काठमाडौँ । नेकपा (एमाले) ले केन्द्रीय समितिमा लागि महाधिवेशनले निर्धारण गरेको ७० वर्षे उमेरहद हटाइएको छ ।
केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेरहद हटाइएको जानकारी दिनुभएको हो ।
यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले २०८० जेठ २३ गते मङ्गलबार जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख छ ।
यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७० वर्ष तोकिएको थियो । अन्तरपार्टी निर्देशन–७ को विविध निर्णयअन्तर्गत केन्द्रीय कमिटीको उमेरहदसम्बन्धी व्यवस्थामा पार्टी विधानमा रहेको ७० वर्षको उमेरहद हाललाई निलम्बन गर्ने उल्लेख गरिएको हो । गत २०७० मा भएको नवाँै महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्यका लागि लाई ७० वर्ष उमेर हदबन्दी लागु गरिएको थियो ।
पार्टीले सचिवालय बैठक, स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठकका निर्णय समावेश गरेर यो अन्तरपार्टी निर्देशन–७ जारी गरेकोे पार्टीले जनाएको छ ।