पोखरा । पोखरा महानगरपालिकाले पनि भारतीय फिल्म “आदिपुरुष” माथि रोक लगाएको छ ।
Advertisement
फिल्ममा समावेश “जानकी भारतकी छोरी हुन्” भन्ने संवाद हटाउन माग गर्दै काठमाडौँ मनपापछि पोखरा मनपा पनि अगाडि आएको हो ।
त्यस क्रममा पोखरा मनपाले आफ्नो नगरक्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेको छ । मेयर धनराज आचार्यले पत्र लेख्दै स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउनलाई फिल्म रोक्न पत्र पठाएको हो ।
“आदिपुरुष” विवादमा काठमाडौँ मनपाले आज सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।
यता, फिल्म निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौँ महानगरका मेयर बालेन शाह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका पठाउँदै फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको छ तर फिल्ममा समावेश विवादित संवाद हटाउने बिषयमा भने केही बताएको छैन ।


