• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपाली काङ्ग्रेसभित्र अन्तरसङ्घर्षको राजनीतिक पक्ष


  •   आइतबार, असार ३१, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    अहिले नेपाली काङ्ग्रेसभित्र तीव्र सङ्घर्ष चलिरहेको छ । त्यो अन्तरसङ्घर्षसित त्यसभित्रका कतिपय सङ्गठनात्मक पक्षहरू पनि जोडिएका छन्† जस्तै कि नेतृत्वको परिवर्तन वा नेकाको रूपान्तरण तर ती सबै त्यसका आन्तरिक विषय हुन् र त्यसबारे हामीले केही भन्नु छैन । फेरि पनि त्यो अन्तरसङ्घर्षको एउटा राजनीतिक पक्ष सम्पूर्ण देशको राजनीति र भविष्यसमेत सित जोडिएको छ । त्यसबारे नै यहाँ हामीले केही प्रकाश हाल्ने प्रयत्न गर्ने छौँ ।

    नेकाभित्रको अन्तरसङ्घर्षको राजनीतिक पक्ष के हो ? त्यो जान्नुभन्दा पहिले हामीले अहिले संस्थापन पक्षले लिएको राजनीतिबारे केही बुझ्नुपर्ने आवश्यकता छ ।

    अहिले संस्थापन पक्षले प्रथम– गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा तथा प्रतिगमनका विरुद्ध अडान लिएको छ । त्यो अडानबाट त्यो पछाडि हट्ने त होइन ? त्यसो गर्‍यो भने पनि त्यो भविष्यको कुरा हुने छ तर अहिले त्यसले त्यस प्रकारको अडान लिएको कुरा प्रष्ट छ ।
    द्वितीय– भारतीय वा अमेरिकी साम्राज्यवाद तथा राष्ट्रियताबारे त्यसले ढुलमुल र अवरवादी नीति लिएको छ । त्यही कारणले हो कि त्यसले संसद्मा एमसिसीलाई पारित गर्‍यो र पछि नागरिकता संसोधन विधेयकलाई पनि पारित गर्‍योस,फेरि पनि भारतीय र अमेरिकी साम्राज्यवाद दुबैले जुन हदसम्म चाहान्छन, त्यो हदसम्म नेकाको संस्थापन पक्ष उनीहरूको पक्षमा जान तयार भएको छैन । उनीहरूले (भारत र अमेरिकाले) चाहान्छन् : नेका पूरै नै उनीहरूको पक्षमा सामेल होस् र अहिलेको तटस्थ नीतिलाई परित्याग गरेर चीनका विरुद्ध पूरै खडा होस् । नेका त्यो हदसम्म जान तयार नभएकाले उनीहरूले नेका वा वर्तमान सरकारमाथि पूरै विश्वास गर्न पनि सकिरहेका छैनन् ।

    यो कुुरा स्पष्ट छ कि अहिलेको नेतृत्वमा परिवर्तन गर्नुको पछाडिको उनीहरूको एउटा उद्देश्य अहिले संस्थापन पक्षले वामपन्थीसित अपनाइरहेको गठबन्धनको नीतिलाई बदल्नु पनि हो ।

    यहाँ नेकाको संस्थापन पक्षबारे जे भनियो, त्यो कुरा माओवादी र वर्तमान गठबन्धन सरकारबारे पनि सत्य हो ।

    अहिलको नेकाको नेतृत्वमा परिवर्तन गर्न अभियान चलाउनुका पछाडिको मुख्य राजनीतिक उद्देश्य अहिले नेकाको संस्थापन पक्ष वा सरकारले अपनाइरहेका माथिका दुबै नीतिमा परिवर्तन ल्याउनु पनि हो । उनीहरूको त्यो उद्देश्य पूरा भएमा अहिलेको गठबन्धन टुट्ने छ र ओलीको कथित स्वतन्त्र राष्ट्रिय पार्टी र राप्रपासमेत सितको गठबन्धन बन्ने छ । स्पष्ट छ कि त्यस प्रकारको गठबन्धनले देशलाई प्रतिगमनतिर नै लैजाने छ । त्यसका साथै उनीहरूको साम्राज्यवादी शक्तिहरूसितको—मुख्यत: अमेरिकी साम्राज्यवादसितको—निकटता बढेर जाने छ । त्यो अवस्थामा नेपालको तटस्त परराष्ट्र नीतिसमेत समाप्त हुने र नेपाल पूरै अमेरिकी सैन्य क्याम्पमा जानेसमेत सम्भावना हुने छ । त्यो अवस्थामा अमेरिकालाई आफ्नो इन्डो–प्यासिफिक रणनीति पूरा गर्न, एसपिपीलाई समेत पारित गराउन वा चीनसितको अहिले कायम रहेको मैत्रिपूर्ण सम्बन्धमा पनि छेकबार गर्न मदत पुग्ने छ ।

    वर्तमान गठबन्धन सरकार एसपिपीलाई पारित गर्न तयार नभएको कारणले पनि अमेरिका वर्तमान सरकारप्रति असन्तुष्ट भएको थियो र त्यही स्थितिमा नै त्यसले नेपालमा पहिलेको विभिन्न राजनीतिक पार्टीहरूमा घुसपैठ गरेर सरकारमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी स्वार्थलाई पूरा गर्ने नीतिलाई बदलेर प्रत्यक्ष रूपले हस्तक्षेप गर्ने नीति अपनाएको थियो ।

    त्यही क्रममा नै त्यसले अमेरिकाको “फ्रिडम पार्टी” र त्यसको “घण्टी” चुनाव चिह्नको अनुशरण गर्दै नेपालमा पनि घण्टी पार्टी गठन गरेको थियो । त्यस प्रकारको सङ्गठनको निर्माणका पछाडिको उसको उद्देश्य एकातिर, अहिले सत्तारूढ गठबन्धनमा भएका राजनीतिक पार्टीको अस्तित्वलाई समेत समाप्त गर्नका लागि धम्की दिने र अर्कातिर, नेपालको संसद् र सरकारमा समेत आफ्नो नियन्त्रण कायम गर्ने थियो । त्यो घण्टी पार्टीसित नेकाको प्रतिपक्षको पनि निकट सम्बन्ध रहेको कुरा गत चुनावको बेलामा उनीहरूका बिचमा कायम भएको निकट सम्बन्धबाट पनि स्पष्ट भइसकेको छ ।

    यो कुुरा स्पष्ट छ कि अहिलेको नेतृत्वमा परिवर्तन गर्नुको पछाडिको उनीहरूको एउटा उद्देश्य अहिले संस्थापन पक्षले वामपन्थीसित अपनाइरहेको गठबन्धनको नीतिलाई बदल्नु पनि हो ।

    अमेरिकाको विश्वव्यापी रणनीति कम्युनिस्टलाई पूरै समाप्त गर्ने रहेको छ । त्यो नीतिलाई नेकाभित्रको प्रतिपक्षले पनि अनुशरण गरेको छ । त्यही नीतिअनुरूप नै उनीहरूले नेकाको केन्द्रीय समितिमा वामपन्थीसित चुनावमा कुनै गठबन्धन नगर्नका लागि सङ्घर्ष गरेका थिए यद्यपि संस्थापन पक्षको बहुमतका अगाडि उनीहरू पराजित हुनुपरेको थियो । केन्द्रीय समितिमा वामपन्थीसित कुनै गठबन्धन नगर्ने उनीहरूको नीति बहुमतद्वारा अस्वीकृत भए पनि उनीहरूले देशव्यापी रूपमा नै वामपन्थी उम्मेदवारलाई पराजित गर्न खुला रूपले नै प्रयत्न गरेका थिए र त्यसका लागि कैयौँ स्थानमा एमालेका उम्मेदवारलाई पनि समर्थन गरेका थिए । अब २०८४ को चुनावमा पनि वामपन्थीसित कुनै गठबन्धन नगर्ने उनीहरूको घोषित नीति रहेको छ ।

    यो कुुरा स्पष्ट छ कि अहिलेको नेतृत्वमा परिवर्तन गर्नुको पछाडिको उनीहरूको एउटा उद्देश्य अहिले संस्थापन पक्षले वामपन्थीसित अपनाइरहेको गठबन्धनको नीतिलाई बदल्नु पनि हो ।

    माथिको सङ्क्षिप्त विवरणबाट अहिले नेकाको संस्थापन पक्षका विरुद्ध चलाइरहेको सङ्घर्षका पछाडि त्यसको उद्देश्य खालि त्यसको नेतृत्वलाई मात्र बदल्नु नभएर अहिले संस्थापन पक्षले अपनाइरहेका नीतिलाई बदल्नु पनि भएको र त्यो नै त्यसको प्रधान पक्ष रहेको कुरा प्रष्ट छ । त्यसको अर्थ हुन्छ : नेकाले प्रतिगमनका विरुद्ध अहिले जे जति अडान लिएको छ, त्यसलाई परित्याग गरेर एमालेसित गठबन्धन गरोस्; प्रतिगमन विरुद्ध सङ्घर्षको नीतिलाई बदलोस्; भारत र खास गरेर अमेरिकाका पक्षमा प्रत्यक्ष रूपले उभियोस् नेपालको तटस्त परराष्ट्रनीतिलाई भारत र अमेरिकी नीतिको पक्षमा बदलोस् र वामपन्थीसित गठबन्धनको नीतिलाई परित्याग गरोस् ।

    त्यसरी स्पष्ट छ : अहिले नेकाभित्र चलिरहेको अन्तरसङ्घर्ष खालि त्यसको आन्तरिक विषय मात्र नभएर त्यो देशको सम्पूर्ण राजनीति र भविष्यसित पनि घनिष्ठ रूपले जोडिएको छ । त्यसकारण नेकाभित्र अहिले चलिरहेको सङ्घर्ष कुन रूपमा टुङ्गिन्छ ? त्यसले देशको राजनीतिलाई पनि एक वा अर्काे प्रकारले प्रभावित गर्ने कुरा निश्चित छ ।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.