हेमबहादुर विजी, चिदम्बरम ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बुधबार एकता समाजको एक दिने प्रशिक्षण सम्पन्न भएको हो ।
Advertisement
मूल प्रवाहका केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले मूल प्रवाहको लक्ष्य उद्देश्य, संगठनात्मक भूमिका, आर्थिक नीति र प्रकाशनको महत्व सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
त्यस्तै, जनकराज पौडेलले देशको राजनैतिक परिस्थिति, राष्ट्रघात र साम्राज्यवादी हस्तक्षेप विरुद्ध राष्ट्रवादी आन्दोलन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बालाकृष्ण गायक र क्षेत्रीय सदस्य नारायण शर्माको पनि आतिथ्यता रहेको थियो ।
मोहराज शर्माको अध्यक्षता, गोकूलबहादुर गायकको सञ्चालनमा भएको कार्यक्रममा स्वागत जीवन पराजुलीले गर्नुभएको थियो ।