शङ्करप्रसाद पोख्रेल, खलङ्गा ।
Advertisement
प्युठानको झिमरुक गाउँपालिका वडा नं. १ बेतानेमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
२०८० साउन ३ गते बुधबारका दिन लेखनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न एक भेलामाझ सो समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा गोविन्द बिसी, सचिवमा केसर बिसी, सहसचिवमा विमला पोख्रेल र कोषाध्यक्षमा मधुसूदन पोख्रेल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा टोपबहादुर थापामगर, छबिलाल पोख्रेल, गोमा पोख्रेल र प्रकाश राना रहनुभएको छ ।