• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस मनाइयो


  •   शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् आन्दोलन भएको सतहत्तरौँ स्मृतिदिवस मनाइएको छ ।

    Advertisement

    दिवसको अवसरमा २०८० असार १ गते बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पणसहित स्वस्ति वाचन गरिएको थियो ।

    माल्यार्पण र स्वस्ति वाचनपछि श्री संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कुल), रानीपोखरी र मोक्षदा माध्यमिक विद्यालय गौरीघाटका छात्रछात्रासहितको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

    प्रभातफेरीपछि संस्कृत माध्यमिक विद्यालय रानीपोखरीमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवम् सांसद बद्रि पाण्डेले २००४ सालमा भएको जयतु संस्कृतम् आन्दोलनले २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गरेको बताउनुभयो ।

    कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवाली, जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल, संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारी, मोक्षदा माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशरण खनाललगायतले जयतु संस्कृतम् आन्दोलनले नेपालको विद्यार्थी एवम् प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा जयतु संस्कृतम् संस्थाले आयोजना गरेको सांस्कृतिक हाजिरीजवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजयी छात्रछात्रालाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कोशकार ढुङ्गानालाई पुरस्कार
    सो अवसरमा यस वर्षको जयतु संस्कृतम् पुरस्कार प्रा. नीलमणि ढुङ्गानालाई प्रदान गर्ने घोषणा गरिएको छ । ढुङ्गानाको कृति ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’ का लागि सो पुरस्कार प्रदान गर्न लागिएको हो । साझा प्रकाशनद्वारा प्रकाशित एक हजार चार सय २२ पृष्ठको शब्दकोशमा ३५ हजार शब्दको व्युत्पत्ति समावेश गरिएको छ ।

    उक्त कृतिले २०७८ सालको साझा पुरस्कारसमेत प्राप्त गरेको थियो । कोशकार ढुङ्गाना विदेशमा रहनुभएकाले उहाँ नेपाल फर्किएपछि सो पुरस्कार प्रदान गरिने जयतु संस्कृतम् संस्थाले जनाएको छ ।

    तीनधारा पाठशालाबाट राणा शासकले निकालेका ३८ जना र पहिले नै छात्राबास छोडी गएका चार जना गरी ४२ विद्यार्थी नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपीलाई भेटी नेपालमा प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा सहभागी भएका थिए । त्यसमा रामेछापका पद्मशङ्कर अधिकारी, गोरखाका राजेश्वर देवकोटा, तनहुँका श्रीभद्र शर्मा र अर्घाखाँचीका काशिनाथ गौतमलगायत प्रजातन्त्र स्थापना आन्दोलनमा सहभागी हुनुभएको थियो ।

    शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.