काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन अन्तिम साताभित्रमा सार्वजनिक गर्ने बताएको छ ।
Advertisement
गत वैशाख २६ गतेदेखि लिइएको परीक्षा नतिजा साउन मसान्तभित्र सार्वजनिक गरिने भएको हो ।
बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षणको काम भइरहेको छ । सातै प्रदेशका परीक्षाकेन्द्रमार्फत् उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
शर्माले उत्तर पुस्तिका परीक्षण प्रभावित भएको बताउनुभयो । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणको काम प्रभावित बनेको उहाँको दाबी छ ।
यता, हिस्टुनले असार १३ गतेदेखि १९ गतेसम्म एक साताका लागि परीक्षण नगर्ने बताएको छ । उनीहरूले अवरोध सिर्जना गरे पनि नतिजा प्रकाशनको काम भने समयमै हुने शर्माको भनाइ छ ।