अर्घाखाँची । राष्ट्रिय जनमोर्चा, अर्घाखाँचीले पार्टीका सक्रिय सदस्य राजविक्रम केसीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
केसीको निधनको भएको १० औं दिनमा उहाँकै निवास भूमिकास्थान–७, बरवासमा शोकसभा गरी श्रद्धाञ्जली अर्पण गरेको हो ।
शोकसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, जिल्ला सल्लाहकार टेकबहादुर थापा, अखिल नेपाल शिक्षक संघ भूमिकास्थान अध्यक्ष रामबहादुर थापा र अखिल (छैठौं)का केन्द्रीय सल्लाहकार गोपालप्रसाद भट्टराईलगायतका नेता कार्यकर्ता तथा आफन्तले मृतकको तस्बिरमा माल्यार्पण गरी शोक प्रकट गर्नुभयो ।
शोकसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले कम्युनिष्ट आन्दोलन र समाज सुधारका निम्ती केसीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
भूमिकास्थान नगर प्रमुख समेत रहनुभएका नेता थापाले केसीको सादा जीवनशैली, सहयोगी भावना र सामाजिक सेवाभाव सबैको लागि राजनीतिक प्रेरणा भएको समेत बताउनुभएको छ ।
राजविक्रमको यही साउन १ गते ४५ वर्षको उमेरमा निधन भएको थियो ।