काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० असार २७ गते मङ्गलबार शोकवक्तव्य जारी गदै राजमोले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको हो ।
यस्तो छ शोकवक्तव्यको पूर्ण पाठ :
“प्रधानमन्त्री प्रचण्डकी पत्नी तथा नेकपा (माओवादी केन्द्र) की नेतृ का. सीता दाहालको पार्किन्सन रोगका कारण आज मिति २०८० असार २७ गते बिहान ८:३३ बजे मृत्यु भएको खबरले हामीलाई निकै दु:खी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. सीता दाहालको मृत्युले नेकपा (माओवादी केन्द्र) तथा नेपालको वाम आन्दोलनलाई क्षति पुगेको छ । शोकाकुल नेकपा (माओवादी केन्द्र) लाई शोकलाई शक्तिमा परिणत गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।”