• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

आलोचना र आत्मआलोचना


  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##
    सङ्गठन वा सङ्घसस्था निर्माण र परिचालनको प्रथम पाटो हो, आफ्नो लक्ष्य तथा उद्देश्य निर्धारण । त्यसपछि गरिने अर्को महत्त्वपूर्ण काम सो लक्ष्य, उद्देश्यअनुसार सङ्गठन वा संस्थाले गरेका निर्णयहरू इमान्दारिताका साथ कार्यान्वयन गर्नु हो ।

    Advertisement

    निर्णय कार्यन्वय गर्ने कार्यमा लक्ष्य, उद्देश्य र विधिविधानअनुसार भएनभएको सम्बन्धित पक्षद्वारा निरिक्षण गर्ने कार्य अत्यावश्यक हुन्छ । यदि लक्ष्य, उद्देश्यअनुसार कार्यान्वयन भएको छ भने ठिकै हुन्छ, नभएको भए के कति कारणले पूरा भएन वा कार्यान्वयन भएन भन्ने कुरा वा त्यसका पछाडिको कारण थाहा पाउन जरुरी हुन्छ । उक्त कारण थाहा पाएपछि त्यो कारण नियतवश त्यसो गरिएको हो वा अन्जानमा हुन गएको हो ? त्यो बुझ्नुपर्दछ । बुझेर स्पष्ट भइसकेपछि सम्बन्धित व्यक्ति वा संस्थासँग स्पष्टीकरण लिने, यदि दोषी भए उसको कमजोरीअनुसारको सजाय दिने काम गरिनुपर्दछ ।

    गल्तीका लागि कारबाही सामान्य रूपमा घरपरिवार, समाज जतासुकै भइरहेका हुन्छन् । बुर्जुवा राज्यसत्ताभित्र पनि नियम, कानुनभन्दा बाहिर गयो भने उसलाई कानुनले उल्लेख गरेअनुसार कारबाही गर्ने प्रचलन छ । प्रशासनमा कर्मचारीले गल्ती गरेपछि ऊसँग स्पष्टीकरण लिने, विभागीय कारबाही गर्ने, सरुवा घटुवा हुँदै गल्तीको प्रकृति हेरी जागिरबाट निष्काशनसम्म गर्ने गरिएको हुन्छ । यो सामान्य प्रकृया नै हो । यसो गर्नुपर्छ पनि।

    बुर्जुवाहरूको त आफ्नै तौरतरिका हुन्छ भने कम्युनिस्ट पार्टीभित्र त यस प्रकारका कारबाही अझ व्यवस्थित प्रकारले अगाडि बढाउनुपर्ने हुन्छ । कम्युनिस्ट पार्टीका कार्यकर्ता बुर्जुवाहरूका भन्दा स्वभावैले अनुशासित, इमानदार, दृढ तथा आफ्ना लक्ष्य, उद्देश्यप्रति दृढ र समर्पित हुनु जरुरी छ र हुनुपर्दछ । पार्टीका हरेक निर्णयहरूलाई कार्यान्वयन गर्न र गराउन मिहीन प्रकारले ध्यान दिनुपर्दछ ।

    पहिलो कुरा कुनै पनि विषयमा निर्णय लिँदा वैज्ञानिक हिसाबले ‘१० पटक नाप, एकपटक काट’ भन्ने कुरामा ध्यान दिएर पार्टी, सङ्गठन, देश र जनताको हितमा ध्यान पुर्‍याएर निर्णय गर्नुपर्दछ । जब निर्णय गरिन्छ, त्यो निर्णय पार्टीको संस्थागत निर्णय मान्नुपर्दछ र त्यसलाई कडाइपूर्वक लागु गर्न लाग्नुपर्दछ ।

    कार्यान्वयन गर्ने क्रममा कहीँ कमीकमजोरी हुन पनि सक्छ । त्यो कमजोरी कुन प्रकारको हो ? पहिले राम्रोसँग खुट्याउनुपर्दछ र सोहीअनुसारको कारबाही अगाडि बढाउनुपर्दछ ।

    कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण कारबाही भनेको आलोचना र आत्मालोचना नै हो । माओले भन्नुभएको छ– कम्युनिस्ट पार्टीमा आलोचना र आत्मआलोचना भनेको दुईतिर धार भएका तरबार हो । यसले सबै आफू र अर्काेलाई सजग र होशियार राख्न मदत गर्दछ ।

    कम्युनिस्ट पार्टीको कार्यकर्ताले जहिले पनि, इमान, जमान र नैतिकतालाई ख्याल गरेर कामलाई अगाडी बढाउने प्रयत्न गर्नुपर्दछ ।

    उसले फलामे अनुशासनको पालना गर्ने अधिकतम प्रयास गर्नुपर्दछ । यति गर्दागर्दै पनि कमीकमजोरी स्वाभाविक रूपमा हुन्छ नै ।
    माक्र्सले भन्नुभएको छ : काम गर्ने क्रममा गल्ती नगर्ने मानिस नै हुँदैन । यदि गल्ती नगर्ने केही चिज छ भने त्यो भगवान हो । यथार्थमा भगवान भन्ने नै हुँदैन । यसको अर्थ मानिसले गल्ती गर्दछन् ।

    गल्ती गर्नु ठुलो कुरा होइन तर गल्तीलाई दोहोर्‍याउनु अपराध हो । तसर्थ काम गर्ने क्रममा गल्ती भयो भने हामी आत्तिनु हुँदैन, सकेसम्म काम कहाँनेर बिग्रिएको छ ? सो कुरा आफै थाहा पाएर साथीहरूको बिचमा आत्मआलोचित हुने र पुन: गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जाहेर गर्नुपर्दछ । यदि आफूले गरेको गल्तीकमजोरी आफै थाहा पाउन सकिएन भने साथीहरूले औल्याइदिएमा सहर्ष स्वीकार गर्ने बानीको विकास हामीले गर्नुपर्ने हुन्छ ।

    आत्मआलोचना र आलोचनामा ध्यान दिनुपर्ने कुराहरू

    १. आत्माआलोचना र आलोचना गर्दा आग्रह, पूर्वाग्रह, रिस, द्वैष र ईष्र्याबाट टाढा रहेर गर्नुपर्छ ।

    २. आत्मआलोचना र आलोचना गर्दा आलोचित व्यक्तिको चेतनास्तर, गल्तीको प्रकृतिमा ध्यान दिने गर्नुपर्छ ।

    ३. आलोचना गर्दा व्याक्तिगत चरित्रहत्या गर्ने, व्यक्तिलाई डोमिनेन्ट गर्ने र पलायन बनाउने उद्देश्यले गर्नुहुँदैन ।

    ४. आलोचना गर्दा जिम्मेवारीको तहअनुसार गर्नुपर्छ ।

    ५. आलोचना गर्दा मैत्रीपूर्ण, नीतिसिद्धान्तमा आधारित रहेर गर्नुपर्दछ ।

    ६. आलोचना गर्दा कमजोरीलाई औलाएर सुध्रिने र पार्टीसङ्गठनको हितलाई ध्यानमा राखेर गर्नुपर्दछ ।

    ७. आलोचना गरेको वा आलोचनामा परेका कारण आत्मपरक कुरालाई हाबी बनाउनु हुँदैमा ।

    माथिका बुँदाबाहेक पनि हामीले सङ्गठनको हितलाई ध्यानमा राख्दै विभिन्न माक्र्सवादी दर्शन, लेनिनवादी सङ्गठनात्मक प्रणालीको विषयमा गहन अध्ययन गरी सहि दृष्टिकोणको निर्माण गगर्नुपर्दछ । रचनात्मक र मौलिक प्रकारका विषयवस्तुमाथि ध्यान दिँदै आलोचना र आत्मआलोचनालाई नियमित र व्यवस्थित बनाउने कुरामा ध्यान दिनुपर्दछ ।

    आलोचना–आत्मओलाचनाबारे थप कुरा

    १. आलोचना गर्दा कसैमाथि रिस साँध्ने प्रकारले गर्नुहुँदैन ।

    २. आलोचना गर्नुभन्दा पहिले सम्बन्धित व्यक्तिलाई राम्रोसँग बुझ्नुपर्दछ ।

    ३. सङ्गठनात्मक प्रणालीको बढीभन्दा बढी अध्ययन गरेर आलोचना गर्नुपर्दछ ।

    ४. आलोचनाको मुख्य उद्देश्य सङ्गठनमा सुधार ल्याउनु वा सङ्गठनलाई व्यवस्थित पार्नु नै हुनुपर्दछ ।

    सोमबार, असार १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.