• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देश कता जाँदै छ ?


  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    देश कता जाँदै छ ? यो आज एउटा गम्भीर प्रश्न बनेको छ । देशी र विदेशी शक्तिको भूमिका, सरकारको कार्यप्रणाली र घटनाक्रमको जुन प्रकारले विकास भइरहेको छ, तिनीहरूमाथि विचार गर्दा देश झन्पछि झन् अवनतितिर नै गए जस्तो देखिन्छ । हामीले सधैँ देशको उज्ज्वल भविष्यको आशा गर्नुपर्दछ तर देशको स्थितिमाथि समग्र रूपले विचार गर्दा देश अँध्यारो भविष्यतिर नै त जाँदै छैन ? त्यो शङ्का गर्ने ठाउँ छ । त्यसको अर्थ हामी निराश नै हुनुपर्छ भन्ने होइन तर अहिले देशको स्थितिमाथि गम्भीरतापूर्वक विचार गरेर त्यो स्थितिलाई सुधार्न ठोस रूपले काम गर्ने हो भने अहिलेको अवस्थामा सुधार ल्याउन पनि सकिन्छ अन्यथा देशको अवस्था झन्पछि झन् बिग्रदै जाने कुरा निश्चित छ ।

    देशले कुन दिशा समात्छ र देश कता जान्छ ? त्यो कुराको निर्णय गर्ने अन्तिम शक्ति भनेको जनता नै हुन् तर समस्या के हुन्छ भने कतिपय अवस्थामा यो वा त्यो गलत तत्त्वको असरले गर्दा प्राय:जसो जनताको चेतना कुण्ठित हुन्छ । जनतामा असीम शक्ति हुन्छ तर त्यो शक्तिले सधैँ सही दिशामा काम गर्दैन । कतिपय अवस्थामा जनता स्वयम् आफ्नै खुट्टामा बन्चरो हान्न पुग्दछन् । विश्वको इतिहासमा धेरै पल्ट त्यस्तो हुँदै आएको छ ।

    संसारमा मानवजातिको इतिहासमा जुन प्रतिक्रियावादी व्यवस्था कायम हुँदै आएका छन् । तिनीहरू आफ्नै शक्तिका आधारमा होइन, जनताको शक्तिको आधारमा मजबुत हुने वा कायम रहने गरेका छन् । जनताको शक्तिको आधारमा नै उनीहरूलाई त्यसका लागि बल पुग्ने गरेको छ । इतिहासमा कुनै कुनै बेला जनता जागृत हुन्छन्; उनीहरू उठ्न थाल्दछन्† त्यो बेला क्रान्ति हुन्छ र प्रतिक्रियावादी व्यवस्था ढल्दछ तर यो दु:खको कुरा हो कि त्यस्तो सधैँ हुँदैन । त्यस्तो कुनै कुनै बेला मात्र हुन्छ । गोपालप्रसाद रिमालले भने झै ‘एक युगमा एक दिन आउँछ’ त्यो बेलामा क्रान्ति हुन्छ† व्यवस्था पल्टिन्छ तर त्यस्तो सधैँ हुँदैन । धेरैजसो जनताले प्रतिक्रियावादी शक्तिलाई काँधमा बोकेर हिँडिरहन्छन् । त्यसैले जनताले दु:ख पाउँदै आएका छन् तैपनि अन्तिम निर्णयात्मक शक्ति जनतामा नै हुन्छ । त्यसैले हाम्रो जोड जनतालाई जागृत पार्ने तथा उनीहरूलाई प्रतिक्रियावादीको प्रभावबाट मुक्त गर्ने नै हुनुपर्दछ तर जनता जागृत खालि त्यो बेलामा मात्र हुन्छन्, जब उनीहरूमा प्रभाव जमाएका प्रतिक्रियावादी विचार वा संस्कारबाट उनीहरू मुक्त हुन्छन् तर त्यो कार्य सजिलो छैन । देशले अँध्यारो दिशा लिने छ वा उज्यालो ? यो कुराको अन्तिम फैसला पनि जनताले नै गर्ने छन् । अर्काे शब्दमा त्यो कुराको फैसला यो कुरामाथि निर्भर गर्ने छ : हामी कहाँसम्म जनतालाई जागृत गर्न समर्थन हुने छौँ ? यो कुराको कुनै विकल्प छैन । या त हामी जनतालाई जागृत गराउन सफल हुनुपर्दछ या देश अँध्यारो भविष्य वा बर्बादीतिर जाने छ ।

    कुनै दिन राजतन्त्र विश्वव्यापी रूपमा विद्यमान थियो तर विश्वव्यापी रूपमा नै त्यसको उन्मूलन हुँदै गयो । कतिपय देशमा अहिले पनि राजतन्त्र बाँकी छन् वा कतिपय देशमा तिनीहरूको निरङ्कुश शासन समाप्त भएर वैधानिक रूपमा मात्र कायम छन् । कतिपय देशमा जस्तै कि नेपालमा उनीहरूले आफ्नो अस्तित्वका लागि अन्तिम लडाइँ लडिरहेका छन् तर यो निश्चित छ कि अन्तमा उनीहरूको पराजय नै हुने छ । त्यो विश्वव्यापी नियम हो र त्यसबाट नेपालको राजतन्त्र पनि बच्न सक्दैन ।

    आज देशका लागि दुईओटा गम्भीर खतरा छन् : एउटा– प्रतिगमनबाट र अर्काे– साम्राज्यवादबाट । पहिलोले गणतन्त्रलाई समाप्त गर्छ भने दोस्रोले राष्ट्रियता खतम गरेर देशमा साम्राज्यवादको प्रभुत्व कायम गर्ने छ । ती दुबै खतरा गम्भीर छन् तर माओले भने झैँ सबै प्रतिक्रियावादी शक्तिहरू कागजी बाघ हुन् र जनताले उनीहरूलाई पराजित गर्न सक्दछन् । यो हाम्रो कल्पना वा दिवासपना मात्र होइन, हाम्रो त्यो विश्वास इतिहासको नियममाथि र विश्वव्यापी रूपमा जनताले प्रतिक्रियावादी शक्तिमाथि विजय प्राप्त गर्दै आएको अनुभवमाथि आधारित छ । स्वयम् नेपालको अनुभवले पनि त्यो कुरा बारम्बार प्रमाणित गर्दै आएको छ ।

    कुनै दिन राजतन्त्र विश्वव्यापी रूपमा विद्यमान थियो तर विश्वव्यापी रूपमा नै त्यसको उन्मूलन हुँदै गयो । कतिपय देशमा अहिले पनि राजतन्त्र बाँकी छन् वा कतिपय देशमा तिनीहरूको निरङ्कुश शासन समाप्त भएर वैधानिक रूपमा मात्र कायम छन् । कतिपय देशमा जस्तै कि नेपालमा उनीहरूले आफ्नो अस्तित्वका लागि अन्तिम लडाइँ लडिरहेका छन् तर यो निश्चित छ कि अन्तमा उनीहरूको पराजय नै हुने छ । त्यो विश्वव्यापी नियम हो र त्यसबाट नेपालको राजतन्त्र पनि बच्न सक्दैन ।

    कुनै बेला विश्वव्यापी रूपमा नै साम्राज्यवादको शासन थियो तर ठुला ठुला साम्राज्यवादी शक्तिको हार हुँदै गयो । त्यसरी अझै संसारमा कतिपय साम्राज्यवादी शक्ति धेरै नै शक्तिशाली भए पनि अन्तमा उनीहरूको हार हुनु अवश्यम्भावी छ । त्यसरी अन्तिम र शाश्वत सत्य यो हो कि संसारका सबै प्रतिक्रियावादी शक्तिको पराजय हुने छ र सम्पूर्ण मानवजातिको नै भविष्य उज्ज्वल हुने छ । कुरा खालि राजतन्त्र र साम्राज्यवादको मात्र होइन, अन्तमा विश्वमा व्याप्त सबै प्रकारका शोषणप्रधान व्यवस्थाको पनि अन्त हुने छ र संसारका सबै कम्युनिस्ट त्यही उद्देश्य पूरा गर्नका लागि लडिरहेका छन् । त्यो महान उद्देश्यका तुलनामा अहिलेको राजतन्त्र वा साम्राज्यवादको विरुद्धको सङ्घर्ष सामान्य कुरा हो ।

    जस्तो कि माथि भनियो, सबै प्रतिक्रियावादी व्यवस्था जनताको शक्तिमाथि नै टिकेका हुन्छन् । त्यही कुरा विश्वव्यापी रूपमा राजतन्त्र र सामन्तवादको सन्दर्भमा र नेपालको सन्दर्भमा पनि सत्य हो । हाम्रो देशमा सामन्तवाद वा राजतन्त्र फाल्नका लागि जनताले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । जनताको लागि सङ्घर्ष तथा उनीहरूको त्याग र बलिदानका कारणले नै नेपालमा राणाशासन, पञ्चायती शासन र २०५९ सालमा कायम भएको निरङ्कुश शासन पनि खतम भएर गणतन्त्रको स्थापना भएको हो तर देशमा प्रत्येक पल्ट हुने राजनीतिक परिवर्तनपछि प्रतिक्रियावादी शक्तिले पुरानो सत्तालाई पुन: कायम गर्ने प्रयत्न गर्दछन् । त्यस सन्दर्भमा लेनिनको यो भनाइ उल्लेखनीय छ : ‘प्रतिक्रियावादी शक्तिहरूले सहर्ष आफ्नो हारलाई स्वीकार गर्दैनन् र आफ्नो पूर्व स्वर्गीय जीवनको पुनस्र्थापनाका लागि बारम्बार प्रयत्न गरिरहन्छन् ।’

    वास्तविकता यो हो कि पुँजीवादी उत्पादन प्रणालीको चरित्र; जस्तै : उत्पादन प्रणालीलाई झन्पछि झन् सामाजिक रूप दिएर समाजवादको लागि आधार तयार पार्दै लैजान्छ र आपसी अन्तरविरोधका कारणले साम्राज्यवाद लगातार कमजोर हुँदै जान्छ ।

    नेपालको इतिहासमा पनि बारम्बार त्यस्तो नै हुँदै आएको छ । त्यही नियमअनुसार उनीहरूले २००७ सालमा भएको राजनीतिक परिवर्तनलाई २०१७ सालमा उल्टाउने प्रयत्न गरे भने २०४६ सालमा भएको परिवर्तनलाई २०५९ सालमा उल्टाउने प्रयत्न गरिएको थियो तर उनीहरूका त्यस प्रकारका पुनरुत्थानवादी प्रयत्न बारम्बार असफल हुने गरेका छन् । अहिले पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतासमेत उल्ट्याउनको लागि उनीहरूले करिब डेढ दसकदेखि सङ्गठित र योजनाबद्ध प्रकारले अभियान चलाइरहेका छन् तर सधैँ झैँ उनीहरूका प्रयत्न असफल हुने छन् भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । कुनै बेला उनीहरू आंशिक रूपमा केही सफलता प्राप्त गर्न सफल भए भने पनि २०१७ साल वा २०५९ सालका उनीहरूका प्रयत्न जस्तै असफल हुने छ । संसारभरमा नै राजतन्त्रका त्यस प्रकारका पुनस्र्थापनाका प्रयत्न असफल हुँदै आएका छन् र नेपाल पनि त्यो नियमबाट अपवाद छैन र हुने छैन ।

    माथि जे जति कुरा राजतन्त्रबारे भनियो, त्यही कुरा साम्राज्यवादबारे पनि सत्य हो । साम्राज्यवादीले विभिन्न देशमा प्रभुत्वको लागि गर्ने प्रयत्न असफल हुने गरेको र त्यसले झन् ठुलो धक्का खानुपरेको कुरा संसारभरिको अनुभवले बताउँछ । ब्रिटिस साम्राज्यवादले विश्वको ठुलो भागमा आफ्नो साम्राज्य कायम गरेको थियो तर त्यसको साम्राज्य टुटेको उदाहरण हाम्रो अगाडि छ । त्यसरी नै फ्रान्स, जर्मनीसहित कैयौँ देशका साम्राज्य पतन हुँदै गए । हिटलरले संसारको ठुलो भागमा कब्जा गरेको थियो तर अन्तमा त्यसको पनि पतन भयो । अमेरिकाले आफूलाई धेरै ठुलो शक्ति मान्दछ तर भियतनाम, कोरिया, अफगानिस्तानसहित कैयौँ देशमा त्यसले नराम्ररी हार खानुपरेको कुरा कसैबाट लुकेको छैन ।

    वास्तविकता यो हो कि पुँजीवादी उत्पादन प्रणालीको चरित्र; जस्तै : उत्पादन प्रणालीलाई झन्पछि झन् सामाजिक रूप दिएर समाजवादको लागि आधार तयार पार्दै लैजान्छ र आपसी अन्तरविरोधका कारणले साम्राज्यवाद लगातार कमजोर हुँदै जान्छ ।

    संसारका विभिन्न देशमा नयाँ नयाँ पुँजीवादी वा साम्राज्यवादी देशको उदय हुँदै जान्छ । त्यसले गर्दाखेरि पहिलेका साम्राज्यवादी देशको अवस्था झन्पछि झन् कमजोर हुँदै जान्छ । त्यो अवस्थामा अहिले कुनै साम्राज्यवादी देश जति शक्तिशाली जस्तो देखिए पनि अन्तत: त्यसको झन् झन पतन हुँदै जान्छ । साम्राज्यवादका विरुद्ध संसारभरमा देखा पर्ने असन्तोष वा विरोधका कारणले पनि त्यसका विरुद्ध शक्तिशाली मोर्चाको निर्माणका लागि आधार तयार हुँदै जान्छ । यी सबै कारणले गर्दा साम्राज्यवाद प्रकट रूपमा जति शक्तिशाली जस्तो देखिए पनि त्यो लेनिनले भने झैँ एउटा पतनोन्मुख शक्ति हो भन्ने कुरामा कुनै शङ्का रहन्न ।

    यो लेखको सुरुमा नै यो स्पष्ट गरिएको छ : जनतामा निहित शक्तिका कारणले नै प्रतिक्रियावादी शक्तिलाई धेरै नै बल पुग्दछ । कुरा त्यति मात्र होइन, कुनै देशका राजनीतिक पार्टी, सङ्घसंस्था वा बुद्धिजीवीका कारणले पनि प्रतिक्रियावादी शक्तिलाई धेरै नै बल पुग्ने गर्दछ । विभिन्न देशका प्रतिक्रियावादी शक्तिसित भएको सेना वा प्रशासनिक संयन्त्रले उनीहरूलाई प्रतिक्रियावादी सत्ता कायम राख्न धेरै नै मदत पुग्दछ । आखिर त्यस प्रकारको सेना वा प्रशासन यन्त्रको निर्माण मुख्य रूपले जनताबाट नै हुन्छ र त्यो कारणले नै उनीहरू शक्तिशाली हुन्छन् । त्योबाहेक राजनीतिक पार्टीले पनि एक वा अर्काे प्रकारले उनीहरूलाई धेरै मदत पुर्‍याउने गर्दछन् ।

    नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि बनाइएको राप्रपा, भारतीय साम्राज्यवादीको स्वार्थ पूरा गर्नका लागि बनाइएका कतिपय मधेसवादी पार्टी तथा अमेरिकी साम्राज्यवादको सेवा गर्नका लागि हालै बनाइएको घन्टी पार्टी त्यसका केही उदाहरण हुन् । प्रत्यक्ष रूपले राजनीतिक पार्टी बनाउनुबाहेक उनीहरूले गोप्य रूपले विभिन्न सञ्जाल पनि बनाएका हुन्छन् ।

    नेपालको सन्दर्भमा पनि त्यही कुरा सत्य हो ।

    राजनीतिक पार्टीहरूले दुई प्रकारले प्रतिक्रियावादी शक्तिलाई मदत पुर्‍याउने गर्दछन् ।

    प्रथम– प्रतिक्रियावादी शक्तिले आत्त्नो स्वार्थ पूरा गर्नका लागि कैयौँ राजनीतिक पार्टी बनाउँछन् । नेपालमा राजतन्त्रको पुनस्र्थापनाका लागि बनाइएको राप्रपा, भारतीय साम्राज्यवादीको स्वार्थ पूरा गर्नका लागि बनाइएका कतिपय मधेसवादी पार्टी तथा अमेरिकी साम्राज्यवादको सेवा गर्नका लागि हालै बनाइएको घन्टी पार्टी त्यसका केही उदाहरण हुन् । प्रत्यक्ष रूपले राजनीतिक पार्टी बनाउनुबाहेक उनीहरूले गोप्य रूपले विभिन्न सञ्जाल पनि बनाएका हुन्छन् ।

    द्वितीय– कतिपय राजनीतिक पार्टी वा सङ्घसंस्थाहरू प्रतिक्रियावादी शक्तिको प्रत्यक्ष निर्देशनमा बनेका हुँदैनन् तैपनि उनीहरूका गलत नीति वा कार्यक्रमका कारणले प्रतिक्रियावादीलाई कैयौँ प्रकारले मदत पुगिरहेको हुन्छ । विभिन्न प्रतिक्रियावादी शक्तिले कतिपय राजनीतिक पार्टीमा घुसपैठ गरेर वा उनीहरूमाथि दबाब दिएर उनीहरूलाई आत्त्नो स्वार्थको पक्षमा उपयोग गर्ने नीति अपनाउँछन् । नेपालमा त्यस्तो कार्य धेरै नै हुने गरेको पाइन्छ ।

    माओवादी, नेपाली काङ्ग्रेस, एमाले आदि जस्ता राजनीतिक पार्टी वा शक्ति, प्रतिक्रियावादी शक्तिद्वारा निर्माण गरिएका होइनन् तैपनि उनीहरूले विभिन्न प्रकारले देशी वा विदेशी प्रतिक्रियावादी शक्तिलाई मदत पुर्‍याएको पाइन्छ । एमालेले राजावादीसित साँठगाँठ गरेर लोकतन्त्र, गणतन्त्र वा धर्मनिरपेक्षताका विरुद्ध कैयौँ गतिविधि सञ्चालन गर्ने गरेको छ । नेकाभित्र पनि राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको पुनस्र्थापना तथा अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्ने एउठा ठुलो पङ्क्ति छ । माओवादी र नेकाले पनि एमसिसी वा नागरिकता विधेयक पारित गर्न भूमिका खेलेको कुरा आम रूपमा थाहा भएको कुरा हो । कतिपय वामपन्थी सङ्गठनले पनि देशमा कायम भएको गणतन्त्रको विरोध गरेर राजावादीको गणतन्त्रलाई समाप्त गर्ने अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले मदत पुर्‍याइरहेका छन् यद्यपि उनीहरूले धर्म निरपेक्षताको भने विरोध गरेका छैनन् । त्यसका साथै राष्ट्रियताको प्रश्नमा पनि उनीहरूले सामान्यत: सही नीति अपनाएको पाइन्छ यद्यपि भारतीय विस्तारवादले साम्राज्यवादी रूप लिइसकेको कुरामा उनीहरूमा स्पष्ट धारणा अझै बन्न सकेको छैन ।

    अहिले जुन शक्तिहरूले गणतन्त्र वा धर्मनिरपेक्षताबारे सही दृष्टिकोण अपनाएका छन्, उनीहरूले पनि एकातिर, प्रतिगामी र साम्राज्यवादी शक्तिप्रति अपनाएका गलत वा साम्राज्यवादपरस्त तथा अर्कातिर प्रशासनमा अपनाएका गलत जनविरोधी वा भ्रष्ट नीतिका कारणले जनतामा पैदा भएको असन्तोषका कारणले पनि देशी वा विदेशी शक्तिलाई धेरै नै मदत पुग्ने गरेको छ ।

    माथि उल्लेख गरिएको संक्षिप्त विवरणबाट अहिले सत्तामा भएका विभिन्न राजनीतिक शक्तिसित पनि हाम्रो गम्भीर मतभेद रहेको कुरामा कुनै शङ्का रहन्न तैपनि उनीहरूमा कतिपय सकारात्मक पक्ष पनि रहेका छन् । ती सकारात्मक पक्ष के हुन् भने—उनीहरूले गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा तथा प्रतिगमनका विरुद्ध कुनै कुनै बेला ढुलमूल र अवसरवादी नीति अपनाए पनि—सामान्यतया सही नीति लिने गरेका छन् । त्यसैले हामीले उनीहरूको सरकारलाई समर्थन गर्ने गरेका छौँ । यो निश्चित छ कि उनीहरूले प्रतिगमनका विरुद्ध लिएको त्यस प्रकारको सही अडानको अभावमा गणतन्त्र र धर्मनिरपेक्षतामाथि गम्भीर आघात पुग्ने र देश प्रतिगमनतिर जाने खतरा रहने छ । त्यस प्रकारको प्रतिगामी खतराप्रति ध्यान दिंदै नै हामीले उनीहरूको सरकारलाई समर्थन गर्ने वा उनीहरूसित सहमति भएका प्रश्नमा सहकार्य वा कार्यगत एकता गर्ने नीति अपनाएका हौँ तर हामीलाई थाहा छ वा हामीलाई यो कुरा राम्ररी थाहा छ : हाम्रो त्यस प्रकारको नीतिको प्रतिगमनका पक्षमा भएका सबै राजनीतिक शक्ति वा तत्त्वले विरोध गर्दछन् । त्यसका साथै यो कुराप्रति पनि हाम्रो ध्यान छ कि आज देशमा भएको प्रतिगमनको खतरालाई सही परिप्रेक्ष्यमा बुझ्न नसकेर विभिन्न इमानदार वा कतिपय वामपन्थी तत्त्वले पनि हाम्रो त्यस प्रकारको नीतिको विरोध गर्ने गरेका छन् तर राजनीति, भावनाको आधारमा चल्दैन र कुनै देशको वास्तविक स्थितिको सही विश्लेषण गरेर नै नीति निर्धारित गर्नु र्दछ । आजको ठोस वास्तविक स्थिति यो हो कि देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यसैले प्रतिगमनका विरुद्धमा भएका शक्तिका बिचको एकता देशको गम्भीर राजनीतिक आवश्यकता निर्णयात्मक महत्त्त्वको राजनीतिक आवश्यकता हो । या त प्रतिगमनका विरुद्ध बलियो गठबन्धन बन्दछ वा देश प्रतिगमनतिर जान्छ । त्योबाहेक अर्काे कुनै विकल्प छैन ।

    अहिले जुन शक्तिहरूले गणतन्त्र वा धर्मनिरपेक्षताबारे सही दृष्टिकोण अपनाएका छन्, उनीहरूले पनि एकातिर, प्रतिगामी र साम्राज्यवादी शक्तिप्रति अपनाएका गलत वा साम्राज्यवादपरस्त तथा अर्कातिर प्रशासनमा अपनाएका गलत जनविरोधी वा भ्रष्ट नीतिका कारणले जनतामा पैदा भएको असन्तोषका कारणले पनि देशी वा विदेशी शक्तिलाई धेरै नै मदत पुग्ने गरेको छ ।

    आज देशमा विद्यमान व्यवस्था, राजनीतिक पार्टी वा नेतृत्वसमेतका विरुद्ध अविश्वासको वातावरण छ । त्यसका पछाडि सरकार वा सरकारमा भएका राजनीतिक पार्टीहरूको भूमिकाले पनि धेरै काम गरिरहेको छ । त्यही प्रकारको पृष्ठभूमिमा लोकप्रियतावादी जस्तो गलत प्रकारको विचारले पनि देशमा घर जमाउँदै गइरहेको छ । त्यस प्रकारको वातावरणबाट स्वयम् राजतन्त्रको पुनस्र्थापनाका लागि बनेका वा साम्राज्यवादको निर्देशनमा बनेका राजनीतिक पार्टीलाई पनि धेरै मदत पुगेको छ । त्यही प्रकारको वातावरणमा दर्शन, सिद्धान्त, राजनीतिक कार्यक्रम वा कुनै राजनीतिक पृष्ठभूमि नभएका ‘पपुलिस्ट’ (लोकप्रियतावादी) सङ्गठन वा व्यक्तिको उदय भइरहेको छ र त्यस प्रकारका सङ्गठन वा नेताहरू रातारात जनताका बिचमा लोकप्रिय हुँदै गइरहेका छन् । त्यो गम्भीर खतराको कुरा हो र त्यस प्रकारको स्थितिले प्रतिगमन, अधिनायकवाद वा साम्राज्यवादलाई नै बल पुर्‍याउने छ ।

    आजको देशको समग्र राजनीतिक स्थितिमा हाम्रो पार्टीको वा नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको कुन प्रकारको भूमिका रहेको छ ? त्यसबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ ।

    आज देशमा जुन प्रकारको स्थिति छ, त्यसले देशको अर्थतन्त्र, विकास वा जनजीवनलाई पनि नराम्ररी प्रभावित पारेको छ । प्रतिगामी शक्तिहरूले जनतामाथि ठुलो पैमानामा शोषण वा लुट गर्दछन् । साम्राज्यवादले पनि अर्थतन्त्र, उद्योग वा कृषिको विकासमा विभिन्न प्रकारले अवरोध हाल्दछ । सरकारको भ्रष्ट नीतिले पनि देशको सही र सन्तुलित प्रकारले विकास हुन पाउँदैन । प्रशासनको नोकरशाही र भ्रष्ट कार्यप्रणालीले पनि विकास अवरुद्ध हुने गरेको छ । त्यसैले विकासको मार्गमा भएका ती सबै बाधा र अवरोधलाई हटाएर नै देशले सही गति लिन सक्दछ ।

    आजको देशको समग्र राजनीतिक स्थितिमा हाम्रो पार्टीको वा नेकपा (मसाल) वा राष्ट्रिय जनमोर्चाको कुन प्रकारको भूमिका रहेको छ ? त्यसबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ ।

    अहिले मात्र हैन, पहिलेदेखि नै हाम्रा केन्द्र वा प्रदेशका कुनै पनि सांसदहरू भ्रष्टाचार वा कुनै पनि प्रकारको आर्थिक अनियमिततामा जोडिएका छैनन् । सांसद पूर्वाधार विकास कोषको रकममा धेरै नै भ्रष्टाचार हुने गरेको गरिन्छ तर अहिलेसम्म हाम्रा कुनै पनि सांसदले त्यसो गर्ने गरेका छैनन् र उनीहरूले कुनै भ्रष्टाचार नगरेको हुनाले अहिलेसम्म उनीहरूमाथि त्यस प्रकारको कुनै पनि टीकाटिप्पणी जनस्तरमा वा समाचारमाध्यममा पनि गरिएको छैन । अरू कैयौँ सांसदले सिद्धान्तहीन तरिकाले दलबदलु गर्ने गरेका छन् । हाम्रो कुनै पनि सांसदले त्यसो गरेको एउटा पनि उदाहरण छैन । सरकारमा गएपछि सबै मन्त्री भ्रष्ट हुन्छन् भन्ने हल्ला देशमा निकै चलेको छ तर राष्ट्रिय जनमोर्चाको तर्फबाट सरकारमा गएका का. चित्रबहादुर केसीले एक पैसा पनि भ्रष्टाचार नगरेको कुरा जनतामा आम रूपमा विदित छ । अन्य कतिपय पार्टीका मानिसमा मन्त्री पदका लागि विभिन्न प्रकारका सिद्धान्तहीन, अराजनीतिक वा दलबदलुसमेत गर्ने गरेका कैयौँ उदाहरण पाइन्छन् तर हाम्रो पार्टीले मन्त्री पदका लागि त्यसो गरेको एउटा पनि उदाहरण छैन ।

    जुन बेला प्रबुद्ध समूह र जनताले त्यसरी कुनै पार्टीको सिद्धान्त, नीति र कार्यशैलीका आधारमा मूल्याङ्कन गर्न थाल्ने छन्, त्यो बेला हाम्रो पार्टीलाई जनताको व्यापक समर्थन प्राप्त हुने छ र त्यो अवस्थामा नै देशले सही राजनीतिक दिशा लिन वा देशको सही अर्थमा विकास हुन सक्ने छ ।

    देशको राजनीतिमा पनि हामीले सधैँ परिस्थितिको ठोस विश्लेषण र राजनीतिक आवश्यकतामाथि ध्यान दिएर नै आफ्नो राजनीतिक लाइन निश्चित गर्दै आएका छौँ । प्रतिगमन वा विभिन्न साम्राज्यवादी शक्तिका विरुद्ध पनि हामीले स्पष्ट, दृढ र सम्झौताहीन प्रकारको नीति अपनाउँदै आएका छौँ । त्यसका साथै हामीले कुनै राजनीतिक शक्तिप्रति कुनै प्रकारको पूर्वाग्रह नराखिकन राष्ट्रिय आवश्यकताअनुसार उनीहरूसित कार्यगत एकता वा सहकार्यको नीति अपनाउँदै आएका छौँ र त्यस प्रकारको नीतिमा सधैँ इमान्दारिता देखाउने गरेका छौँ । यी केही उदाहरणले पनि बताउँछन्, हाम्रो पार्टीको भूमिका अन्य राजनीतिक शक्तिको भन्दा बेग्लै र उच्च पनि छ । त्यसबाट यो कुरा पनि प्रष्ट हुन्छ कि हाम्रो जस्तो पार्टीको नीतिअनुसार चलेमा नै देशले सही राजनीतिक दिशा लिन र देशको दिगो विकास पनि हुन सक्दछ ।

    कुन पार्टी ठुलो हो र कुन पार्टी सानो हो ? त्यसबारे पनि केही स्पष्टताको आवश्यकता छ । कुनै पार्टी त्यसका कति सदस्य छन्, त्यसका कति सांसद छन् वा कुनै पार्टी सरकारमा छ वा छैन ? त्यस आधारमा कुनै पार्टी ठुलो छ वा सानो छ भनेर छुट्याउनु सही र वस्तुवादी दृष्टिकोण होइन । कुनै पार्टीको श्रेष्ठता त्यसको सिद्धान्त, नीति र कार्यशैलीको उच्चताका आधारमा नै गरिनुपर्दछ । त्यस दृष्टिकोणले विचार गर्दा हाम्रो पार्टी देशको सबैभन्दा ठुलो पार्टी हो भन्ने कुरामा कुनै शङ्का छैन । जुन बेला प्रबुद्ध समूह र जनताले त्यसरी कुनै पार्टीको सिद्धान्त, नीति र कार्यशैलीका आधारमा मूल्याङ्कन गर्न थाल्ने छन्, त्यो बेला हाम्रो पार्टीलाई जनताको व्यापक समर्थन प्राप्त हुने छ र त्यो अवस्थामा नै देशले सही राजनीतिक दिशा लिन वा देशको सही अर्थमा विकास हुन सक्ने छ ।

    सोमबार, साउन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.