• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बागलुङका स्थानीय तहले ल्याए रू पाँच अर्ब ९६ करोडको बजेट, कहाँ कति ?


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • बागलुङ । बागलुङका सबै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

    Advertisement

    बागलुङका चार नगरपालिका र छ गाउँपालिकाले रू पाँच अर्ब ९६ करोड ७७ लाख १७ हजार छ सयको बजेट ल्याएका हुन् ।

    आर्थिक वर्ष २०८०र८१ को लागि सङ्घीय सरकार, प्रदेश सरकारको अनुदान र आन्तरिक आयका आधारमा बजेट पेस गरिएको छ ।

    बागलुङ नगरपालिकाले रू एक अर्ब ३३ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १३औँ नगरसभा समक्ष नगर उपप्रमुख राजु खड्काले नगरपालिकाले सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, सर्शत र समपुरक शीर्षकमा प्राप्त अनुदान, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र नगरपालिकाको आन्तरिक आयको आधारमा बजेट प्रस्तुत गर्नुभएको थियो ।

    गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६८ करोड १२ लाख १८ हजार बजेट ल्याएको छ । नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले वित्तीय समानीकरण अनुदानबाट रू ११ करोड ३८ लाख, राजस्व बाँडफाँटबाट रू १० करोड ९५ लाख, सशर्त अनुदानबाट रू ३६ करोड १० लाख, विशेष अनुदानबाट रु एक करोड ५० लाखसहितको बजेट पेस गर्नुभयो ।

    त्यस्तै जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू ७२ करोड चार लाख ६८ हजार बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख हरिहर शर्माले रू ७२ करोड चार लाख ६८ हजार सात सयको बजेट प्रस्तुत गर्नुभएको हो ।

    त्यसैगरी, ढोरपाटन नगरपालिकाले रू ५५ करोड २४ लाखको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख धनबहादुर कायतले नगर सभासमक्ष, आन्तरिक आम्दानी, सङ्घीय सरकार र प्रदेश सरकारको अनुदानका आधारमा रू ५५ करोड २४ लाखको बजेट नगरसभासमक्ष पेस गरेको बताउनुभयो ।

    त्यस्तै बागलुङको तमानखोला गाउँपालिकाले रू ३० करोड ३८ लाख ४९ हजार बजेट ल्याएको छ । तमानखोला गाउँपालिकाको चालु खर्च रू चार करोड ४० लाख, सङ्घीय सशर्त अनुदान रू ११ करोड ७५ लाख, समपुरक अनुदान रु ७० लाख, सङ्घीय विशेष अनुदान रू ९० लाखका आधारमा बजेट तयार गरिएको हो ।

    बागलुङको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ५६ करोड १२ लाख ३४ हजारको बजेट ल्याएको छ । गाउँसभामा उपाध्यक्ष तेजबहादुर थापा तिलकले बजेट प्रस्तुत गर्नुभएको थियो ।

    बडिगाड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रू ६७ करोड १९ लाख ६४ हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँसभामा आर्थिक वर्ष २०८०र८१ को लागि गाउँपालिका उपाध्यक्ष भीमसेन बनले प्रस्तुत गरेको बजेट पारित भएको हो ।

    त्यस्तै ताराखोला गाउँपालिकाले आगमी आर्थिक वर्षका लागि रू ३६ करोड ६७ लाख ९३ हजार बजेट पेस गरेको छ । गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोकाले आन्तरिक आम्दानी, सङ्घीय सरकारको विभिन्न शीर्षक अन्तर्गतको अनुदान र गण्डकी प्रदेशको विभिन्न शीर्षकको अनुदान अन्तरगत आगमी आर्थिक वर्ष २०८०र८१ का लागि रू ३६ करोड ६७ लाख बजेट गाउँसभा समक्ष पेस गर्नुभएको छ ।

    यस्तै बरेङ गाउँपालिकाले रू ३१ करोड २९ लाख ८१ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष दिलीपकुमार पुनले गाउँसभामा आर्थिक वर्ष २०८०र८१ का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको छ ।

    जिल्लाको निसीखोला गाउँपालिकाले रू ४६ करोड ४६ लाख ८० हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले सङ्घीय अनुदान, प्रदेश अनुदान र आन्तरिक आयका आधारमा उक्त बजेट पेस गर्नुभएको हो ।

    गाउँपालिकाले सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधारमा ३५ प्रतिशत, आर्थिक विकासमा २० प्रतिशत, सुशासन र वनमा १०र१० प्रतिशत बजेट बाँडफाँट गरेर सभामा पेस गरेको हो ।

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.