• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नेपाली दूतावास ओमानले मनायो गणतन्त्र तथा सगरमाथा दिवस


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • टुकबहादुर रामदाम, ओमान ।
    नेपाली राजदूतावास ओमानले जेठ १५ गते गणतन्त्र दिवस तथा सगरमाथा दिवस मनाएको छ । राजदूत निवासमा एक कार्यक्रमबीच दीप प्रज्वलन गरी गणतन्त्र तथा सगरमाथा दिवस मनाइएको हो ।

    Advertisement

    नेपाल र ओमानको राष्ट्रिय गानबाट शुरुआत भएको सो कार्यक्रममा ओमानका राष्ट्रिय संग्रहालयका महासचिव, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, राजदूत तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, पत्रकारहरु, सगरमाथा आरोही, उद्योग व्यवसायीहरु, ट्राभल एजेन्सहरु, नेपाली संघ सस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

    सो अवसरमा ओमानका पहिलो सगरमाथा आरोही महिला नाजिरा अल हारथीले सगरमाथा आरोहण सम्बन्धी आफ्नो अनुभव र आकर्षक भिडिओ र तस्विरहरु सहित प्रस्तुतीकरण गर्नु भएको थियो ।

    कार्यक्रममा पर्यटन पदयात्री फतिया अल जड्जालीले नेपाल भ्रमण, पत्रयात्रा, फाम ट्रिप आदिको अनुभवहरु सुनाउँदै नेपालको पर्यटन पवर्द्धनमा टेवा पुग्ने आकर्षक भिडिओहरु प्रस्तुत गर्नु भएको थियो ।

    ओमान दैनिक अब्जरभरका पत्रका कबिर युसुफ, मस्कट दैनिकका पत्रकार अनिरबन राय र सोसल मिडिया अभियन्ता मुर्तदा अलावतीले आफ्नो अनुभवहरु सुनाउनुका साथै कबिर युसुफ र अनिरबन रायले नेपालमा फाम ट्रिपको अवसरमा बनाइएको नेपालको पर्यटन प्रवर्द्धन र वातावरण जोगाउन टेवा दिने सन्देश सहितको लघु वृत्तचित्र प्रस्तुत गर्नु भएको थियो ।

    कार्यक्रममा राजदूत डोरनाथ अर्यालले पहिलो ओमानी महिला सगरमाथा आरोही नाजिरा अल हार्थी, धेरै पटक नेपाल भ्रमण गरेका र नेपालको पाँचवटा हिमालको पदयात्रा समेत गरेका फतिया अल जाड्जली, अरबिक, हिन्दी, मलायालम, अंग्रेजी, नेपाली समेत विभिन्न १५ भन्दा बढी भाषामा गीत गाउने प्रसिद्ध गायक हाइथाम मोहमद रफी, पूर्व सद्भावना राजदूत तथा सामाजिक अभियन्ता डा. चित्रा नारायणलाई धातुमा कुदेर नेपाली कलात्मक काठको आँखी झ्यालमा राखिएको प्रसंशापत्र प्रदान गर्नु भएको थियो ।

    साथै ६ वर्ष ११ महिनाको उमेरमा सगरमाथा आधार शिविरमा पुगेका अल ग्रोब्रा, भारतीय स्कूलमा अध्यनरत विद्यार्थी अक्षज उडिवाललाई प्रसंशापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    उक्त कार्यक्रममा बोल्दै राजदूत अर्यालले नेपालको आकर्षक पर्यटन गन्तब्यहरु तथा व्यापार र लगानीका अवसरहरु बारेमा प्रकाश पार्नु भएको थियो ।

    अर्यालले विश्वव्यापी तापक्रम वृद्धिले हिमालहरुलाई पारेको असर बारेमा बताउँदै हिमालहरु आँखाको लागि मनमोहक दृष्य र स्वच्छ खानेपानीको श्रोत मात्र नभएर समुद्रदेखि हिमालसम्मको वातावरणीय सन्तुलन कायम गर्न उल्लेख्य योगदान रहेको विषयमा धारणा राख्दै हिमालहरु संसारको ताज र सबै मानवजातिको सम्पत्ति भएको बताउनु भयो ।

    नेपाली राजदूतावासको तर्फबाट कार्यक्रममा पर्यटन प्रवर्द्धनात्मक वृत्तचित्र प्रस्तुत गरिएको थियो । साथै उपस्थित पाहुनाहरुलाई रात्रीभोजको आयोजना गरिएको थियो । कार्यक्रममा सगरमाथा समूह ओमानको सहयोगमा उपस्थित सबै विदेशी पाहुनाहरुलाई फ्रेममा राखिएको सगरमाथाको सुन्दर तस्विर उपहारस्वरुप प्रदान गरिएको थियो ।

    उक्त कार्यक्रम नेपाली राजदूतावासको आयोजना तथा नेपाल पर्यटन बोर्ड र ओमानस्थित नेपाली सोसल क्लब, सगरमाथा समूह लगायत सबै नेपाली संघ संस्थाहरुको सहयोगमा गरिएको थियो ।

    कार्यक्रमको सञ्चालन राजदूतावासका श्रम सहचारी गोबिन्दप्रसाद आचार्य र तृतीय सचिव कविता खनालले गर्नु भएको थियो ।

    विहान गणतन्त्र दिवसको अवसरमा राजदूत निवासमा एक कार्यक्रमको आयोजना गरिएको थियो । राजदूत अर्यालबाट झण्डोत्तलन गरेर कार्यक्रमको शुरुआत गरिएको थियो । सो अवसरमा राजदूत अर्याल र श्रम सहचारी गोविन्दप्रसाद आचार्यले गणतन्त्र दिवसको महत्व र ऐतिहासिक पृष्ठभूमि सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.