• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपालको लोकतन्त्रमाथि लोकप्रियतावाद (पपुलिजम) बाट खतरा


  •   सोमबार, असार २५, २०८० मा प्रकाशित
  • शेखर कोइराला ##
    भर्खरै म केही नेपाली र विदेशी अध्येताहरूसँग छलफलमा व्यस्त थिएँ । सोही क्रममा अचानक एक विदेशी मित्रले नेपालको आन्तरिक अवस्थाप्रति चिन्ता व्यक्त गरे, जसरी अमेरिकामा डोनाल्ड ट्रम्पको पदावधि सकिएर जो बाइडन आउने समयमा बहस भएको थियो । उनले नेपालको लोकतन्त्रलाई लिएर असहजता देखाउनुले मलाई थप चिन्तित तुल्यायो ।

    Advertisement

    ती विदेशी मित्रको जिज्ञासा थियो– नेपालमा संविधान बनेपछि धेरै विषय टुङ्गो लाग्दै देश विकासको लयमा हिँड्ने विश्वास थियो तर दलहरूकै आन्तरिक कलहका कारण अर्को शक्ति लोकप्रियतावाद (पपुलिजम) पो देखियो । यसले गर्दा मुलुकको विकासको गतिमा अवरोध आउने छ भने लोकतन्त्रका लागि खतरा हुन सक्छ ।

    एक्स्ट्रिम पपुलिजम (अति लोकप्रियतावाद) बाट आएकाहरूले विश्वमा केही परिवर्तन गर्न सकेका छैनन् तर आम नागरिक त्यसतर्फ अग्रसर देखिनु भनेको दलहरूप्रतिको विश्वास टुट्नु हो । एकाएक दलभित्रकै लोकतन्त्रमा देखिएको दण्डहीनता र बिचौलियातन्त्रबाट निम्तिएको पपुलिजमका कारण नेपालको राजनीतिक व्यवस्था धरापमा परेको चिन्ता ती सज्जनको थियो ।

    उनी भन्दै थिए– आधारभूत लोकतन्त्र स्थापित भइसकेका देशमा नयाँ प्रकारका जटिलता, समस्या र चुनौती आउँछन् । लोकतन्त्र स्थापनापछि के गर्ने, कसो गर्ने र कसरी अघि बढ्ने भन्नेमा अन्योल हुँदा यस्तो भएको हो । लोकतन्त्र गैरलोकतान्त्रिक शक्तिबाट सधैँ खतरामा हुन्छ तर लोकतन्त्रकै भेषमा दलहरू विरुद्ध हुने गतिविधि झनै डरलाग्दा हुन्छन् ।

    म जोसँग छलफलमा थिएँ, उनी सामान्य व्यक्ति थिएनन् । अमेरिकाको ‘हार्डपावर’ र ‘सफ्ट पावर’ केलाउनसमेत सक्षम उनी विश्वविद्यालयमा पढाउँछन् । नेपाल जस्ता भूराजनीतिक अवस्थामा रहेका मुलुकहरूको अध्ययन गर्दै हिँड्छन् । उनी भन्दै थिए– चतुर राजनीतिज्ञहरूले धेरै पहिलेदेखि नै मूल्यले शक्ति सृजना गर्छ भन्ने बुझेका हुन्छन् । त्यहीँबाट आफूले चाहेको काम गराउँदा कुनै पनि बल र पैसाको प्रयोग गर्नुपर्दैन । त्यो राजनीतिज्ञहरूले नबुझ्दा र गर्न नसक्दा लोकप्रियतावादबाट अरू नै आउनु भनेको लोकतन्त्र थप सङ्कटमा फस्नु हो । हामी त्यही बाटोमा छौँ । यसलाई मनन गर्न नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीले ढिलाइ गर्नुहुँदैन ।

    दुईतीन सय वर्षदेखि लोकतन्त्रको अभ्यास गरिरहेको मुलुकमा समेत यस प्रकारको समस्या देखिएको छ । जब लोकतान्त्रिक मूल्यमान्यताभन्दा पनि हुलको निर्णय हुन्छ तब मुलुकको अधोगति सुरु हुन्छ । नेपाल विकासको चरणमा प्रवेश नगरी अधोगतिमा लाग्ने चिन्ता धेरैमा छ । हामीकहाँ पछिल्लो समय निकै चर्चामा रहेको लोकप्रियतावाद अर्थात् पपुलिजम बलियो हुँदै गएको छ । गत स्थानीय निर्वाचन र संसदीय निर्वाचनले त्यसलाई पुष्टि गरिसकेका छन् ।

    केही स्वतन्त्र मेयरको जित र एक वर्षअघि स्थापित पार्टीले निर्वाचनमा मारेको छलाङ पर्याप्त छ, लोकप्रियतावाद बुझ्न । लोकतन्त्रमा सबै प्रक्रिया विधिवत् हुन्छन् तर यहाँ त विधिभन्दा पनि सत्ता टिकाउने र कसैलाई खुसी पार्ने राजनीतिको बोलवाला हुन थालेको छ ।

    हार्वर्ड विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापकहरू डेनियल जिब्लाट र स्टेभन लेभित्स्कीले युरोपेली र दक्षिण अमेरिकी लोकतान्त्रिक प्रणालीबारे दुई दसक अध्ययनपछि ‘हाउ डेमोक्रेसिज डाई’ पुस्तकमा निष्कर्ष निकालेका छन्– विगतको लोकतन्त्रका तीन मुख्य जोखिम थिए : सैनिक कू, कम्युनिजम र फासिवाद । शीतयुद्धको अन्त्यसँगै ती पराजित भए । अब त्यस्तो अवस्था छैन तर वर्तमान लोकतन्त्रको जोखिम स्वयम् लोकतन्त्रभित्रबाटै ‘डेमागग’ (भावोत्पादक भाषणमार्फत् जनतालाई उत्तेजित पार्ने नेता) को उदय हुनु हो अर्थात् लोकतन्त्रभित्रका छद्मभेषीबाट यस्तो खतरा उत्पन्न हुन्छ ।

    लोकतन्त्रको सङ्घर्ष लोकतन्त्रभित्र रहेर अघि बढेको ‘एक्स्ट्रिम पपुलिजम’ सँग छ । भन्ने गरिन्छ– लोकतन्त्रको चुनौती उत्तरलोकतान्त्रिक चरित्र हो । उदाहरणका लागि राजनीतिक नेतृत्वबाट अदालतलाई कमजोर बनाउने काम । अदालतले निर्णय गर्ने र राजनीतिज्ञले मिलाएर आममाफी दिने काम । एकातिर आममाफी दिनु र अर्कातिर एकल जितबाट आएकाहरूले अदालतलाई मान्दिनँ भन्दै हिँड्नु भनेको संविधान विफल पार्ने षड्यन्त्र त होइन भन्ने प्रश्न खडा भएको छ । यो कुरा सत्तामा रहेका दलहरूले नै बुझ्न सकेका छैनन् ।

    संसारमा अहिले यस्तै लहर चलेको छ । ६ जनवरी २०२१ मा अमेरिकी जनप्रतिनिधिको थलोमा ट्रम्पका समर्थकले आक्रमण गरे । यस घटनाबाट अमेरिकाका मित्र मात्र होइन, अन्य मुलुकसमेत स्तब्ध भएका थिए । अमेरिकाको स्थितिले धेरैमा त्यस मुलुकप्रति विकर्षण पैदा गर्‍यो । अमेरिकाप्रतिको आकर्षण पुन: पहिलेकै अवस्थामा फर्किन सक्छ भन्ने प्रश्न खडा भएको थियो ।

    नागरिकको भाव बुझेर राजनीतिक दोहन गर्ने र मनोवैज्ञानिक भावबाट आम मतदाताको भावनासँग खेलेर आउने शासक झन् डरलाग्दा हुन्छन् । असल र खराब सँगै हिँड्छन् । लोकतन्त्रमा असलले केही गर्न नसकिरहेको अवस्थामा खराबले भ्रम छरेर म पो गर्ने मानिस हुँ भन्दै लोकलाई रिझाउन जानेको हुन्छ । त्यसरी निर्वाचन जितेर आएपछि लोकप्रियतावादको वर्चस्व हुन्छ । डेमागग भनेको पनि यही हो ।

    यस्ता राजनीति गर्नेहरू आम नागरिकका कमजोर पक्षको पूर्वानुमान गरेर के भन्दा उनीहरू खुसी हुन्छन् ? त्यो पक्ष रोज्छन् । के गर्दा धेरैको ध्यान खिच्न सकिन्छ ? त्यो गर्छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई आफूअनुकूल उपयोग गर्छन् । हामीले गर्ने काम स्थापित दलले गर्न दिएन भनेर लाञ्छना लगाउने र कुरा बढी गर्ने गर्छन् । आम नागरिकले त्यस्ता कुरा पत्याउँछन् किनकि डेमागगहरूले पनि जादुगरले जसरी मानिसको ध्यान खिच्न सक्छन् ।

    डेमागगहरूले निर्वाचनमा अनेकौँ वाचा र प्रतिबद्धता पनि गर्छन् । त्यो सुनेर भिड बढ्न थाल्छ । उनीहरूले भोट आकर्षित गर्ने क्षमता राख्छन् । ‘अधिनायकवाद जब लोकतान्त्रिक निर्वाचनबाटै अनुमोदित हुन्छ, त्यो लोकतन्त्रका लागि मन्द विषसरह हुन्छ’ ती दुई लेखकले स्पष्ट पारेका छन्– ‘घृणा, प्रतिशोध र सरलीकृत सुखको इच्छाबाट नि:सृत सत्ताले विवेक गुमाउँछ । फलत: विस्तारै, सहजै, संवैधानिक तवरले लोकतन्त्रकै हत्या हुन पुग्छ ।’

    पछिल्लो समय राजनीतिक दलहरूको कार्यशैली र एकार्कालाई हेर्ने भाव नियाल्दा हामी पनि त्यही बाटोमा त छैनौँ भन्ने आशङ्का उब्जिन थालेको छ किनकि निर्वाचन जित्नका लागि आम नागरिकलाई कार्यकर्ताको व्यवहार गर्ने र स्वतन्त्र अधिकार नदिने जस्ता कार्यले पनि लोकतन्त्रमा डेमागगको वर्चस्व देखिएको छ ।

    सन् १९६० को दसकमा जर्ज वालेस जस्ता पपुलिस्ट डेमागगले अमेरिकामा त्यति बेलै घृणा बढाउने काम गरिरहेका थिए । त्यसरी अलोकप्रिय भएको अमेरिका एक दसकभित्र नै कैयौं राजनीतिक सुधार गरेर लागु गर्दै पुन: विश्व नेतृत्वमा फर्किरह्यो । राष्ट्रपति गेराल्ड फोर्डको इमानदारी, जिम्मी कार्टरको मानव अधिकारवादी नीति र रोनाल्ड रेगनको आशावाद अमेरिकाको आकर्षण पुन: माथि उठाउन सहयोगी रहे । अश्वेत मानव अधिकार आन्दोलनमा घन्केका गीतहरूले अमेरिकाको शक्ति त्यहाँको सरकारी नीतिमा नभएर मुख्यत: नागरिक समाज र यसको आत्मालोचना एवम् सुधारको क्षमतामा भर पर्ने वकालत गर्‍यो र त्यहाँ कसैले पुन: लोकतन्त्रलाई तलमाथि गर्न सकेन । लोकतन्त्रको लयमै सबै काम हुँदै गयो ।

    स्वतन्त्र प्रेस, स्वतन्त्र अदालत र शान्तिपूर्ण प्रदर्शन अमेरिका जस्तो लोकतान्त्रिक मुलुकमा सफ्ट पावरका सबभन्दा ठुला स्रोत हुन् । गलत सरकारी नीतिले अमेरिकाप्रतिको आकर्षण घटाउँदा पनि अमेरिकीको आत्ममूल्याङ्कन तथा आत्मसुधारको क्षमताले अरूलाई आकर्षित गर्छ । हामीकहाँ सुधार गर्नेभन्दा आफै सत्तामा आउन मरिहत्ते गर्ने प्रवृत्तिका कारण समस्या भएको हो ।  

    अन्त्यमा अमेरिकी लोकतन्त्र पूर्णत: ठिक छ भन्ने होइन । ट्रम्पको शासनकालले थुप्रै प्रजातान्त्रिक मूल्यमा क्षति पुर्‍याएको छ । राजनीतिक ध्रुवीकरण अझै छ । अधिकांश रिपब्लिकन ट्रम्पले निर्वाचनताका भनेका झुटमा विश्वास गर्छन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताको ‘इङ्गेजमेन्ट’ बढाएर नाफा कमाउने अल्गोरिदममा भ्रम छर्ने व्यवसाय मौलाएको छ । यहाँ पनि सामाजिक सञ्जालका फलोअर्समार्फत् नै व्यक्तिको लोकप्रियता मापन गर्न थालिएको छ । फलोअर्स स्वस्फूर्त हो भन्नेमा कसैले प्रश्न गरेको पाइँदैन । जब प्रश्न गर्न छोडिन्छ तब लोकतन्त्र धरासायी बन्ने छ ।

    लोकतन्त्रलाई आफूअनुकूल बनाएर हामी किन अघि नबढ्ने ? हाम्रो सङ्घीय संरचनालाई किन अन्यसँग मूल्याङ्कन गर्ने ? हामीले लेखेको संविधानलाई करेक्सन गर्दै सङ्घीयतासम्बन्धी काम लाग्ने र उपयोगी पाटोलाई राखेर सच्चिँदै अघि बढ्न आवश्यक छ अन्यथा नेपालमा लोकतन्त्र नरहने र संविधान कार्यान्वयन सबल नहुने देखिन्छ । यहाँ प्रणालीले भन्दा भिडले काम गर्ने चलन आएको हो कि ?

    सङ्घीय लोकतन्त्र बचाउन आवश्यक छ । लोकतन्त्रले बलिया, निष्पक्ष, तटस्थ र मौलिक संस्थाको कल्पना गर्छ । ती संस्थाका आआफ्ना कार्यक्षेत्र, अधिकार र कर्तव्यको दायरा, मर्यादा र सीमा हुन्छन् ।

    डेमागगहरूले संस्थालाई शक्तिको छायामा लल्याक्लुलुक् हुने गरी ‘ओभरल्याप’ गर्छन् । बाहिर अनेक नाटक देखाउँछन् तर भित्री रूपमा अर्कै काम गरिरहेका हुन्छन् । त्यसमा सचेत रहेर लोकतान्त्रिक संस्थालाई बलियो बनाउनुपर्छ । ‘हाम्रा’ भन्दा ‘राम्रा’ मानिसहरू ल्याएर संस्थालाई अब्बल बनाउनु आवश्यक छ । नागरिकमा संस्थाप्रतिको विश्वास समाप्त हुनु भनेको लोकतन्त्र मर्नुसरह हो । त्यसलाई विश्वासिलो बनाउनुपर्छ । नेता देख्नेबित्तिकै नागरिकमा बिचौलियाको इमेज आउनु भनेको नेताले लोकतन्त्र डुबाउँदै लगेको पुष्टि हुनु नै हो । त्यसमा अनुशासित हुन आवश्यक छ ।

    मुलुक शक्ति पृथकीकरणबाट चल्नुपर्ने हो । शक्ति पृथकीकरणभन्दा विपरीत ‘सेटिङ राज्य’ चल्नुले सतही रूपमा विधिको शासन, नियन्त्रण र सन्तुलनको अवधारणा क्रियाशील भएको पुष्टि गर्छ  । व्यवहारमा शक्ति सम्भ्रान्तको घेरा निर्माण भइरहेको छ । जथाभावी बोल्ने, नचाहिँदा कुरामा समय बिताउने, काम गर्न स्थापना गरेको निकायलाई केही गर्न नदिने प्रवृत्तिले पनि नेपालको भविष्यमा तुषारापात हुन लागेको देखाउँछ ।

    त्यही घेराबाट राज्य चलिरहेको छ, जुन ‘सेटिङ राज्य’ को नमुना हो । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकाय र आयोग अर्कै शक्तिले चलाइरहेका उदाहरण छन् । ती निकायमा उपयुक्त व्यक्ति चयन गरी राम्रोसँग काम गर्न दिने र छिमेकसँग आफूअनुकूलको सम्बन्ध स्थापना गर्ने, विश्वशक्तिसँग आफैले चाहे झैँ काम गर्ने गर्नुपर्छ ।

    यहाँ त न्यायाधीशहरू नियुक्तिपत्र खल्तीमा बोकेर पार्टी कार्यालय पुगेको पनि देखियो । आफ्नाहरू अवसरबाट छुटे, अब तिनलाई दिनुपर्छ भनेका पनि सुनिए अनि कसरी नागरिकमा शासनप्रति विश्वास पैदा हुन्छ ? त्यस्ताबाट विधिको शासन कसरी पालना हुन्छ ? अनि लोकप्रियतावादबाट आएकाहरू अदालतले गरेको निर्णयलाई लिएर भड्किनु स्वाभाविक पनि हो ।

    भ्रष्टाचारका यति धेरै घटनाबिच अख्तियार मौन बस्नु र छिटफुट विषयमा मात्र छलफल हुनु दु:खद हो । राज्यका ठुला आर्थिक क्रियाकलापमा बिचौलिया र ‘कमिसन एजेन्ट’ को उपस्थिति शासनशैलीको एउटा अनिवार्य सर्त बनिसकेको छ । उनीहरू दल वा सत्तामा रहेका व्यक्तिनिकट हुन्छन् र सघाउने गर्छन् । नीतिमा परिवर्तन गरेर ठुलो घोटाला गरेका हुन्छन् । यसमा हामीले सचेत भएर लोकतान्त्रिक मान्यता र मूल्यलाई अघि बढाउन सक्नुपर्छ । हामीले राणा धपाएदेखि गरेको लोकतान्त्रिक अभ्यासलाई खलबल्याउने होइन, थप बलियो बनाउनुपर्छ ।

    यसका लागि दलभित्रैबाट शुद्धीकरण आवश्यक छ । त्यो काम लोकतान्त्रिक दल नेपाली काङ्ग्रेसबाट सुरु गर्न अब ढिलाइ गर्न हुँदैन । दलभित्र विभाग बनाउने, विभागअनुसारको दखल राख्ने व्यक्तिलाई जिम्मेवारी दिने गर्नुपर्छ । युवालाई मुलुकभित्रै राख्ने वातावरण तय गर्नुपर्छ । दण्डहीनता र भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सके मात्रै मुलुक बन्छ अन्यथा सधैँ समस्या ।

    (इकान्तिपुर डट कममा २०८० असार २४ गते प्रकाशित यस सामग्रीको शीर्षक परिवर्तन गरिएको छ : सम्पादक)

    सोमबार, असार २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.