काठमाडौँ । अखिल (छैठौं) सहितका सात विद्यार्थी सङ्गठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहालपत्नी तथा नेकपा (माओवादी–केन्द्र) की सल्लाहकार सीता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
२०८० असार २९ गते शुक्रबार संयुक्त शोकवक्तव्य राख्दै उनीहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
वक्तव्यमा उनीहरूले स्मृतिशेष सीता दाहाल नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनको प्रेरणदायी व्यक्तित्व भएको बताएका छन् ।
स्मृतिशेष सीताको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहने बताउँदै वक्तव्यमा शोकसन्तप्त परिवारप्रति समवेदनासमेत प्रकट गरिएको छ ।
शोकवक्तव्यमा अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका का.वा. अध्यक्ष माधव पन्त, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश पाठक र नेपाल समाजवादी विद्यार्थी युििनयनका अध्यक्ष नेत्र चापागाईको हस्ताक्षर रहेको छ ।
