• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चीनलाई साइजमा ल्याउन अमेरिकाले नेपाली भूमि प्रयोग गर्न खोज्यो : सिंह


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • बागलुङ बजार । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले चीनलाई साइजमा ल्याउनका लागि अमेरिकी साम्राज्यवादले नेपाली भूमि प्रयोग गर्न खोजेको बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा २०८० जेठ ६ गते शनिबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको धारणा राख्दै महामन्त्री सिंहले यस्तो विश्लेषण अगाडि सार्नुभएको हो ।

    ‘अहिले अमेरिकाको मुख्य प्रतिस्पर्धा चीनसँग छ । त्यसले गर्दा उसले चीनलाई साइजमा राख्न नेपालको भूमि प्रयोग गर्न खोजिरहेको छ’ उहाँले भन्नुभयो– ‘यहाँको अस्थिरतामा खेलेर नयाँ दलमार्फत त्यो स्वार्थ पूरा गर्ने तयारीमा अमेरिका रहेको देखिन्छ ।’

    महामन्त्री सिंहले चीनलाई घेराबन्दी गर्नकै लागि अमेरिकी साम्राज्यवादले हिन्दप्रसान्त रणनीति अगाडि सारेको र त्यसको अर्थनीतिको रूपमा एमसिसी अगाडि सारिएको तर्क गर्नुभयो ।

    ‘अमेरिकाले जुन हिन्दप्रसान्त रणनीति अगाडि सारेको छ, त्यो चीनलाई घेराबन्दीमा पार्नका लागि हो’ उहाँले भन्नुभयो– ‘एमसिसी हिन्दप्रसान्त रणनीतिकै अर्थनीति थियो । त्यसलाई जबर्जस्ती पारित गर्नमा अमेरिकाले सफलता प्राप्त गरिसकेको छ । ठुला दलहरूले यस मामिलामा राष्ट्रघात गरिसकेका छन् ।’

    उहाँले एसपिपीसमेत पारित गरेर नेपाली र अमेरिकी सैनिकको चीनसित भिडन्त गराउने योजनामा अमेरिका रहेको दाबीसमेत गर्नुभयो ।

    हस्तक्षेप गर्न आफ्नै पार्टी
    महामन्त्री सिंहले अमेरिकी साम्राज्यवादले राजनीतिक पार्टी नै खोलेर नेपालमा हस्तक्षेप गर्न आइपुगेको दाबी गर्नुभयो ।

    उहाँले विगतमा यहाँका दलका नेताहरूलाई आफ्रअनुकूल प्रयोग गर्दै आएकोमा अहिले पार्टी नै स्थापना गरेर लागेको भनाइ राख्नुभयो ।

    तपाईंले रास्वपालाई भन्न खोज्नुभएको हो भन्ने प्रश्नमा महामन्त्री सिंहले भन्नुभयो– ‘रास्वपाको निर्माण र उसको विकासमा अमेरिकाको लगानी छ । अमेरिकाले आफ्नो स्रोतसाधनको प्रयोग गरेर आफूअनुकूल काम गर्नका लागि राजनीतिक दलमा लगानी गरेको हो ।’

    रास्वपाको पछिल्लो चुनावी सफलताको सन्दर्भमा उहाँले जनमतले सधैँ सही फैसला नगर्ने र अहिले रास्वपाले पाएको जनमत पनि त्यस्तै कमजोरीको परिणाम भएको विश्लेषण गर्नुभयो ।

    ‘सधैँ जनमतले सही निर्णय गर्दैन । अहिले रास्वपाले पाएको मत भनेको अमेरिकाले आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नका लागि निर्माण गरिदिएको हो’ उहाँले भन्नुभयो– ‘अराजकता मच्चाएर आफ्नोअनुकूल निर्णय गराउन अमेरिकाले दल नै खोलेर अगाडि बढेको छ ।’

    देश गम्भीर सङ्कटतर्फ

    उहाँले अहिले देश सामान्य अवस्थामा नरहेको उल्लेख दाबी गर्नुभयो ।

    ‘देश अहिले गम्भीर सङ्कटमा छ । गणतन्त्र, धर्म निरपेक्षतालगायतका उपलब्धि जोखिममा परेका छन्’ उहाँको भनाइ थियो– ‘प्रतिगमनकारी अराजकता फैलाएर जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने दाउमा छन् ।’

    उहाँले वर्तमान सरकारको असफलताबाट प्रतिगामीहरूले फाइदा उठाउन खोजेको पनि बताउनुभयो ।

    ‘अहिल विश्व अर्थतन्त्र आर्थिक मन्दीमा छ । नेपाल पनि क्रमश: त्यसै दिशातर्पm गइरहेको छ’ उहाँले भन्नुभयो– ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणले जनताको असन्तुष्टि बढ्दै गइरहेको छ । यस्सको फाइदा प्रतिगामीहरू उठाउन चाहन्छन् ।’

    महामन्त्री सिंहले सङ्घीयताका कारण देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका साथै आर्थिक रूपमा समेत अप्ठ्यारो परिस्थितिमा पारिरहेकाले त्यसलाई तत्कालै खारेज गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

    एमाले प्रतिगामी भूमिकामा
    उहाँले आफूलाई कम्युनिस्ट बताउने एमाले नै यतिखेर प्रतिगमनकारी कित्तामा गएको बताउनुभयो ।

    ‘एमालेको साँठगाँठ अहिले प्रतिगामीसँग छ’ महामन्त्री सिंहले भन्नुभयो– ‘हिन्दु धर्मको आडमा राजा ल्याउन चाहनेहरूलाई अहिले भारत सरकार तथा आदित्यनाथ योगीहरूको साथ रहेको छ । उता, इसाईकरण गर्दै अमेरिकाले आफ्नो हस्तक्षेप बढाइरहेको छ ।’

    उहाँले एमालेले तिनै प्रतिगामी, पुनरुत्थानवादी र भारतीय साम्राज्यवादसँग साँठगाँठ गरिरहेको बताउनुभयो ।

    सो अवसरमा वामपन्थी नेता आनन्द शर्मा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानासमेतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सहजीकरण प्रगतिशील पत्रकार सङ्घका सचिव ताराप्रसाद शर्माले गर्नुभएको थियो ।

    वामपन्थी दलका नेतासँग भेटघाट
    महामन्त्री सिंहले सोही दिन बागलुङका क्रियाशील प्रमुख वामपन्थी पार्टीका जिल्ला नेतृत्वसँग भेटघाट गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले नेकपा (एमाले) का जिल्ला अध्यक्ष हीराबहादुर केसी, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष राजीव घिमिरे, नेकपा (एकीकृत समाजवादी) का सचिव भरत पुरी र जनता समाजवादी पार्टीका प्रदेश सदस्य कृष्णप्रसाद शर्मासँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको थियो ।

    ‘भेटमा देशमा एकातिर प्रतिगामी, अर्कातिर अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्दै गएकोबारेमा छलफल भयो’ राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले त्यसबारे जानकारी दिनुभयो ।

    उहाँका अनुसार भेटमा देशको राष्ट्रियता र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि सबै दल मिलेर जाने विषयमा साझा धारणा कायम भएको थियो ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.