ठाकुर पौडेल ।
भारतको सङ्गरुसमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
जुलाई २६, २०२३ बुधबारका दिन मूल प्रवाहको सङ्गरुर नगर समिति र नगर महिला विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रक्षिक्षण कार्यक्रमको प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल तथा अन्य अतिथि सउदी अरब नेपाली एकता समाजका केन्द्रीय सदस्य ठाकुर पौडेल हुनुहुन्थ्यो ।
सो अवसरमा क्षेत्रीय समितिका सदस्य लक्ष्मी खनालको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष खेमराज पोख्रेलले तथा सञ्चालन नारायण भुसालले गर्नुभएको थियो ।