• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कालापानीबारे प्रचण्डको अभिव्यक्तिप्रति भट्टको प्रश्न : तपाइँका जिजुबाजेले जोडेको कास्कीको घडेरी हो ?


  •   शनिबार, जेठ २०, २०८० मा प्रकाशित
  • वसन्त खड्का, अर्घाखाँची ।
    राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले कालापानीको विकल्प खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयाेजना गरेको विरोध सभामा बोल्दै महासचिव भट्टले प्रचण्डले भारत भ्रमणमा राष्ट्रघात गरेको आरोप लगाउनुभयो ।

    सयौं वर्षदेखि हाम्रा वीर पुर्खाहरुले रगतको मूल्य चुकाएर लडेर बचाएको भूमीलाई भारत भ्रमणको क्रममा प्रधानमन्त्रीले चितवनको घडेरी कास्कीको घडेरीसँग साटेजस्तो गरेको बताउनुभयो ।

    ‘हाम्रो भूमी तपाईंका जिजु बाजेले कमाएको पैत्रिक सम्पती होईन । तपाईंले आफ्नो सत्ता जोगाउनको लागि नेपालको भूमी भारतको भूमीसँग सट्टापट्टा गर्ने तपाईलाई कुनै अधिकार छैन’ भट्टले भन्नुभयो, ‘हाम्रो भूमी तपाईंको काठमाडौ, चितवन र कास्कीको घडेरी होईन । भूमीसँग भूमी साट्ने कुरा नेपाली जनतालाई कदापी सह्य हुने छैन । यदि त्यसो गर्नु भयो भने तपाइँले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतले कब्जा गरेको कालापानी क्षेत्रको विकल्पमा बंगलादेशसम्म जाने बाटो लिनसकिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

    राष्ट्रघाती नागरिकता विधेयकको खारेजी र भारतद्वारा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको भन्दै शनिबार सन्धिखर्क शान्ती बगैचा चोकमा विरोध सभाको आयोजना गरेको हो ।

    विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले भारतको संसदमा नेपाली भूमि समेत समावेश गरिएको नक्सा सार्वजनिक गरेर साम्राज्यवादको असली रूप देखाएको बताउनु भयो ।

    उहाँले भारतले नेपालको सयौं ठाउँमा हज्जारौं हेक्टर जमिन कब्जा गरेको, अहिले पनि नेपाली भूमी कालापानीमा भारतीय सैनिक अखडा राखेको, सुस्ता, पशुपतिनगर लगायतका सयौं ठाउँमा नेपालको भूमि अतिक्रमण गरेको बताउँदै भारतीय शासक वर्गको हेपाह प्रवितृका विरूद्ध राष्ट्रिय जनमोर्चा चरणबद्ध अन्दोलनमा रहेको बताउनु भयो ।

    महासचिव भट्टले संघीयताका कारण देशको साधारण खर्च अस्वभाविक रूपमा बढ्न गई देशको अर्थतन्त्र धराशायी हुन पुगेको बताउनु भयो । आफ्नो पार्टीले शुरूदेखि नेपालका लागि संघीयता गलत भन्दै विरोध गरेको तर ठूला भनिएका पार्टीहरूको हठका कारण संघीयता लागू भएको बताउँदै संघीयता खारेज नभए देश असफल राष्ट्रमा परिणत हुने र यहि मौका छोपी छिमेकीले हाम्रो भूमी झन् धेरै हडप्ने बताउनु भयो ।

    विरोध सभालाई राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले सञ्चालन गर्नु भएको थियो।

    शनिबार, जेठ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.