक धार, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, अस्थायी/करारलगायत सबै प्रकारका अस्थायी प्रकृतिका शिक्षकका समस्या सङ्घीय शिक्षा ऐनमार्फत समाधान गर्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    १४. दुर्गम क्षेत्रमा कार्यरत निजामती कर्मचारी र शिक्षकको बिचमा दुर्गम भत्तामा विभेद गरिएकोप्रति खेद प्रकट गर्दै दुर्गम भत्तामा समान गर्न यो परिषद् बैठक माग गर्दछ ।

    १५. शिक्षासम्बन्धी अधिकार र शिक्षक दरबन्दी सङ्घीय संरचनाअन्तर्गत नै राख्नको लागि यो परिषद् बैठक विशेष माग गर्दछ ।

    १६. संस्थागत विद्यालयका शिक्षक, सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलगायत सबै अस्थायी प्रकृतिका शिक्षकका लागि समान तलब स्केल कायम गरी सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न यो राष्ट्रिय परिषद् बैठक जोडदार माग गर्दछ ।

    १७. नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारबिच भएका ५१ बुँदे सम्झौता तुरुन्त कार्यान्वयन गर्न यो परिषद् बैठक माग गर्दछ ।

    १८. स्थानीय सरकारबाट शिक्षकको पेशागत मर्यादामा आँच आउने गरी अवाञ्छित क्रियाकलाप/ज्यादति रोक्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    १९. नेपालको संविधानमा बालबालिकाको हकलाई सुनिश्चित गरी समाजवादउन्मुख क्षेत्रगत जनशक्तिको आवश्यकताको आधारमा २० वर्षीय शैक्षिक योजना निर्माण गर्न परिषद् बैठक जोडदार माग गर्दछ ।

    २०. यो परिषद् बैठकबाट देशको खस्कदो अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउन बौद्धिक समूह निर्माण गर्न सरकारसँग माग गर्दछ ।

    २१. ठुलो सङ्ख्यामा नेपाली विद्यार्थी विदेश पलायन गर्न प्रोत्साहित गर्ने सरकारी नीति तुरुन्त बन्द गरी देशमा बृहत् आर्थिक समृद्धिका लागि दीर्घकालीन योजना निर्माण गर्न यो परिषद् बैठक नेपाल सरकारसँग जोडजार माग गर्दछ ।

    २२. नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई अबिलम्ब कार्वाही गर्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    २३. पूर्वघोषित आधारभूत तहसम्म उपलब्ध गराउने भनी सुरुआत गरिएको विद्यार्थी दिवाखाजाको रकम कटौति गरिएकोमा आपत्ति प्रकट गर्दै नि:शर्त निरन्तरता दिन जोडदार माग गर्दछ ।

    २४. निर्माणको प्रक्रियामा रहेको शिक्षक अस्पतालको लागि आवश्यक बजेट विनियोजन गरी तत्काल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन यो परिषद् बैठक माग गर्दछ ।

    २५. कक्षागत, विषयगत र शिक्षक विद्यार्थी अनुपातमा नपुग शिक्षक दरबन्दी व्यवस्था गर्न यो परिषद् बैठक विशेष माग गर्दछ ।

    २६. आर्थिक दिवालियापनबाट देशलाई बचाउन महङ्गो सङ्घीय शासन प्रणाली खारेज गर्न यो परिषद् बैठक जोडदार माग गर्दछ ।”

    सोमबार, साउन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.