रामप्रसाद पौडेल, हैदराबाद ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति भित्र हैदराबादका तीन वटा नगर समिति उत्तर, मध्य र दक्षिण नगर समितिको संयुक्त आयोजनामा विरोध सभा गरिएको छ ।
राष्ट्रघाती नागरिकता विधेयकको खारेजीको माग गर्दै भएको विरोध सभामा प्रमुख अतिथि समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सम्बोधन गनुृभयो । उहाँले नेपालको नागरिकता नीतिलाई खुकुलो पारेर महेन्द्र चौधरीको नेतृत्वमा फिजीमाथि शासन गरेजस्तै नेपाललाई पनि जनसांख्यिक आक्रमणको बाटो खेलिदिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, सदस्य भीमबहादुर थापा, फूलबिना पौडेल, कृष्णबहादुर थापा, मध्य दक्षिण क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा लगायतका बक्ताहरुले सम्बोधन गर्नुभएको थियो।
वीरबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मोहनलाल शर्मा स्वागत राजु दुलालले गर्नुभएको थियो ।
त्यसैगरी मध्य दक्षिण क्षेत्र भित्र नागपुर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका उपाध्यक्ष रुपलाल जिएमले सम्बोधन गर्नुभएको थियो भने क्षेत्रीय सदस्य ईश्वर पुन, इन्द्रलाल जिएम, वीरबहादुर पुन लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।