• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजद्वारा प्रधानमन्त्रीको स्वागत समारोह बहिष्कार


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागत समारोहलाई बहिष्कार गरेको छ ।

    Advertisement

    २०८० जेठ १७ गते शुक्रबारका दिन समाजको तर्फबाट अध्यक्ष ठाकुर खनालले प्रेसवक्तव्यमार्फत् सो जानकारी दिइएको हो ।
    अध्यक्ष खनालद्वारा जारी वक्तव्यमा आफूहरुले प्रधानमन्त्रीको स्वागत समारोह र रात्रिभोज बहिष्कार गरेको बताउनुभयो ।

    प्रेस वक्तव्यमा भनिएको छ :
    भारतको नवउद्घाटित संसद भवनमा नेपालको कपिलवस्तु र लुम्बिनी सहितका कतिपय भूभाग सम्मिलित गरी राखिएको नक्साप्रति र नेपालका प्रधानमन्त्रीको आसन्न भारत भ्रमणप्रति हाम्रो संगठनको गम्भीर ध्यानकर्षण भएको छ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सन्दर्भमा हाम्रो संगठन तर्फबाट प्रतिनिधि मण्डलले स्वयं प्रधानमन्त्रीलाई भेट गरि तल उल्लेखित विषयमा ध्यानाकर्षण गराउने हाम्रो तयारी रहेको थियो ।

    तर, नेपालमा प्रजातन्त्र, गणतन्त्रको आगमन पछि हुनेगरेका प्रधानमन्त्रीका आगमनमा भारतस्थित राजनीतिक संघ संस्थाहरुलाई भेट गरि आफ्ना समस्या राख्न पाउने परमपरालाई लत्याउँदै दूतावासबाट समय उपलब्ध गराउन असमर्थता देखाइयो । हाम्रो संगठन प्रवासी नेपालीहरुको हकहित, राष्ट्रियता एवं जनतन्त्र,जनजिवीकाको लागि संघर्षरत रहेको हुँदा आफ्ना मागहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गर्ने अवसर नमिल्ने भएकोले स्वागत समारोह तथा रात्रीभोजमा सहभागिताको औचित्यता छैन । त्यसैले प्रधानमन्त्रीलाई बुझाउन तयार गरिएको ज्ञापनपत्र वक्तव्यमार्फत सार्वजनिक गर्दै सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छौं ।
    सम्मानीय प्रधानमन्त्री ज्यू
    नेपाल सरकार, टुरमुकाम भारत
    विषय : ज्ञापन पत्र ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित श्रमजिवी नेपालीहरुको पक्षमा काम गर्ने सामाजिक संगठन हो । यसले आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार र भारत सरकारसित भारतस्थित नेपालीहरुका समस्या समाधानका लागि आवाज उठाउँदै आइरहेको छ । यतिखेर हामीले पुन: भारतस्थित नेपालीहरुका साझा समस्या, देशको राजनीतिक अवस्थामा देखिएको समसामीयक विषय र उक्त समस्याहरु समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षणस्वरूप यो ज्ञापनपत्र प्रस्तुत गरिरहेका छौँ ।
    हामीले ज्ञापनपत्रमार्फत् निम्न विषय उठान गर्न चाहन्छौँ :

    १. भारतको नवउद्घाटित संसद भवनको भित्ते चित्रमा “अखण्ड” भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु लगायत नेपालको कतिपय भूभागहरुलाई सामेल गरिएको छ । योभन्दा पहिले लिम्पियाधुरा, कालापानी र लिपुलेक आफ्नो नक्सामा समेल गरिएको थियो । यसपाली लुम्बिनी र कपिलवस्तुलाई पनि सामेल गरिएको छ, यो नेपालको सार्वभौमसत्ता माथिको आक्रमण हो । उक्त नक्शा सच्चाउन र भारतद्धारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपालको मानचित्रमा रहेको भुभाग प्राप्तीको लागि आवश्यक कदम चाल्न नेपाल सरकार समक्ष हाम्रो संगठन जोडदार माग गर्दछ ।

    २. हाम्रो देशमा बारम्बार जन्मको आधारमा नागरिकता दिने निणर्य हुँदै आएको छ । अहिले राष्ट्रपतिद्धारा प्रमाणिकरण भएको विधेयकले पनि जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने प्रस्ताव अघि सारेको छ । त्यसप्रकारका कार्य नेपालको राष्ट्रिय हित विपरित छ, त्यसले नेपालमा फिजीकरणको खतरा बढेर गएको छ । जन्मका आधारमा नागरिकता प्राप्त गरेका सबै मानिसबारे छानबिन गरेर उनीहरूको नागरिकता खारेज गर्न माग गर्दछौं ।

    ३. अहिले संघीयताको भारी नेपालले बोकिरहेको छ, संघीयताको दुष्परिणामहरु पनि देखिन थालेका छन् । त्यसैलाई आधार बनाएर प्रतिगामी शक्तिहरुले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतालाई नै सिध्याउने हतियारको रुपमा प्रयोग गर्ने दुष्प्रयास गरिरहेका छन् । त्यसकारणले संघीयता विरुद्ध देखिएको जनमतको कदर गर्दै गणतान्त्रिक सरकारको आफ्नै पहलमा संघीयता खारेजगरि जनतालाई अधिकारसम्पन्न गराउन स्थानीय विकेन्द्रीकरणमा आधारित स्थानीय विकेन्द्रीकरण,स्वशासन सहितको एकात्मक राज्य प्रणाली लागुगर्न माग गर्दछौं ।

    ४. अमेरिकी साम्राज्यवादले विभिन्न प्रलोभनमा पारि विश्वका विकाशोनमुख देशहरुलाई आफ्नो सैन्य अखडाको रुपमा प्रयोग गर्दै आइरहेको छ । नेपालले एमसीसी सम्झौता संसदबाट पास गरेपछि अमेरिकी साम्राज्यवादको हस्तक्षेप नेपालमा बढ्दै गइरहेको छ । एमसीसी सम्झौता इन्डोप्यासिफिक रणनीति अन्तर्गत रहेको हुँदा नेपालको असंगलग्न परराष्ट्र नीतिको विरुद्ध छ । त्यसको दुष्परिणाम अमेरिकी साम्राज्यवादको नेपाल माथि बढ्दो हस्तक्षेपलाई नियन्त्रण गर्न र एमसीसी सम्झौता खारेज गर्न माग गर्दछौं ।

    ५. टिकापुर काण्ड मानवता विरुद्धको गम्भीर अपराध हो । केवल सत्ता बचाउनको लागि संसदका केही सिटहरूको समर्थन पाउन त्यसप्रकारको अपराधका लागि जिम्मेवार व्यक्तिको सजाय माफ गर्ने कार्य सरकारबाट भएको आभास हुन्छ । न्यायपालिका समेतको उपहास हुनुको साथै गणतन्त्र दिवसको अवसरमा नै त्यस प्रकारका व्यक्तिलाई सजाय माफ गर्ने कार्यले सरकार माथि एउटा कालो दाग लागेको छ । त्यस प्रकारको कार्यलाई रोक्न हाम्रो संगठन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

    ६. हाम्रो संगठनले २०६२(६३ को महाजनआन्दोलन पश्चात पहिलो संविधान सभा निर्वाचनको सन्दर्भमा मतदाता नामावली संकलन गर्ने समयदेखि नै भारतसहित विदेशस्थित नेपाली नागरिकका लागि मताधिकार र समानुपातिक प्रतिनिधित्वको माग गर्दै आन्दोलनरत छ । अनेकौं पटक विभिन्न सरकारहरुलाई यस विषयप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । त्यस सम्बन्धमा सम्माननीय सर्वोच्च अदालतले समेत २०७५ सालमा विदेशस्थित नेपालीलाई सबै स्तरको चुनावमा मताधिकारको व्यवस्था गर्न आदेश दिइसकेको स्मरणीय छ । निर्वाचन आयोगले पछिल्लो चुनावको सन्दर्भमा विदेशस्थित नेपालीको मतदाता नामावली संकलन गर्न बजेट छुट्याउन माग गरेको थियो तर सरकारले बजेट विनियोजन गरेन, त्यस विषयमा सरकार गम्भिर भएको देखिंदैन । हाम्रो संगठन आगामी चुनावमा भारत लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपाली नागरिकलाई सम्बन्धित देशबाटै मताधिकार एवं व्यवस्थापिकामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग गर्दछौं ।

    ७. भारतमा लाखौँ नेपाली रहेका छन् । सन् १९५० को “शान्ति तथा मैत्री” सन्धिअनुसार नेपालीले भारतमा राष्ट्रिय व्यवहार’ पाउनुपर्दछ । सरकारले भारतमा नेपालीहरुले ‘राष्ट्रिय व्यवहार’ पाएरनपाएको अनुगमन गर्नुपर्दछ । नेपाल र भारत दुवै देशद्वारा सम्मिलित रूपमा गठित प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनु पर्दछ । सन् १९५० को सन्धि आफैमा असमान छ र त्यसलाई खारेज गरेर पञ्चशीलको आधारमा नयाँ सन्धि गरिनुपर्दछ । १९५० को सन्धि खारेज नहुँदासम्मलाई भारतस्थित नेपालीहरुले उक्त सन्धिद्धारा प्रदत्त सुविधा पाउनु पर्ने माग गर्दछौं ।

    ८. नेपाल सरकारले पछिल्लो समयमा ‘योगदानमाथि आधारित सामाजिक सुरक्षा योजना’ मा विदेशस्थित नेपालीलाई पनि सामेल गर्ने घोषणा गरेको छ । नेपाल सरकारको तर्फबाट भारत जाने नेपालीको तथ्यांक राख्ने कामको तत्कालै सुरुआत गरिनुपर्दछ ।
    हाम्रो संगठन यस योजनामा भारतस्थित नेपालीहरुलाई पनि समेटनु पर्दछ । सरकारको अबको जीवन स्वदेश मैं’ भन्ने नारा अन्तर्गत वैदेशिक रोजगारको सिलसिलमा विदेशमा अलपत्र परेकाहरुको शीघ्र उद्दार गरिने र रोजगारीको क्रममा घाइते वा मृत्युभएका श्रमिकको परिवारलाई राहत तथा क्षतिपूर्ति लगायतका कल्याणकारी सेवा सम्बन्धित स्थानीय तहबाट व्यवस्था मिलाईने उल्लेख छ, यो अत्यन्तै राम्रो योजना हो । तर, वैदेशिक रोजगारमा जानेहरुको संख्याको अधिकतम संख्या भारतमा रहेको हुँदा उनीहरुको विमा योजना लगायत सामाजिक सुरक्षाको नीतिलाई पनि सरकारले ध्यान दिन माग गर्दछौं ।

    ९. सम्माननीय प्रधानमन्त्री ज्यूको यस पटकको भारत भ्रमणका दौरानमा नेपाल र नेपालीको गौरव गर्न योग्य उपलब्धि प्राप्त होस् ।
    अन्तमा, हामी आशा एवम् अपेक्षा गर्दछौँ : लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्ने राजनीतिक दायित्व निर्वाह गर्न वर्तमान सरकारले ध्यान दिनेछ ।
    ठाकुर खनाल अध्यक्ष

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.