• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

असोज १२ र १३ गते अखिल (छैठौं) को राष्ट्रिय परिषद्


  •   सोमबार, साउन ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) को राष्ट्रिय परिषद् आगामी २०८० असोज १२ र १३ गते केन्द्रीय क्याम्पस कीर्तिपुर (काठमाडौँं) मा हुने भएको छ ।

    Advertisement

    यही साउन ५ र ६ गते पाल्पाको सदरमुकारम तानसेनमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकपछि अध्यक्ष देवेन्द्र कुँवरद्वारा साउन ७ गते जारी प्रेसविज्ञप्तिमा केन्द्रीय समितिले गरेका विभिन्न निर्णय सार्वजनिक गरिएको छ ।

    देशको शैक्षिक अवस्था गम्भीर रहेको, विश्वविद्यालय राजनैतिक दलका अखाडा बनेको बताउँदै प्रेसविज्ञप्तिमा सो कारणले युवाशक्तिको विदेश पलायन बढ्दै गएकोमा त्यसलाई रोक्न सरकारसित माग गरिएको छ ।

    त्यस्तै, देशमा प्रतिगमन र साम्राज्यवादको हस्तक्षेप बढ्दै गइरहेकोमा त्यसको विरोध गरिएको छ ।

    महङ्गी नियन्त्रण गर्न सरकार असफल भएको बताउँदै विज्ञप्तिमा भ्रष्टाचार विरुद्ध सरकारको कदमलाई समर्थन गरिएको छ । भ्रष्टाचारको छानबिनबाट पछि नहट्न युनियनले खबरदारी गरेको छ ।

    त्यसैगरी प्रेसविज्ञप्तिमा सङ्गठनसित सम्बन्धित विभिन्न निर्णय गरिएको जानकारी दिइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “हाम्रो युनियनको सातौँ केन्द्रीय समितिको बैठक यही साउन ५ र ६ गते पाल्पाको तानसेनमा सम्पन्न भयो । बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।

    १. बैठकले देशको वर्तमान शैक्षिक अवस्थाको गम्भीर समीक्षा गरेको छ । विश्वविद्यालयहरूको शैक्षिक नीति, योजना, पाठ्यक्रम, परीक्षा प्रणाली, नतिजा प्रकाशन जस्ता विषय दाताको अनुदान केन्द्रित भएको छ । विश्वविद्यालयहरू दलका राजनैतिक अखडा र कार्यकर्ता नियुक्ति गर्ने थलो बन्दै गएका छन् । शिक्षाप्रणाली देश, काल, माटो, भूगोल र हाम्रो आवश्यकताअनुकुल नहुँदा विद्यार्थीहरूमा चरम निरासा, शिक्षा र विश्वविद्यालयप्रति वितृष्णा उत्पन्न भएको छ, जसको कारण आज ठुलो सङ्ख्यामा युवाशक्ति विदेश पलायन भइरहेको छ र यो तुरुन्त रोकिने स्थिति छैन । यस्तो खालको लहरले एकातिर देश युवाविहीन हुँदै छ र क्याम्पस विद्यार्थीविहीन हुँदै छन् भने अर्कोतिर, ठुलो मात्रामा नेपाली रुपैयाँ विदेश गइरहेको छ । हामीले राज्य र विश्वविद्यालयको यस प्रकारको गलत नीतिको कडा शब्दमा आलोचना गर्दछौँ र तुरुन्त यो स्थितिलाई रोक्न आवश्यक कदम चाल्न अनुरोध गर्दछौँ ।

    २. देशमा प्रतिगमन र साम्राज्यवादको बढ्दो प्रभावको विषयमा हाम्रो ध्यान आकृष्ट भएको छ । देशको गणतन्त्र र राष्ट्रियतामाथि विभिन्न कोणबाट आक्रमण भइरहेका छन् । गत संसदीय निर्वाचनमा अमेरिकाले नेपालमा घुसपैठ गरी आफ्नो दल निर्माण गरेर प्रत्यक्ष रूपले नै चुनावमा सहभागी भएको कुरा विस्तारै प्रमाणित हुँदै छ । उसले आफ्ना साम्राज्यवादी स्वार्थ पूरा गर्न सक्दो प्रयत्न गरिरहेको छ । भारतीय साम्राज्यवादले आफ्नो नयाँ संसद् भवनमा नेपालको कपिलवस्तु र लुम्बिनीसमेतको नक्सा प्रकाशित गरेर आफ्नो चरित्र प्रदर्शन गरेको छ । हामीले त्यसको विरोध गर्दछौँ ।

    ३. वर्तमान सरकारले महङ्गी नियन्त्रणमा कुनै काम गर्न सकेको छैन । आर्थिक सूचाङ्कहरू कमजोर स्थितिमा छन् । प्रदेश सरकारहरू भ्रष्टाचारका अखडा हुनुबाहेक अरू कुनै काम छैन तर सरकारले हाल कतिपय भ्रष्टाचारसँग सम्बन्धित विषयमा गरिरहेको कामको हामीले समर्थन गर्दछौँ । ती घटनाले राजनैतिक दलको आडमा कतिसम्म निकृष्ट र घटिया तरिकाले भ्रष्टाचार हुन्छ भन्ने कुराको सङ्केत गर्दछ । यस प्रकारका अरू थुप्रै काण्डमा दलको उच्च नेतृत्व नै संलग्न भएका थुप्रै उदाहरण छन् । हामीले सरकारलाई ती सबै काण्डको व्यापक छानबिन गर्न र भ्रष्टाचारीलाई कानुनी कारबाही गर्न अनुरोध गर्दछौँ । राजनैतिक लेनदेनको नाममा सरकार यो कार्यबाट पछि नहटोस् भन्ने अपेक्षासमेत राख्दछौँ ।

    ४. हाम्रो युनियनको बाइसौँ सम्मेलनपछिको प्रथम राष्ट्रिय परिषद् बैठक यही असोज १२ र १३ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा गर्ने ठेगान भएको छ । त्यसको तयारीको लागि प्रदेश तथा जिल्लाका भेला, वैठकहरू तय भएका छन् ।

    ५. प्रदेशहरूको भेला तथा वैठक निम्नानुसार तय भएको छ : क. कोशी प्रदेश भदौ ८ र ९ गते, ख. मधेस प्रदेश भदौ १५ गते, ग. बागमती प्रदेश भदौ २३ गते, घ. लुम्बिनी प्रदेश भदौ १५ र १६ गते, ङ. कर्णाली प्रदेश भदौ १५ र १६ र च. सुदूरपश्चिम प्रदेश साउन ३० र ३१ गते ।

    ६. सङ्गठनसम्बन्धी निम्नबमोजिम निर्णय भएको छ :

    क. बागमती प्रदेशको इन्चार्जको जिम्मा सचिव पुरण पोख्रेललाई दिइएको छ । सूचना तथा सञ्चार विभागको जिम्मा उपाध्यक्ष नवीन पाण्डेलाई दिइएको छ । वैकल्पिक केन्द्रीय सदस्य दिलेन्द्र बुढाले कार्यव्यस्तताका कारण दिनुभएको राजिनामा स्वीकृत भएको छ ।

    ख. विभिन्न विश्वविद्यालयको अध्ययन र समन्वयको लागि निम्नबमोजिम इन्चार्ज तोकिएका छन् : त्रिभुवन विश्वविद्यालय – विवेक जिसी, काठमाडौँ विश्वविद्यालय – पुरण पोख्रेल, पोखरा विश्वविद्यालय – गणेश अधिकारी, पूर्वाञ्चल विश्वविद्यालय – देवेन्द्र पौडेल, सुदूरपश्चिम विश्वविद्यालय – हेमराज भट्ट, मध्यपश्चिम विश्वविद्यालय – लेनिन रेग्मी, कृषि तथा वन विश्वविद्यालय – कमल आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालय – सागर बेलबासे, संस्कृत विश्वविद्यालय – रिसव आचार्य र सिटिइभिटी – नवीन केसी ।

    ७. अखिल (छैठौं) बाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित पदाधिकारीप्रति बैठकले बधाईसहित सफल कार्यकालको शुभकामना दिने निर्णय गरी पदाधिकारी र सदस्यसहितको स्ववियु काउन्सिल गठन गर्ने निर्णय भएको छ ।
    बैठक व्यापक छलफल सहित सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।”

    सोमबार, साउन ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.