भूवनेश्वर (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले मूल प्रवाहको प्रवाहलाई रोक्ने दुस्साहस नगर्न चेतावनी दिनु भएको छ ।
मूल प्रवाह पूर्वी भारत क्षेत्रीय समितिको छैटौँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष खनालले यस्तो अभिव्यक्ति दिनुभएको हो । सम्मेलन मे २७–२८ (२०२३) मा उडिसाको भूवनेश्वरमा सम्पन्न भएको थियो ।
सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष खनालले भन्नुभयो– ‘सङ्गठन कमजोर रह्योे भने त्यसबाट सङ्गठनको गरिमा र अस्तित्वको समस्या हुन्छ ।’
अध्यक्ष खनालले भारतस्थित नेपालीहरूका बिचमा सामाजिक र राजनैतिक दुबै प्रकारले मूल प्रवाहले नै एकता समाजको गरिमालाई सम्बोधन गर्दै आएको दावी गर्नुभयो ।

‘यदि कसैले मूल प्रवाहको गतिलाई रोक्न खोज्छ भने उनीहरूको नै अस्तित्व समाप्त हुन्छ’ खनालले भन्नुभयो– ‘कसैले पनि मूल प्रवाहको छविलाई धुमिल्याउन सक्दैन । अराजक र महत्त्वाकाङ्क्षीहरूले आफ्ना आकाङ्क्षा पूरा गर्न आफूलाई जे जे भन्ने गरेता पनि उनीहरूको वास्तविकता अराजकता र महत्त्वाकाङ्क्षा नै हो ।’
केन्द्रीय उपाध्यक्ष कपिल खनालले समेत सम्मेलन सफलताको शुभकामना दिनुभएको सम्मेलनको अध्यक्षता हेमकुमार थापाले र सञ्चालन गिरिराज परियारले गर्नुभएको थियो । केन्द्रीय प्रतिनिधि समर माझीको समेत आतिथ्य रहेको उक्त कार्यक्रममा सहभागीलाई विष्णु श्रीनेतले स्वागत गर्नुभएको थियो ।
विजयकुमार लामाको अध्यक्षता र रेकम जिसी सञ्चालनमा सुरु भएको वन्दशत्रमा अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्यहरू हेमकुमार थापा र गिरीराज परियार, केन्द्रीय प्रतिनिधि सम्बर माझी, रक्तिम केन्द्रीय विभागका पहलसिंह परियार, विद्यार्थी केन्द्रीय विभागका अजय रेश्मीलगायतको आतिथ्य रहेको थियो ।

उपाध्यक्ष कपिल खनालले नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो ।
सम्मेलनले अध्यक्षमा हेमकुमार थापा (कटक) चयन गरेको छ । समितिको उपाध्यक्षमा विजयकुमार लामा (भूवनेश्वर), सचिवमा गिरिराज परियार (भूवनेश्वर), सहसचिवमा धनबहादुर भुसाल (कोलकत्ता) र कोषाध्यक्षमा विष्णु श्रीनेत (कटक) रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा समर माझी (कटक), शिवकुमार सुतार (कटक), इन्द्रबहादुर थापा (राँची), शशिकला जिसी (भूवनेश्वर), चन्द्र बाकाबल (कटक), रञ्जु माझी (कटक), जङ्गबहादुर सुनार (फूलबानी), जापानसिंह थापा (जाजपुर), रेकम जिसी (भूवनेश्वर) तथा एक स्थान रिक्त राखिएको छ ।
वैकल्पिक सदस्यहरूमा पर्शुराम ल्याओमगर (भूवनेश्वर), शिवराज काफ्ले (ब्रह्मपुर), बिन्दा लामा (कोलकाता), चुमनलाल भण्डारी (राँची) र नरबहादुर विक (कटक) रहनुभएको छ ।
सम्मेलनले थमन जिसी (भूवनेश्वर), विष्णु ज्ञवाली (ब्रह्मपुर), सुबानसिंह माझी (पुरी), हेमनाथ शर्मा झार्सगुडा र प्रदीप सुवेदी (राँची) लाई सल्लाहकार चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई अतिथिका साथै स्थानीय कार्यकर्ता कौशल्या परियारले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनको रक्तिमका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


