खिमराज चालिसे, चन्डिगढ (भारत) ।
कपिलवस्तुका मनिराम गन्धर्वका दुई सन्तानहरू चम्पा गन्धर्व (वर्ष २२) र पदमबहादुर गन्धर्व (वर्ष ३१) दुई दाजुबहिनीले भारतमा तीन महिनाको अन्तरालमा नै ज्यान गुमाएपछि परिवारमा शोकको लहर छाएको छ ।
भारतको मोहाली जिल्लाअन्तर्गत बल्टाना के एरियामा गत तीन महिनादेखि डेराभाडामा बस्दै आएका पदमबहादुर गन्धर्वको निधन भएको खबरपछि नेपालबाट परिवारका सदस्यहरूले शव नेपाल पठाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसग आग्रह गरेका छन् ।
त्यसपछि मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, महिला नगर संयोजक माया आचार्य, सदस्य हरि खरेल, समाजसेवी खुमप्रसाद काफ्ले र परिवारका सदस्यहरूले आवश्यक सल्लाहसमेत गरी पदमबहादुर गन्धर्व को शव जुन १९ का दिन नेपाल पठाइएको छ ।
पदम गन्धर्व गत १६ मार्चको पञ्चकुलामा शङ्कास्पद अवस्थामा निधन भएकी चम्पा गन्धर्वका जेठा दाजु हुन् । पदम केही दिनपहिला देखि जन्डिस (कमलपित्त) बाट ग्रसित भई प्राइभेट डाक्टरसँग उपचाररत थिए । उनका भाइ गङ्गाराम गन्धर्वका अनुसार उनको जटिल अवस्था भएपछि थप उपचारका लागि १८ जुन बिहानै पी.जी.आई. चन्डिगढ लगिएको थियो । उनको जुन १८, २०२३ का साँझ उनको निधन भएको थियो ।

