कृष्ण केसी, भरतपुर ।
चितवनको भरतपुर महानगरपालिकामा राष्ट्रिय जनमोर्चाको नगर समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य डम्मर पुरीको प्रमुख आतिथ्यमा २०८० जेठ २७ गते शनिबार सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलाले भक्तिराम गौतम अध्यक्ष रहनुभएको राजमोको नगर समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा विक्रम चौधरी, सचिवमा यादवविलास पन्त र कोषाध्यक्षमा विष्णु पौडेल रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा अमर क्षेत्री, भीमबहादुर भण्डारी, प्रेमप्रसाद सुवेदी, विष्णु क्षेत्री, पुष्पा थापा, विनोद शर्मा, भवानिप्रसाद लामिछाने, एलपी शर्मा र मनोज केसी रहनुभएको छ । समितिमा सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
भेलाले डम्मर केसी, तुलबहादुर भण्डारी, नैनासिंह कार्की, गुणनिधि आचार्य र मोहराज शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।
समितिलाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष जितबहादुर थापा तथा राजमो नेताहरू डम्मर केसी, नैनासिह कार्की र तुलबहादुर भण्डारीले मन्तव्य राख्नुभएको थियो ।
भेलाको सञ्चालन देवी शर्माले तथा अध्यक्षता भक्तिराम गौतमले गर्नुभएको थियो । यादव पन्तले स्वागत गर्नुभएको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान चितवनका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
