काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङसहितका अभियुक्तहरु थप पाँच दिन हिरासतमा बस्ने भएका छन् ।
Advertisement
शुक्रबार काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
उक्त प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरुले रिहाइ माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर दिएका हुन्।
सर्वोच्च अदालतले सो विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।