• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गल्कोटमा जगाइँदै लोप भएका लोककथा


  •   आइतबार, साउन ०७, २०८० मा प्रकाशित
  • खेमराज गौतम, बागलुङबजार ।
    पुस्तान्तरणको अभावमा हराउन थालेका बागलुङका लोककथा अब लिपिबद्ध हुने भएका छन् ।

    Advertisement

    बाजेबज्यैको मृत्युपछि पुस्तान्तरण अभावमा लोककथा तथा किम्बदन्ती हराउँदै गएपछि लोक कथा संरक्षणका लागि सङ्कलन तथा लिपिबद्ध गर्न थालिएको हो ।

    रिड नेपालको आर्थिक सहयोग तथा विद्यामन्दिर पुस्तकालयको आयोजनामा बागलुङकोे कथा सङ्कलन तथा अभिलेखीकरणको काम गरिएको मात्रै छैन, कथामा आधारित चित्रसमेत निर्माण गर्न थालिएको छ ।

    बागलुङको काठेखोला गाउँपालिका–७ रेशका ईश्वरीप्रसाद गौतमले “बाजेबज्यैको कथा मेरो चित्र” अन्तर्गत विद्यामिन्दर पुस्तकालयमा बालबालिकालाई जम्मा गरेर ओदानको कथा सुनाउनुभयो ।

    ‘कथामध्येको किंवदन्ती कथा ओदानको कथामा बाइसेचौबिसे राज्यअन्तर्गत भुरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा प्राकृतिक ओदान खसेको थियो । उक्त ओदान खसेर तोरीखेतमा नाच्ने क्रममा एउटा खुट्टा भाँचिएपछि ओदान त्यहीँ रह्यो’ गौतमले बालबालिकालाई कथा सुनाउँदै भन्नुभयो– ‘अहिले त्यस स्थानको नाम ओदानडाँडा नामकरण गरिएको छ । दुईखुट्टे ओदान त्यहाँ संरक्षित छ ।’

    अहिले उक्त ओदान भएको स्थानलाई ओदानेश्वर मन्दिरको नामकरणसमेत गरिएको छ । अहिले त्यहाँ ओदान देख्न सकिन्छ । इतिहास र प्रमाणका आधारमा भनिएको क्रिवदन्ती कथा बालबालिकाले पुनर्लेखन मात्रै गरेनन्, ओदानको कथासँग सम्बन्धित रहेर चित्रसमेत कोरेको छ ।

    चार दिनसम्म चलेको “बाजेबज्यैको कथा स् मेरो चित्र” कार्यक्रम अन्तरगत सङ्कलित एक दर्जन लोककथा सङ्ग्रह, पुनर्लेखन र चित्रसहित “बागलुङको कथा” नामक पुस्तक प्रकाशन गरिने विद्यामन्दिर पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो ।

    लोककथाका चार विधामध्येको दन्त्यकथा सत्यतामा आधारित कथालाई बागलुङको परिवेशसँग जोडेर लोककथा संरक्षणसँगै लिपिबद्ध गर्न थालिएको वरिष्ठ बाल साहित्यकार प्राध्यापक डा। धु्रव घिमिरेले जानकारी दिनुभयो ।

    ‘बागलुङको नामकरण कसरी भयो रु ओदानको कथा, कालिका मन्दिर कसरी स्थापना भयो रु सत्यवतीको कथालगायतका एक दर्जन लोककथा बाजेबज्यैले सुनाउनुभएको छ । कथालाई बालबालिकाले लेखन तथा चित्रमा उतार्नुभएको छ । कथालाई काँटछाट गरेर हामीले रिड नेपालको सहयोगमा प्रकाशनमा ल्याउने छौंँ’ घिमिरेले भन्नुभयो– ‘हामीले बाजेबज्यैसँग बालबालिकाको सामिप्यता बढाउन खोजेका छौँ । बागलुङको कथा रिड नेपालअन्तर्गतका पुस्तकालयमा उपलब्ध हुने छ, जसले भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजको काम गर्ने छ । लोप भएका लोककथा जोगाउने छ ।’

    बाजेबज्यैको काखमा बसेर पुराना कथा र कहानी सुन्न पाउन छाडेपछि नयाँ पुस्तालाई यससम्बन्धी ज्ञान दिनका लागि बाजेबज्यैको कथा बालबालिकालाई सुनाउन थालिएको हो ।

    कलिला बालबालिका इन्टरनेट र विदेशी संस्कृतिमा जोडिँदा आफ्नो संस्कृतिसमेत भुल्ने र एक्लिने प्रवृति बढेपछि यस्तो अवधारणा ल्याइएको रिड नेपालकी वरिष्ठ फिल्ड संयोजक बिना गोलेले बताउनुभयो ।

    गोलेका अनुसार रिड नेपालले १० वर्षदेखि लोककथाको संरक्षण र दस्तावेजीकरण गर्दै आएकामा हालसम्म १४ जिल्लाका लोककथा सङ्ग्रह भइसकेको जानकारी दिनुभयो । उहाँले बागलुङमा थुप्रै लोककथा रहे पनि लिपिबद्ध नहुँदा हराउने भन्दै रिड नेपालले बागलुङको लोककथा सङ्ग्रह प्रकाशन गर्न थालेको बताउनुभयो । (रासस)

    आइतबार, साउन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
    शेयर कारोबार पुन : सञ्चालन
    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.