• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दर्शन र समाजको विकास


  •   आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    जब मानिसले एउटा खुला पुस्तकको रूपमा रहेको संसारको सैद्धान्तिक जाँचबुझ, विश्लेषण र व्याख्या गर्न सुरु गर्छ, ऊ दर्शनमा प्रवेश गरिरहेको हुन्छ ।

    धर्मले मानिसबाट अन्धअनुगमन गर्छ भने दर्शनले दिमागको स्वतन्त्र प्रयोगको, स्वतन्त्र चिन्तनको अपेक्षा गरेको हुन्छ ।

    माक्र्सले भनेका छन्– “दार्शनिक अनुसन्धानका लागि पहिलो आवश्यकता साहसिलो र स्वतन्त्र मन हो। एउटा छुट्टै विज्ञानको रूपमा दर्शन वर्गसमाजको उपज हो । माक्र्सका अनुसार “आफ्नो समयको आत्मिक सारतत्व र संस्कृतिको सजीव आत्मा दर्शन हो।

    दासदर्शन, सामन्ती दर्शन पुँजीवादी दर्शन, सर्वहारा दर्शन आदि आफ्नो युगको विकासअनुरूप उत्पन्न हुने दर्शनले सो युगका खाँचो पूर्ति गर्नमा सशक्त बौद्धिक साधनको भूमिका खेल्ने गर्दछ ।

    दर्शन भनेको विश्वलाई हेर्ने एउटा दृष्टीकोण हो । यसले प्रकृति, समाज र मानवबिच चिन्तनको विकासका नियमको अध्ययन गर्दछ । दर्शनको कार्यभार विद्यमान यथार्थतालाई जान्नु र यसको व्याख्या प्रस्तुत गर्नु हो ।

    समाजमा लामो समयदेखि सम्पन्न र विपन्न गरी दुईओटा परस्पर विरोधी वर्ग छन् । वर्गविभाजन भएकै समय दासव्यवस्था भएको समयमा दर्शनको उत्पत्ति भएको हो । दर्शनमा पनि परस्पर विरोधी आदर्शवादी र भौतिकवादी दर्शन कायम छन् । यिनीहरूले छुट्टाछुट्टै वर्गीय दर्शनका प्रतिनिधित्व गर्छन् । परम्परागत किसिमले समाज विकासको गति अगाडि बढेका हुनाले लामो समयदेखिको आदर्शवादी दर्शनको छाप समाजका करिब करिब सबैजसो जनतामा परेको छ । त्यो सजिलै बदलिने अवस्थामा यसकारणले छैन कि त्यसले सत्तारूढ सम्पन्न वर्गको प्रतिनिधित्व गर्छ ।

    कलाले हामीलाई सृजन शक्ति प्रदान गर्छ† विचारमा खिया लाग्नबाट जोगाउँछ भने दर्शनले चिजबारे बोध गर्ने शक्ति र युक्तिसङ्गत ढङ्गले सोच्ने सामथ्र्य प्रदान गर्छ । व्यक्तिको सैद्धान्तिक चिन्तनले दर्शनमा आफ्नो तरिका र सारतत्व भेट्याउँछ । दर्शनले सैद्धान्तिक चिन्तनलाई रूप र ढाँचा प्रदान गर्दछ । त्यसले व्यक्तिको चिन्तनधारालाई निर्देशित गर्दछ ।

    लेनिनले भनेका छन्– “घटनाले उसलाई नियन्त्रणमा राख्नेभन्दा घटनालाई उसले नियन्त्रणमा राख्न सक्ने हुन समाजवादी विश्व दृष्टिकोणको आवश्यकता छ । हामीले त्यो वैज्ञानिक दृष्टिकोण माक्र्सवादी दर्शनबाट मात्र प्राप्त गर्न सक्छौँ ।”

    माक्र्सको दर्शनले मजदुरलाई र मजदुर वर्गलाई ज्ञानको शक्तिशाली औजार प्रदान गरेको छ । समाजको क्रान्तिकारी रूपान्तरण गर्न क्रान्तिकारी वर्गलाई भौतिक हतियार र बौद्धिक हतियार अथवा सङ्गठन र सिद्धान्त नभई नहुने साधन हुन् ।

    वर्गको निम्ति दर्शनको अहम् महत्व छ । कला कुनै पनि व्यक्तिको महत्वपूर्ण योग्ता हो । कलाको जननी दर्शन हो । दर्शनबिनाको कला हुन सक्दैन । जोकसैले सिगार्ने दर्शनलाई नै हो । कला नहुँदासम्म दर्शन जनताको बिच भिज्न पनि सक्दैन । दर्शनलाई आकर्षण बनाउने कला जोकसैमा हुन्छ भन्ने पनि होइन ।

    कला र दर्शनमध्ये मुख्यत: दर्शन नै हो तर कलाबिना दर्शनले पनि जनताको मनभित्र प्रवेश गर्न सक्दैन । त्यसकारण कलाको पनि महत्वपूर्ण स्थान छ । दार्शनिक कठोर हुन्छन् तर कलाकार नरम हुन्छन् । दर्शनमा कला घुसाउनु भनेको सुनलाई पनि सुगन्धित बनाउनु जस्तै हो । दर्शन परस्पर विरोधी हुने भएकाले कला पनि परस्पर विरोधी पक्षमध्ये एउटाको विरोधी र अर्काको पक्षपाती हुन्छ । कलाले सिँगार्ने वस्तु छनौट गर्ने भनेको दर्शनको छनौट गर्ने हो । अध्यात्मवादी दर्शन र भौतिकवादी दर्शनमध्ये एउटाको छनौट गरेर त्यसमा कला भर्ने हो ।

    वैज्ञानिक चिन्तनको पहिलो शर्त वस्तु जस्तो रूपमा छ, त्यही रूपमा हेर्नु हो । यथार्थता हाम्रो प्रस्थानविन्दु बन्नुपर्छ । कसैलाई मन नपर्दैमा यथार्थ बिलाएर जान्न, कसैको भावनाबाट स्वतन्त्र रहन्छ । यथार्थतालाई बिनापूर्वाग्रह त्यही रूपमा लिनु वैज्ञानिकता प्राप्त गर्ने पहिलो आधारभूत सिद्धान्त हो । सत्यप्रति प्रेम र नि:शर्त निष्ठा हामीले सकारौँ वा नकारौँ, सत्यको अस्तित्व रहन्छ । विजयपूर्वक आफूलाई स्थापित गरिछाड्छ ।

    सत्य एउटा अदम्य र महान् शक्ति हो । सत्यप्रतिको सम्मान ज्ञानको सुरुवात हो । सत्य गौरवशाली विजयबाट सुभोषित हुन्छ । सत्य सित्तैमा पाइन्न । त्यो लामो र कष्टपूर्ण प्रयत्नको प्रतिफल हो । त्यसको प्यार र सम्मान गर्नु दृढ रूपले निष्ठावान रहनु, सत्यको पक्षमा सङ्घर्षरत रहनु सारै महत्वपूर्ण कुरा हुन् ।

    सत्य सापेक्षबाट अगाडि बढ्दै निरपेक्ष सत्यसम्म पुग्ने हो । सापेक्ष सत्यको कुरा गर्दा समाजमा वर्ग र वर्गीय स्वार्थप्रति पनि विचार पुर्‍याउन आवश्यक छ ।

    सम्पत्ति कमाउन नाफा गर्ने चिन्तनले चोरलाई चोर्ने काम गर्न र ठगलाई ठग्ने काम गर्न प्रोत्साहन मिल्छ । समाजमा नाफा कमाउने काम र उद्देश्यले गर्दा काम नगरिकन पनि सुविधा उपयोग गर्ने उद्देश्यसँग चोर र ठग पनि पेसेवर भएका हुन्छन् । समाजमा श्रम गर्ने र उच्च स्तरको श्रमबाट उच्च स्तरको सुविधा उपयोग गर्ने काम बिनाभेदभाव गर्नुपर्ने, गराउनपर्ने र नियमन गर्नुपर्ने भएको भए चोर्ने, बेइमानी गर्ने र ठगी काम गर्नलाई प्रोत्साहन हुने थिएन । यी सबै शोषण गर्ने र नाफाबाट उच्च सुविधा उपयोग गर्ने उद्योगका शाखा हुन् । यस्तो अवस्थामा सत्य पत्ता लगाउन वर्गीय राजनीति नै गर्नुपर्ने हुन्छ ।

    फेरि सत्यलाई झुटले ढाकेका हुन्छन् । झुटो पन्छाएर मात्र सत्य प्राप्त हुन सक्छ । त्यसका लागि समय र योग्यताका साथै अनुभव पनि आवश्यक पर्दछ ।

    तथ्यबाट सत्य पत्ता लगाउन तथ्यअनुसार तथा अवलोकन गर्नु आवश्यक हुन्छ । खासमा धेरै समय र मिहिनेत गर्नुपर्ने हुन्छ । माओले भनेका छन्– “जसले अनुसन्धान गर्दैन, त्यसलाई बोल्ने अधिकार हुन्न ।” त्यसका साथै ठिक ढङ्गबाट विश्लेषण गरेर सही निष्कर्ष निकाल्नु पनि सजिलो काम होइन । यो पनि धेरै अप्ठेरो काम हो । खोजीनीति गर्दा प्राथमिक र गौण पक्ष पनि निकाल्नुपर्छ ।

    आफूले अध्ययन गर्ने दर्शन स्वस्थ र वैज्ञानिक हुनुपर्छ । त्यस्तो माक्र्सवादी दर्शन नै हो । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओलाई ठिक ढङ्गले पढेर वैज्ञानिक विश्व दृष्टिकोण हासिल गर्न सकिने छ । हामीले ज्ञान प्राप्त गर्न विश्वास र प्रमाण दुवै पुर्‍याउनुपर्ने हुन्छ । सर्वसाधारण जनताले प्रमाण दुवै पुर्‍याउनुपर्ने हुन्छ । सर्वसाधारण जनता प्रमाण पुर्‍याउने अवस्थासम्म पुग्दैनन् । उनीहरू विश्वास गर्ने गर्छन् र त्यसैलाई प्रमाण मान्दछन् ।

    बहुमत जनताको अवस्था त्यस्तो भएपछि खोज–अनुसन्धान आफै लङ्गडो हुन्छ किनभने जनताले विश्वास गर्ने हुनाले झुटो कुरामा विश्वस्त बनाउन अवसरवादीहरू धेरै सिपालु हुन्छन् । हामीले पनि जनताको मान्छे भएर काम गर्दा बहुमत जनतालाई नकार्न मिल्दैन । त्यसकारण जनताको राजनैतिक चेतनास्तर उच्च बनाएर सहीलाई सही र गलतलाई गलत भन्न सक्ने बनाउनेभन्दा अर्काे छोटो र सजिलो उपाय रहन्न ।

    हामीले जनताका बिचमा गर्ने काम र व्यवहार जनताको स्तरबाट सुरु गर्नुपर्छ । हाम्रो स्तरबाट जनतालई सहभागी बनाउन सकिन्न । समस्या जनताका बिचमा छन् । समाधान माक्र्सवाद–लेनिनवाद र माओ विचारधारामा छन् । त्यसैले अध्ययन र जनताका बिचमा काम दुईओटै उत्तिकै महत्वका साथ गर्नुपर्छ । अध्ययन किताबमा मात्रै हाइन, जनताका बिचमा गएर पनि गर्नुपर्छ ।

    निकोलाई अस्ट्रोभस्कीले भनेका छन्– “सबभन्दा प्यारो सम्पत्ति जीवन हो । संसारमा सबैभन्दा उच्च लक्ष्य रहेको मानवजातिको मुक्तिका लागि मेरो सारा जीवन र तागत लगाइएको छ।

    हामीले आफ्नो जीवनको महत्व समयमै थाहा पाउनुपर्छ । हामी हाम्रा अतिआवश्यकताका वस्तुहरू त्यसै एक जनाको प्रयासले र पसिना नबगाइकन हामीलाई प्राप्त भएका होइनन् । फेरि हामी समाजमा एक्लै पनि छैनौँ । प्रकृतिका विरुद्ध हामी सबैले काम गर्नुपरेको छ, गर्नुपर्छ र नगरी हुन्न ।

    हाम्रो जीवन जति प्यारो छ, अरूको जीवन पनि त्यत्तिकै प्यारो छ भन्ने महसुस गर्नुपर्छ । त्यसकारण वर्तमान व्यवस्थाको नियम, कानुनमातहत रहेर हाम्रा निम्नतम आवश्यकता पूरा गर्न निश्चित समयसम्म काम गर्नैपर्छ । आफ्नो योग्यता, क्षमताअनुसार श्रम बेच्नैपर्छ । समय र पैसासमेत केही बचाउनु पनि पर्छ । त्यो समय र त्यो पैसा हामी जस्तै अरू हजारौँहजार श्रमजीवीको मुक्तिको पक्षमा खर्च गर्नैपर्छ किनभने मानवजातिको मुक्ति भनेको मानव, समाजका सबै सदस्यले एकार्कोलाई शोषण गर्न नपाउने र सबै मिलेर गरेको प्रकृति विरुद्ध सङ्घर्षको फल मानव मात्रले उपभोग गर्न पाउने अवस्थाको समाज बनाउने हो । जीवनका शिशुअवस्था, विद्यार्थी अवस्था र वृद्ध अवस्थामा समाज आफै नाजवाफदही भएर सुविधा उपलब्ध बनाउने हो । सामान्यत: आफ्नो जीवनका आवश्यकता मात्रै अरू जनावरले पनि पूरा गरेकै छन् । त्यसकारण वृद्धावस्थामा पछुतोमा नपर्ने गरी जीवनको उपयोग गर्नुपर्छ । गौरवका साथ भन्न सक्नुपर्छ कि मैले व्यक्तिगत आवश्यकता मात्रै पूरा गरेर बसिनँ, श्रमजीवी वर्गको मुक्तियुद्धमा सामेल भएँ ।”

    कम्युनिस्ट घोषणापत्रको प्रकाशनबाट माक्र्सवादको निर्माणको चरण पूरा भएर विकासको चरण सुरु भयो । समाजको, अर्थतन्त्र, राजनीति, कानुन, धर्म, दर्शन, रीतिरिवाज एकअर्कोमाथि निर्भर र कृयाशील रहे पनि प्रमुख र आधारभूत तत्व आर्थिक पक्ष हो ।
    उत्पादन कृयाकलापमा मानिसले आफूलाई सामाजिक प्राणीको रूपमा ढाल्ने गर्छ । प्रकृतिसित मानिसको सम्बन्ध र उत्पादकको हैसियतले उनीहरूबिच हुने सम्बन्ध दुवै पक्ष अभिन्न रूपमा रहन्छन् । उत्पादक शक्तिको विकासको स्तरअनुसार उत्पादन सम्बन्धले सकृय प्रभाव पार्दछ । उत्पादक शक्तिको अरू विकासलाई सुगम पार्न पुरानो उत्पादन सम्बन्धलाई नष्ट पार्दछन् । उत्पादक शक्तिको उच्च विकासको स्तर, क्रान्तिकारी वर्गको निर्माण र विकास दुवै पूर्वाधार पुँजीवादी समाजको गर्भभित्र विकसित हुनुपर्छ । पुँजीवाद शोषणयुक्त समाजको अन्तिम र मरणासन्न अवस्था हो ।

    दासव्यवस्थाबाट सुरु भएको शोषक र शोषित वर्ग भूदास र सर्वहारा वर्गसम्म आफ्नो अवस्थामा सुधारसहित उच्चस्तरको शोषणमा पर्दै गरे । सर्वहारा वर्ग सबैभन्दा शोषित र उच्चस्तरको परिवर्तनकर्ता हो । उसले श्रम बेच्ने र सङ्गठन निर्माण गर्ने दुवै काम गर्छ र गर्न सक्छ । नगरेसम्म उसको मुक्ति सम्भव पनि छैन ।

    शोषणविहीन र वर्गविहीन समाज निर्माण गर्ने सशक्त वर्ग पनि त्यही हो । उसले राज्यसत्ता कब्जा गर्ने र सामूहिक स्वामित्वमा सम्पत्ति विकास गरेर समाजका अरू सबै तह र तप्काका जनताको नेतृत्व लिन नसक्ने हो भने अरू कुनै वर्गले त्यो जिम्मा पूरा गर्ने पनि छैन, गर्न सक्ने अथवा गर्न सुरु गर्ने पनि छैन । यो राजनीतिक लडाइँ हो ।

    राजनीति गर्न व्यक्ति तन, मन, धन, वचन, कर्म सबै हिसाबले आफ्नो वर्गीय स्वार्थ जोडिएका भएपछि मात्र स्वार्थ पूरा कस्सिएर काम गर्छ । विरोधीको स्वार्थ पूरा गर्न कोही कस्सिन्न ।

    क्रान्ति वर्गसङ्घर्षको विकासको उच्चतम विन्दु मात्र हो । इतिहासको तात्कालिक र चालक शक्ति वर्गसङ्घर्ष हो । पुँजीपति वर्ग विरुद्ध सर्वहारा वर्गको वर्गयुद्ध त्यहाँ पुगेपछि खुल्ला क्रान्तिको रूप लिन्छ । पुँजीपति वर्गलाई हिंसात्मक ढङ्गले उखेलेर फाल्दै सर्वहारा वर्गको शासनको जग बसाल्छ । आफ्नो राजनैतिक प्रभुत्वको प्रयोग गरी पुँजीपतिसँग बाट विस्तार विस्तार सबै पुँजी खोस्ने छ । उत्पादनका सबै साधनलाई सर्वहारा वर्गको हातमा केन्द्रित गर्ने छ । यो काम राजनीतिको मातहतमा विस्तार विस्तार सम्पन्न हुने छ । उत्पादनमा निकै वृद्धि गर्ने छ । ती दुवै सङ्क्रमण कालीन उपाय हुन् । वर्गसङ्घर्ष वर्गीय उद्देश्यवाट सुरु भएर अगाडि बढ्ने गर्दछ ।

    पुँजीपति वर्ग र सर्वहारा वर्ग परस्पर विरोधी वर्ग भए पनि दुवै एउटै सूत्रमाथि आधारित हुन्छन् । त्यो सूत्र पुँजीपति वर्गले बढी शोषण गरेर बढी नाफा कमाउने र सर्वहारा वर्गले राजनीतिक हतियारको बलले सरकारी स्वामित्वमा लगेर सामूहिक स्वामित्वको रूप दिएर सबैले योग्यताअनुसार काम गर्ने हो । यो परस्पर विरोधी दिशामा गन्तव्य निश्चित गरेका विरोधी वर्ग एकै ठाउँको उद्योगमा, एउटै उत्पादन प्रकृयामा आमनेसामने भई काम गरेका र गरिरहेका हुन्छन् । एउटाबिना अर्काेको अस्तित्व सम्भव छैन ।

    सत्ताकब्जा नहुँदासम्म सत्ताकब्जा गर्ने सङ्क्रमण काल र सत्ताकब्जा भइसेकेपछि वर्गविहीन समाज निर्माण गर्ने सङ्क्रमण काल हुन्छ । यो राजनीतिक कार्यक्रम कम्युनिस्ट घोषणापत्रको प्रकाशनबाट सुरु भएको हो । त्योभन्दा पहिले पनि वर्ग थिए र वर्गसङ्घर्षसहित प्रतिगमन रोक्दै वर्गविहीन र शोषणविहीन अवस्थासम्म पुर्‍याउने क्रार्यक्रमको रूपरेखा तयार भइसकेको अवस्था थिएन ।

    आइतबार, जेठ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.