नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१२ मा राष्ट्रिय जनमोर्चाको वडासमिति पुनर्गठन भएको छ ।
Advertisement
जिल्ला अध्यक्ष भीमप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा २०८० साउन ८ गते सोमबार सम्पन्न भेलाले सो समिति पुनर्गठन गरेको हो ।
भेलाले रुद्र आचार्य अध्यक्ष रहनुभएको राजमोको वडासमिति पुनर्गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बालाराम न्यौपाने, सचिवमा भरतकुमार खड्का, सहसचिवमा चूडामणि दाहाल र कोषाध्यक्षमा पावर्ती कार्की रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा खिमलाल भण्डारी, लीला भट्टराई, गोमा सापकोटा, फुलाराम थारू र राधा गिरी रहनुभएको छ ।
भेलाले जोकप्रसाद भण्डारी र पूर्णकला भण्डारीलाई सल्लाहकारमा चयन गरेको छ ।