• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

गरिब किसानका समस्या


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##
    विश्वमा कृषिप्रधान देश भनेर चिनिने देशमध्ये एउटा देश नेपाल पनि हो तर कृषिप्रधान देशमा कृषिका मापदण्ड के के हुन् ? कृषिलाई कसरी व्यवस्थापन र व्यवस्थित प्रकारले प्रयोग गर्न सकिन्छ ? कृषि उत्पादनका सामग्री जमिन, औजार, उन्नत बिउ, मल, सिचाइ, प्रविधिको व्यवस्था कसरी गर्न सकिन्छ ? काम गर्ने कृषि मजदुरको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा सुरुदेखि नै नेपाल सरकारले ध्यान पुर्‍याउन नसकेका कारण आजसम्म नेपाल कृषिप्रधान देश भन्ने शब्दमा मात्र सीमित रहेको छ ।

    Advertisement

    कुनै पनि देशमा कृषिअन्तर्गत कामहरू पशुपालन, अन्नखेती, नगदेबाली, तरकारी खेती, कृषिवन आदिलाई बुझाउँछ तर हाम्रो देशमा कुनै पनि विषयलाई गम्भीरताका साथ अगाडि बढाई त्यसबाट हुने उत्पादनको उचित व्यवस्थापन गरी उत्पादन गर्ने, कृषकको सामान सरकारले जिम्मा लिने, बिक्री बजारको व्यवस्था गर्ने, कृषकलाई उचित मूल्य दिने साथै कृषिमा उचित अनुदान दिने र कृषकलाई प्रोत्साहन गर्ने कार्य भएको देखिँदैन ।

    कृषि देशको मेरुदण्ड हो । कृषि उत्पादनबिना कुनै पनि देशका नागरिक बाच्न सक्ने अवस्था रहँदैन । कुनै पनि देशका जनताको चेतना स्तर कस्तो छ भन्ने कुरा त्यो देशको उत्पादनका साधन र उत्पादन प्रणाली कस्तो छ भन्ने कुरामा निर्भर पर्दछ ।

    विकसित प्रकारको उत्पादन प्रणाली भएका देशमा जनताको चेतना स्तर पनि माथि उठेको हुन्छ भने पिछडिएको उत्पादन प्रणाली भएका देशको जनताको चेतनास्तर पनि पिछडिएको नै हुन्छ । त्यसकारण सरकारले ध्यान दिनुपर्ने मुख्य कुरा उत्पादन र उत्पादनका साधनको आधुनिकीकरण हो । यति मात्र सुविधाले कृषकको समस्या समाधान हुँदैन, यसका साथै कृषिमा सामूहिकता भावनाको विकास गराउनुपर्दछ ।

    वर्तमान अवस्थामा हाम्रो देशको कृषिप्रणाली अत्यन्तै पिछडिएको छ । खेतियोग्य जग्गाजमिन चक्लाबन्दी गरी घरघडेरीमा परिणत भएका छन् भने बाँकी रहेका उत्पादनशील जग्गा सीमित व्यक्तिले रोकेर राखेका छन् । वास्तविक जोत्नेको नाममा जग्गा छैन । बाँकी रहेका जग्गा पनि उत्पादनशील क्षेत्रमा उपयोगमा छैनन् । बाँकी रहेका सीमित र उत्पादन कम हुने टुक्रे जग्गामा अधिकांश किसान अलमलिएर बसेका छन्, जहाँ उन्नत खेतिप्रणालीका कुनै सङ्केत देखा पर्न सकेका छैनन् । त्यसले गर्दा जग्गाजमिनमा मिहिनेत गर्न सकेका छैनन् ।

    जसले जग्गाजमिनमा मिहिनेत गर्दछ, उसको नाममा खेतियोग्य जमिन छैन । जसको नाममा खेतियोग्य जमिन छ, उसले खेती गर्दैन । त्यसैले हाम्रो देशको सरकारले जे गर्दैन, त्यो भन्दछ । जे भन्दछ, त्यो गर्दैन । तसर्थ कृषिमा न्यूनतम सुधार गर्नका लागि सरकारले निम्न कुरामा तत्कालै ध्यान दिनुपर्ने देखिन्छ :

    १. वास्तविक कृषकको पहिचान गरी उनीहरूलाई कृषक परिचय पत्र प्रदान गर्ने ।
    २. उनीहरूलाई कृषि उत्पादनसम्बन्धी आवश्यक तालिमको नियमित व्यवस्था गर्ने।
    ३. भूमिहीन कृषकलाई भूमिको व्यवस्था गर्ने ।
    ४. उन्नत बिउ र मलको उपलब्धता सस्तो मूल्यमा गराउने ।
    ५. कृषिसम्बन्धी प्राविधिक नियमित उपलब्ध गराउने ।
    ६. वास्तविक कृषकलाई उचित अनुदानको व्यवस्था गर्ने ।
    ७. कृषकले उत्पादन गरेका उचित बजार व्यवस्थापनमा ध्यान दिने ।
    ८. कृषकलाई बिमाको व्यवस्था मिलाउने ।
    ९. कृषिसम्बन्धी विषयमा बेग्लै र नि:शुल्क शिक्षाको व्यवस्था गर्ने ।
    १०. कृषकसँगै गएर बाली वा पशुबिमाको अवधारणा अगाडि बढाउने ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.