• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

काफला प्रणालीले कुवेतका नेपाली महिलाको अवस्था भयावह


  •   आइतबार, असार ०३, २०८० मा प्रकाशित
  • देवनारायण पोख्रेल ##
    नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारको अवस्था नाजुक भएकाले अर्को व्यवस्था नभएसम्मका लागि अस्थायी रूपमा घरेलु महिला कामदार पठाउने प्रक्रिया स्थगन गरेको छ । विशेषत: कुवेत जस्तो घरेलु कामदारकेन्द्रित गन्तव्यमा यो रोकावटले पारेको असर र प्रभाव निकै चर्को रूपमा देखा परिरहेको देखिन्छ ।

    Advertisement

    सङ्गठित क्षेत्रमा व्यक्तिगत रूपमा कामदार पठाउँदा नाता प्रमाणितबिना दिन नसकिने गरी निर्देशिका बनाई सोहीबमोजिम मात्र स्वीकृत दिन सक्ने व्यवस्था गरिएको छ तर समस्याग्रस्त घरेलु कामदारको विषयमा भने बैदेसिक रोजगार विभागबाट व्यक्तिगत रूपमा श्रमस्वीकृति दिनु कानुनसम्मत छैन ।

    घरेलु कामदारको विषयमा चारओटा मुलुक कतार, कुवेत, युएई र साउदी अरबको हकमा मन्त्रिपरिषद्बाट पारित घरेलु कामदारसम्बन्धी मापदण्डअनुसार कामदार पठाउने गरिएको जवाफ सरकारी तबरबाट आए पनि मापदण्डमा उल्लेखित अधिकांश विषयहरू ठाडै स्पोन्सरले उल्लङ्घन गर्दै आएको छ ।

    यतिखेर घरेलु कामदार सुरक्षाको विषय टड्कारो रूपमा अगाडि आएको छ । कुवेती मालिकको ज्यादतीबाट बच्न महिलाहरूले ज्यानकै बाजी लगाई घरका तलाबाट हाम फाली अङ्गभङ्ग भएर जीवनभर असक्षम जीवन जिउन बाध्य भएका छन् । तलबको कुरा गर्ने हो भने दूतावास आश्रयस्थलमा आएका करिब ९५ प्रतिशत महिलाले तलब नपाएका र पाए पनि करारबमोजिम नपाएको अवस्था छ । त्यस्तै, करिब १० प्रतिशत महिला बलात्कृत हुने गरेका छन् भने करिब १५ प्रतिशत महिलाले मानसिक सन्तुलन गुमाउनुपरेको अवस्था छ । करिब २० प्रतिशत महिलाको अवस्था अज्ञात छ । करिब २० प्रतिशतजतिलाई थुनेर काममा लगाई घर जान नदिएको अवस्था छ ।

    विभिन्न समस्याले बिदेसिएका नेपाली महिलाहरू पाँच वर्ष/दस वर्षजति घर नआई कठिनभन्दा कठिन परिस्थितिको सामाना गर्दै बसेको दु:खद घटना छ । एउटा तितो सत्य के हो भने सिङ्गो राष्ट्रले चेलीबेटी लुटिएको एवम् ठगिएको टुलुटुलु हेरिरहनुपरेको छ । अनेक बेथितिका माझ हाल कुवेतमा इथियोपियाले घरेलु कामदार आउनमा रोक लगाएको छ भने फिलिपिन्सले पनि रोक लगाउने तयारी गरिरहेको छ ।

    वास्तवमा घरेलु कामदारलाई खाडी मुलुकमा कानुनी संरक्षण प्राप्त नभएको अवस्था छ । घरेलु कामलाई तल्लो दर्जाको रूपमा लिई कामको रूपमा मान्यता दिइएकै छैन । कामलाई नै मान्यता नदिएपछि घरेलु कामदारलाई आप्रवासी कामदारको दर्जा दिने कुरै आएन । खाडीको श्रमकानुनले समेत यस क्षेत्रलाई समेटेको छैन । कुवेतमा कार्यरत नेपाली कामदारमध्ये ठुलो हिस्सा घरेलु कामदारले ओगटेको अवस्थामा यिनै कामदारको हकअधिकार संरक्षण अपेक्षित रूपमा हुन सकिरहेको छैन ।

    घरेलु कामदारलाई आधुनिक जमानाको दासदासी भन्दा कुनै फरक नपर्ला । घरेलु कामदारको रूपमा भित्रिएका नेपाली महिला कामदारका दु:खद र जटिल प्रमुख समस्या यस्ता छन् :

    – आरामबिनाको लामो कार्यसमय

    – तलब नपाउने/उचित तलब नपाउने,

    – घरपरिवारसँग सम्पर्क गर्न नदिने

    – राहदानी घरमालिकले जफत गर्नु,

    – पर्याप्त खाना र बस्ने सुरक्षित कोठाको अभाव

    – स्वास्थ्य उपचारका सुविधा नपाउनु

    – डर, त्रास र धम्कीको भरमा काम गर्नुपर्ने

    – शारीरिक एवम् मानसिक यातना

    – दुव्र्यवहार

    – लैङ्गिक हिंसाको सिकार

    यस्ता अत्यन्तै जटिल समस्याको समाधानको खोजीमा सरकार उदासिन देखिन्छ । १८/२० घन्टा काम गरेर बचेको चार/छ घन्टा विश्रामको समय पनि रातभरी रोएर सिरानी भिजाइरहेको यस्तो भयावह परिस्थितिको जिम्मेवारी कसले लिने ?

    खाडीमा घरेलु नेपाली कामदारले त्यहाँ न्याय पाउने सम्भावना अत्यन्त न्यून छ । काफला प्रणाली भएकाले सम्पूर्ण अधिकार स्पोन्सरसँग रहेको हुन्छ । जबसम्म काफला प्रणाली खारेज हुँदैन, तबसम्म घरेलु कामदारको रूपमा भित्रिएका नेपाली महिलाले न्याय पाउने छैनन् । दुई देशका घरेलु कामदारसम्बन्धी काम गर्ने वैधानिक निकायबिच सरकारी रोहबरमा सम्झौता गरेर मात्र कामदार पठाउन सक्ने व्यवस्था गर्ने अब सरकार गम्भीर बन्नुपर्छ । एजेन्सी एग्रिमेन्टको साथै दूतावासमा अनिवार्य रूपमा प्रत्येक एजेन्सीले एकमुष्ट रकम राख्नुपर्ने र कुनै पनि घरेलु कामदार पीडित भई दूतावास आएमा सोही रकमबाट तलबलगायत स्वदेश फर्किने टिकट उपलब्ध गराइने व्यवस्था हुनुपर्दछ ।

    त्यस्तै, कामदारको हकअधिकार प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) ले गर्नुपर्ने हुन्छ, तब मात्र घरेलु कामदारको रूपमा भित्रिएका नेपाली महिलाका समस्यामा केही सुधार आउन सक्छ । सरकार यो गम्भीर र जटिल विषयमा जतिसक्दो छिटो गम्भीर बन्नुपर्ने आवश्यकता देखिन्छ ।

    आइतबार, असार ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.