खिमराज चालिसे, चंडिगढ ।
भारतको पंजाब राज्यको होसीयारपुरबाट १४ वर्षीया नेपाली बालिका बेपत्ता भएकी छन् । स्थानीय स्कुलमा कक्षा ८ मा अध्ययनरत बालिका जानकी गिरी १९ मईदेखि बेपत्ता भएकी हुन् ।
बालिका लापत्ता भएसँगै खोजतलासमा लागेको परिवारका सदस्यले फेला पार्न नसकेपछि पाचौं दिन खोजतलासमा सहयोग गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग लिखित अनुरोध गरेका छन्।
लापत्ता भएकी बालिका जानकी पंजाबको होसियारपुर बुंगाहरियाणा दोसुवा रोड, छत्तीगल्ली भल्लामोहल्ला वार्ड नम्बर ४ मा बुबाआमा सँगै बस्दै आएकी थिईन्। उनको बारेमा स्थानीय प्रहरीमा एफआइआर समेत गरिएको छ ।
गुल्मी जिल्लाको मालिका गाउँपालिका छापहिले ५, गौथले निवासी डम्बर गिरी, भगवति गिरीको छोरी जानकी गिरी भेटिएमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय वा डम्बर गिरी +919876235139 र नेपाल मा नजिकको राष्ट्रिय जनमोर्चाको कार्यालयमा खबर गरिदिन मूल प्रवाहले आग्रह गरेको छ ।