• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपाल विदेशी पन्जामा फसेको हो ?


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • सावित्रा रेग्मी ##
    नेपाल तीन करोड जनसङ्ख्या भएको कृषिप्रधान देश हो । नेपाललाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको देश भन्न सकिन्छ । हिमालबाट हिउँ पग्लेर पहाड, तराई हुँदै बग्ने र स्वच्छ हावापानी तथा सगरमाथाको शिखर भएको देश हो नेपाल ।

    Advertisement

    यति हुँदा पनि यस्तो देश अर्धसामन्ती र और्धऔपनिवेशिक अवस्थाबाट मुक्त हुन सकेको छैन । राजनैतिक, सामाजिक, आर्थिक सांस्कृतिक, कानुनी, प्रशासनिक तबरबाट नेपालमाथि विदेशी हस्तक्षेप भइरहेको छ ।

    यो देशको प्रशासन, सैनिक र सत्तासिनलाई आर्थिक चङ्गुलमा फसाउँदै कानुन, प्रशासनलाई विदेशीले आफ्नो पक्षमा पार्दै आइरहेका छन् । ठुला ठुला उद्योग; जस्तै : हेटौँडा कपडा उद्योग, भृकुटी कागज कारखाना, बासबारी छालाजुत्ता उद्योग, बन्द छन् । त्यसका साथै कैयौँलाई सस्तोमा विक्री गरिएका छन् ।

    देशमा भएका सबै नदिनाला यो देशका शासक वर्गले भारतलाई विक्री गरेका छन् । त्यसले गर्दा नदीमा बाध बाँधेर जमिनमा सिँचाई गर्न पाइँदैन । कृषियोग्य जमिनमा आकाशे पानीको भरमा खेती गर्न किसान बाध्य भएका छन् ।

    विदेशीको आर्थिक चङ्गुलमा फसेर नागरिकता विधेयकमार्फत् नागरिकता नै खुकुलो पारी लाखौँ विदेशीलाई नागरिकता वितरण गरिएको छ । यसबाट जन्मेका सन्तानलाई वंशजको अधिकार दिने कुरामा सरकार पक्ष सहमत भएका हुन् । यसरी विदेशीलाई वंशजको नागरिकता दिँदा विदेशीहरू नै नेपालका प्रधानमन्त्री, राष्ट्रपति, सेनाप्रमुख, प्रधानन्यायाधीस बन्न पुग्दछन् र नेपाल विदेशीको पूर्ण नियन्त्रमा हुन पुग्दछ ।

    यिनै शासक वर्गको मातहतमा खेतियोग्य जमिनलाई टुक्रा टुक्रा पारी प्लटिङमा परिणत पारिएको छ । खेतियोग्य जमिनमाथि गिटी, बालुवा र सिमेन्टले छापिएको छ ।

    नेपालको पूर्वपश्चिम र दक्षिण तीनतिरबाट भारतीय सीमाले घेरिएको छ । नेपाल र भारतको सिमानामा सीमास्तम्भ गाडिएका छन् । यी स्तम्भहरू रातारात भारतले सारेर नेपालको हजारौँ बिगाह जमिन अतिक्रमण गर्दै आइरहेको छ । त्यसभित्र पर्ने नेपाली जनताको उठिवास भइरहेको छ तर सरकार यसको विरोधमा बोल्दै बोल्दैन । नेपालमा विदेशीको हस्तक्षेपका कारण प्रशासनमा काम गर्ने कर्मचारीबाट नेपालको हितको विपरीत विदेशीको हितमा नै काम गरिरहेका छन् ।

    पशुपति मन्दिरको प्रमुख पुजारी भारतीय नागरिक छन् । पशुपतिमा चढाइएको अर्बौंको भेटी नेपाल सरकारले छुन पनि पाउँदैन, भारतकै नियन्त्रणमा चलिरहेको छ ।

    नेपालका नागरिकलाई विदेशीले चारैतर्फबाट दमनचक्रमा पारिरहेको छ । त्यति मात्र नभएर तलदेखि माथिसम्म सेटिङ मिलाएर माथिल्लो निकायको समन्वयमा सत्ता सञ्चालन गर्ने शासकले नै सरकार कब्जा गरेर सङ्गठित भ्रष्टाचार गरी देशको अन्तर्राष्ट्रिय स्तरमा समेत बेइज्जत गराएका छन् । प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म रकम लिई नेपाली नागरिकलाई अमेरिकामा नक्कली भुटानी शरणार्थीको कागज तयार पारेर हजारौँ नेपालीलाई बेच्ने प्रयास गरिएको छ । देशभित्र भएको अरू दलालले पनि सबै भन्सारमा सेटिङ मिलाई धेरै देशमा नेपालीलाई बिक्री गरिएको छ ।

    दलालको सेटिङमा शासक वर्गले दक्ष जनशक्तिलाई विभिन्न राष्ट्रमा निर्यात गर्ने गरेका छन् । यसरी पठाउँदा पनि कमिसनको कुम्लो सोहोर्छन् । युवा दक्ष र पढेलेखेका जनशक्ति र श्रमिक वर्गलाई रित्याएर देश खाली गरी राष्ट्रिय आम्दानीलाई जोड नदिई रेमिट्यान्सको भरमा देश चलाउँदै आएका सरकार अहिले आएर असफल राष्ट्र बनाउने दिशामा अग्रसर भइरहेको छ ।

    आन्तरिक रूपमा नेपालमा आम्दानीको क्षेत्रलाई पनि ध्वस्त पारिएको छ । सबै सामानहरू नुन, तेल, चामल, औषधी, गुड्ने साधन, लत्ताकपडा, फलफूल, तरकारी, उद्योगलाई चाहिने सामान समग्र रूपमा विदेशी उत्पादनमा भर पर्नुपर्ने बनाइएको छ । सत्तामा बस्ने शासकले नेपाललाई बैदेसिक मजदुर उत्पादन गर्ने राष्ट्रको रूपमा परिणत गरिएको छ ।

    किसानलाई चारैतर्फबाट सरकारले नै असहयोग गरेर अर्थात् निमोठेर मर्नु र बाँच्नुको स्थितिमा पुर्‍याएको छ । नेपालमाथि यसरी बैदेसिक हस्तक्षेप र देशका शासकवर्गले विदेशी शासकको डिलमा नै काम गरिरहेकाले आज नेपाल विदेशीको पन्जामा रहेको कुरा स्पष्ट छ ।

    के हामी सबै नेपाली यस प्रकारको विदेशी हस्तक्षेप सहेरै बस्ने ?

    अहिलेसम्मका शासक वर्गले विदेशीको पन्जाबाट नेपाल कसरी मुक्त हुने भन्नेतर्फ नलागेर विदेशीकै शरणमा शासन गरिरहेका छन् । यसका विरुद्ध व्यापक जनसङ्घर्षमा उत्रिएर नै विदेशी पन्जाबाट मुक्त शोषित, पीडित जनताको शासनव्यवस्था कायम गर्ने बाटोमा अगाडि बढ्नुपर्दछ ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.