• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

नेपाल : वैदेशिक रोजगारसम्बन्धी कारखाना


  •   शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
  • सावित्रा रेग्मी ##
    नेपाल कृषिप्रधान देश हो । यहाँका धेरै मानिस कृषिमा आधारित छन् । हिमाल, पहाड, तराई जस्ता भूभाग रहेको, छुट्टाछुट्टै हावापानीसहितको भौगोलिक विविधताले गर्दा नेपालका किसानका फरक फरक प्रकारका समस्या छन् । ती जटिल रूपमा पनि रहेका छन् ।

    Advertisement

    खेती गर्नको लागि मल, बिउ, सिँचाइ औजार तथा सिपका साथै कडा परिश्रमको आवश्यकता पर्दछ । सरकारमार्फत किसानलाई सिँचाइ, मल, बिउ, सिपमूलक तालिम औजार सहुलियत दरमा उपलब्ध हुनुपर्दछ । तब मात्र किसानले प्रशस्त मात्रामा कृषि उत्पादन गर्न सक्दछन र देशको आम्दानी बढ्न सक्छ ।

    नेपालमा हिमालबाट हिउँ पग्लेर आएका नदीहरू धेरै छन् । मेची, कहाकाली, कर्णाली, गण्डकी, नारायणी, कोशी जस्ता नदी हिमालबाट पहाड हुदै तराई क्षेत्रसम्म आइपुगेका छन् । ती धेरै नदी मिसिएर ठुला नदी पनि बनेका छन् । यी नदी भनेका देशलाई हराभरा बनाउने अर्थात् हाम्रो शरीरको रगत जस्तै हुन् तर शासकवर्गले बगिरहेको नदीहरू भारतलाई विक्री गरिसकेका छन् । यी नदीको पानीबाट सिँचाइ गर्न पाइदैन । यी नदीबाट नेपाली जनता बाँध बाँधेर आफ्नो जमिनमा स्रिँचाइ गर्नबाट वञ्चित छन् । फलस्वरूप कृषियोग्य जमिन अझै पनि ठुलो सङ्ख्यामा बाझो रहेका छन् ।

    त्यति मात्र होइन, यिनै शासक वर्गले नेपालको जमिनलाई खन्डीकरण गरी खेती गर्न नसकिने अर्थात् प्लटिङको अवस्थामा पुर्‍याएका छन् । खेती गर्ने वातावरण कठिन बनाएर नेपालीलाई विदेशी मजदुरको रूपमा विदेशमा विक्री गरिन्छ । सोहीअनुसार खाडी मुलकमा रोजगारीको रूपमा नेपाली किसान मजदुरलाई निर्यात गर्ने सरकारको नीति रहेको देखिन्छ ।

    यसरी पढेलेखेका विद्वान नेपालीलाई अमेरिका, जापान, बेलायत, क्यानडा, युरोप, अस्ट्रेलियामा बौद्विक मजदुरको रूपमा र अनपढ वा कम पढेका नेपालीलाई खाडी, भारत र विश्वका धेरै भूभागमा रोजगारीका नाममा विदेशमा निर्यात गर्ने नीति सरकारले लिएको छ । त्यसले गर्दा पहाड र तराईका खेतियोग्य जमिनसमेत बाँझोे रहने क्रममा वृद्धि भइरहेको छ । विदेश पठाइएका मजदुर किसानको रेमिट्यान्सले देश र सरकार चलिरहेको छ । यो रेमिट्यान्सले भारतलगायत विदेशका चामल, दाल, नुन, तेल किनेर खाने तर कृषि उत्पादन बन्द गर्ने स्थितिमा देशलाई पुर्‍याइएको छ ।

    अर्कोतिर, रासायनिक मल र कीटनाशक औषधीले माटो बिगारेर खेतियोग्य जमिन बिग्रिसकेको छ भने त्यस्ता कीटनाशक औषधी र रासायनिक मलबाट गरिएको कृषि उत्पादनले मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । त्यति मात्र होइन, पशुपालन, पोल्टिफर्म, चियाबगान, उखुफर्मलगायत सम्पूर्ण व्यापार उद्योग धरासायी अवस्थामा पुगिरहेका छन् । ठुला ठुला उद्योगलाई निजीकरण गर्दै सबै ध्वस्त अवस्थामा पुगिसकेका छन् । सम्पूर्ण क्षेत्रलाई तहसनहस पार्दै नेपाललाई भारतको शरणमा वा पिछडिएको बजारको रूपमा परिणत गरिएको छ । अन्न, लत्ताकपडा, फलफूल, तरकारी, औषधी, पेट्रोल, औद्योगिक सामान आदि भारतकै वा विदेशीकै भरमा बाच्नुपर्ने अवस्थामा पुर्‍याइएको छ ।

    अर्कोतर्फ, नेपालमा जन्मिएका सन्तानहरू आफ्नो परिवारको पालनपोषणका लागि विभिन्न राष्ट्रमा भौतारिरहेका छन् । के हाम्रो देश बैदेसिक मजदुर उत्पादन गर्ने कारखाना हो ? जसले गर्दा लाखौँ युवायुवती आफ्नो देशमा रोजगारीको कुनै उपाय नलागेर विभिन्न देशमा आफ्नो श्रम बिक्री गर्न बाध्य भएका छन् । यता, बाहिर गएका मजदुरको रेमिट्यान्स र देशभित्र लगाइएको कर उठाई शासक वर्ग विलासी जीवन बिताइरहेका छन् ।

    बर्सेनि सयौँ युवाहरू आत्मदाह गर्ने, झुन्डिने वा विदेश पलायन हुने क्रम दिन–प्रतिदिन बढिरहेको छ । यो समस्याको समाधान होइन । शासकहरूले देशलाई कङ्गाल बनाएर आन्तरिक रूपमा नेपाललाई ध्वस्त पारिसकेका छन् ।

    जबसम्म किसान, महिला, मजदुर, बुद्धिजीवी, व्यापारी, उद्योगपतिले शासक वर्गको यो षड्यन्त्रलाई बुझ्दैनन्, तबसम्म सम्पूर्ण शोषित, पीडित वर्गहरू यस कहालिलाग्दो जीवनबाट छुटकारा पाउन सक्ने छैनन् । यस्तो अवस्थामा सम्पूर्ण शोषित वर्गहरू एक भई शासक वर्गको चरित्रलाई उदाङ्गो पारेर कठघरामा उभ्याउनु राम्रो कर्तव्य हुने छ ।

    सम्पूर्ण शोषित, पीडित जनता देशको रगत चुस्नेका विरुद्ध सशक्त सङ्घर्षमा उत्रिनुपर्दछ । साथै उनीहरू किसान, मजदुरको शासन व्यवस्था स्थापनाका लागि लामबद्ध हुनुपर्दछ । यसरी नै राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका साथै देशलाई हराभरा बनाउन सकिने छ ।

    शनिबार, जेठ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.