• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

सत्ताधारी दलका नेताहरू युरोपियन युनियन र साम्राज्यवादीका एजेण्डा बोकेर हिँडे : केसी


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • जगतप्रसाद रेग्मी, काठमाडौं ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलका नेताहरूले युरोपियन युनियन र अमेरिकी तथा भारतीय साम्रज्यवादीका एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चा काठमाडौं महानगरको भेला उद्घाटन गर्दै अध्यक्ष केसीले सत्ता सञ्चालन गर्नेहरु सत्ताका लागि देश र जनताको भन्दा विदेशीका एजेण्डा बोकेर हिँड्ने गरेको बताउनुभएको हो ।

    केसीले राजनीति गर्नेहरुले देशको तस्बिर अगाडि राख्नुपर्ने बताउनुभयो ।

    ‘पार्टीमा काम गर्न सबैभन्दा पहिला देशको तस्बिर अगाडि देख्न सक्नु पर्छ कस्तो छ । राजनीतिलाई प्रेरणा दिने कुरा त हाम्रो देशको नागरिकले पाएको दुःखको तस्बि ले हो’ केसीले भन्नुभयो, ‘हामीले देश्को सबै अबस्था बद्ल्ने कुरा कसैले बाहिरबाट आएर गर्दिने होइन, हाहीले नै गर्ने हो ।’

    केसीले अरु दलमा लागेपछि पैसा कमाउन सकियला तर राष्ट्रिय जनमोर्चा र मसालमा तयो सम्भब छैन भन्नुभयो ।
    उहाँले भन्नुभयो, ‘०५१ सालदेखि राजमो सदनमा छ । राजमोका कुनै पनि सदस्यले बदमासी गरेनन् ।’

    उहाँले कम्युनिष्ट पार्टीको नाम जप्नेहरुले पशुपतिमा जलहरी चलाउने गरेको चर्चा गर्दै भन्नुभयो, ‘कम्युनिष्ट त भौतिक बादी हुनुपर्छ । यो सबैसबै सुबिधा हाम्रो पार्टीमा नपाइने भएको कारण गलत सोच भएका मान्छेहरु हामीबाट अलग हुँदै जान्छन् ।’

    केसीले अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन रक्षात्मक अबस्था रहेको बताउनुभयो ।

    उहाँले प्रचण्डले भारतमा गेरु बस्त्र लगाएर पूजा गरेको प्रशंग जोड्दै उनलेसमेत आफूलाई कम्युनिष्ट भन्छन् भनी व्यंग्य गर्नुभयो ।

    ‘प्रधानमन्त्री प्रचण्डले भारतमा इपिजीको प्रतिवेदनबारे बोल्न सकेनन्, कालापानी लिपुलेख हाम्रो हो भन्न सकेनन् । तर, मोदीलाई खुसी बनाउन गेरुबस्त्र लगाएर मन्दिरमा पूजा गरे । उनले अझ आफूलाई कम्युनिष्ट भन्छन् ।’

    कार्यक्रममा बोल्दै नेता आनन्द शर्माले नेकपा (मसाल) ले सञ्चालन गरिरहेको ऐतिहासिक तीन अभियानबारे जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘आगामी माघमा लेलिनको मृत्यु भएको १०० वर्ष पुग्दै छ । यो वर्ष नै नेकपाको गठनको ७५ वर्ष अर्थात हिरक जयन्ती परेको छ भने पार्टीको महाधिवेशन को ५ वर्ष पनि पुग्दै छ । त्यस कारण हामीले सबै गलत कुरा हटाई पार्टीको क्रान्तिकारी रुपान्तरण गर्न जरुरी छ ।’

    यस्तै, अखिल नेपाल कानुन व्यवसायी संघ (अन्ला) का अध्यक्ष पदम रोकाले भेला सफलताको शुभकामना दिँदै राष्टपतिले गरेको नागरिकता प्रमाणीकरण राजनीतिक र संवैधानिकर रुपमासमेत गलत भएको बताउनुभयो । संवैधानिक प्रक्रियामा सदनबाट पास भइ सभामुखले पठाएको विधेयक १५ दिन भित्र पास नभए स्वतः खारेज हुने उहाँले बताउनुभयो ।

    यस्तै, नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिंहले पार्टीका कार्यकर्ताले राष्ट्रियता रक्षाका लागि एमसीसी, नागतिकता विधेयक भारतीय र अमेरिकी साम्राज्यादी हस्तक्षेप, संघीयतालगायतका विरुद्ध संघर्ष गरिरहनुपरेको बताउनुभयो ।

    कार्यक्रममा राजमोका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य कल्याणी श्रेष्ठ, नेकपा (मसाल) काठमाडौं जिल्ला प्रवक्ता जगतप्रसाद रेग्मी, राजको काठमाडौंका अध्यक्ष झबेन्द्र बेलवासे, राजमो चन्द्रागिरी अध्यक्ष मोहन जिसि, टोखा नगर अध्यक्ष प्रेम भन्डारी, राजमो भक्तपुरका नेता इश्वरी शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव डम्बर कार्की, राजमो बूढानीलकण्ठका अध्यक्ष छवि खनाललगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    ऋतु केसीको अध्यक्षता र चुडामणि भुसालको सञ्चालनबाट अघि बढेको कार्यक्रमको स्वागत महानगर उपाध्यक्ष यामलाल खनालले गर्नुभयो ।

    अध्यक्षमा यामलाख खनाल
    उद्घाटन सत्रपछि भेलाको कार्यक्रम अगाडि बढाउन तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । जसमा अभिवक्ता लक्षमणदेव पाण्डे, जीवन सेन र हिरा रोका जिसी रहेनुभएको थियो ।

    भेलाले यामलाल खनालको अध्यक्षतामा १५ सदस्यीय महानगर समिती निर्माण गरेको छ । जसको उपाध्यक्षमा चुडामणि भुसाल सचिव काशिराम नेपाली, सहसचिव तारा पन्थी र कोषाध्यक्ष दानबहादुर खड्का रहनुभएको छ ।

    सदस्यहरुमा विष्णु वली, नेत्र विष्ट, हिरा रोक्का जिसी, अन्जु श्रेष्ठ, बन्दना विक, जीवन प्रताप सेन, खोमनाथ न्यौपाने, राम प्रसाद भुसाल, धनबहादुर मर्साइ र राम अन्जान परियार रहनुभएको छ । यस्तै, भेलाले ऋतु केसीलाई सल्लाहकार चयन गरेको छ ।

    नवनिर्वाचित अध्यक्ष यामलाल खनालले प्रतिबद्धता जाहेर गरेपछि राजमो जिल्ला अध्यक्ष झबिन्द्र बेलवासे र अखिल नेपाल युवक संघका केन्द्रीय सचिव डम्बर कार्कीले बधाई दिनुभएको थियो ।

    कालापानीबारे प्रचण्डको अभिव्यक्तिप्रति भट्टको प्रश्न : तपाइँका जिजुबाजेले जोडेको कास्कीको घडेरी हो ?

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.