टुकबहादुर रामदाम, मस्कट ।
नेपाल किराँत समाज ओमानको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
Advertisement
२०८० असार १ गते शुक्रबारका दिन ओमानको बर्कास्थित रेस्टुरेन्टमा सो अधिवेशन सम्पन्न भएको हो ।
अधिवेसनले याम थक्लेन (मिङ्सो) अध्यक्ष रहनुभएको नयाँ समिति चयन गरेको छ ।
अधिवेसनमा प्रमुख अतिथि नेपाल राजदूतावासका श्रमसहचारी गोविन्द आचार्य हुनुहुन्थ्यो ।
अधिवेशनलाई ओमान नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत र ओमनस्थित अन्य सङ्घसंस्थाका प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।
