काठमाडौं । सर्वोच्च अदालतले टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफीविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ।
Advertisement
टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रेशमलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् । शारदाले गत आइतबार रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो।
उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो।
सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।





