दाङ । अखिल नेपाल शिक्षक सङ्घ दाङको सातौँ जिल्ला परिषद २०८० जेठ ६ गते शनिबार दाङको लमहीमा सम्पन्न भएको छ ।
सङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष लालबहादुर भण्डारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथिद्वय राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य र सङ्घका केन्द्रीय सदस्य भानु जिएम हुनुहुन्थ्यो ।
सो अवसरमा राजमो गढवा पालिका समितिका अध्यक्ष कपिलदेव खनाल, रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष अनन्त आचार्य, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का माधव आचार्य, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का हरि थापा, सङ्घका जिल्ला सल्लाहकारद्वय विप्लव अधिकारी र केशवराज आचार्यले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मावि प्रथम श्रेणीमा बढुवा हुनुभएका जिल्ला सल्लाहकार विप्लव अधिकारीलाई सम्मान गरिएको थियो भने भर्खरै मात्र स्थायी हुन सफल शिक्षकहरूलाई प्रमाणपत्रसहित स्वागत तथा सम्मान गरिएको थियो ।
परिषद्मा सचिव ठाकुरप्रसाद खनालद्वारा प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण पौडेलद्वारा प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
सङ्घका जिल्ला अध्यक्ष रुमालप्रसाद बसेलको अध्यक्षता र दाङका उपाध्यक्ष तुल्सिप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव ठाकुर खनालले गर्नुभएको थियो ।
महिला उपाध्यक्ष सङ्गीता गिरीले परिषद्मा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
