• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

खसजातिसम्बन्धी पुस्तक खोज्न नैनिताल र डा. यमुनादत्त वैष्णवको मृत्यु

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१४ "

  •   बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    का. जलजला उपन्यासका केही परिच्छेद पश्चिम नेपालका तीन प्राग–ऐतिहासिक जातिहरू थारू, मगर र खससित सम्बन्धित छन् । थारू र मगरसम्बन्धी परिच्छेद लेखिसकेपछि मैले खसजातिसम्बन्धी परिच्छेद लेख्न सुरु गरेको थिएँ । त्यो बेला मैले नैनितालका डा. यमुनादत्त वैष्णवको खसजातिको इतिहाससम्बन्धी पुस्तक पढ्न खोजेँ ।

    Advertisement

    म केही वर्षपहिले नैनिताल गएको थिएँ । मलाई त्यहाँ इतिहाससम्बन्धी एउटा विचारगोष्ठीमा भाग लिने अवसर प्राप्त भएको थियो । त्यो विचारगोष्ठीमा डा. वैष्णवले एउटा गहन र विस्तृत भाषण दिनुभएको थियो । त्यसपछि म उहाँको घरमा गएको थिएँ । उहाँले मलाई खसजातिको इतिहासबारे आफूले लेखेको एउटा पुस्तक दिनुभएको थियो । म त्यो पुस्तक ल्याएर नेपाल आएको थिएँ । मैले त्यो पुस्तक पूरै पढेको पनि थिएँ ।

    अहिले ‘का. जलजला’ उपन्यासको खसजातिसम्बन्धी परिच्छेद लेख्ने बेलामा मैले त्यो पुस्तक पढ्न आवश्यक ठानेँ र आफ्नो लाइब्रेअरीमा गएर त्यो पुस्तक खोजेँ तर धेरैपल्ट प्रयत्न गर्दा पनि मैले त्यो पुस्तक फेला पार्न सकिनँ । खसजातिसम्बन्धी परिच्छेद पूरा गर्नका लागि त्यो पुस्तकको अध्ययन धेरै नै आवश्यक थियो । त्यसका लागि मैले एकपल्ट नैनिताल नै गएर डा. यमुनादत्तलाई भेटेर वा नैनितालको बजारमा त्यो पुस्तक खोज्ने विचार गरेँ ।

    एकपल्ट मलाई कुनै कार्यक्रमको सिलसिलामा दिल्ली जानुपरेको थियो । सिधै दिल्ली जानुको सट्टा मैले लखनऊबाट ट्रेनबाट काठगोदाम गएर त्यहाँबाट नैनिताल जाने योजना बनाएँ । नैनिताल पुगेपछि मलाई थाहा भयो कि डा. यमुनादत्तको मृत्यु भइसकेको रहेछ । उहाँको मृत्यु पनि धेरै नै दुखद अवस्थामा भएको कुरा मलाई थाहा भयो ।

    उहाँ दिल्ली गएर नैनिताल फर्कन थाल्नुभएको रहेछ । डा. वैष्णव काठगोदाममा दिल्लीबाट आउने बसबाट उत्रिएर नैनीताल जाने ट्याक्सी भेट्याउन हिँड्दै हुनुहुन्थ्यो । उहाँको हातमा एउटा ब्रिफकेस पनि थियो । त्यही बेला उहाँको हातको ब्रिफकेस खोस्नको लागि कसैले उहाँमाथि आक्रमण गरेछ र उहाँको मृत्यु भएछ । त्यो समाचार थाहा पाएर धेरै दु:ख लाग्यो ।

    नैनितालमा म डा. यमुनादत्तको घरमा गएँ र त्यो पुस्तक खोजेँ तर उहाँको घरमा त्यो पुस्तकको एक प्रति पनि फेला परेन । मैले नैनितालका पुस्तक पसलमा खोज्दा पनि त्यो पुस्तक पाइएन । त्यहाँको एउटा पुस्तकपसलले मलाई डा. यमुनादत्तको एउटा भाइ दिल्लीमा बसेको बताए र उनको ठेगानासमेत मलाई दिए । उनले बताएअनुसार सायद त्यहाँ त्यो पुस्तक उपलब्ध हुन सक्दथ्यो । त्यसपछि म बसद्वारा दिल्ली गएँ । दिल्लीमा पुगेपछि म एक जना साथीलाई लिएर डा. यमुनादत्तको भाइकहाँ गए । संयोगले मलाई त्यहाँ त्यो पुस्तक प्राप्त भयो ।

    दिल्लीबाट फर्केपछि म काठमाडौँ आएँ । काठमाडौँ आएर मेरो बाँकी रहेको खसजातिसम्बन्धी परिच्छेद लेख्ने काममा लागेँ । त्यही बेला मलाई डा. बालकृष्ण पोखरेलले लेखेको “खसजातिको इतिहास” पनि प्राप्त भयो । त्यसबाट पनि मलाई आफ्नो उपन्यासको खसजातिसम्बन्धी परिच्छेद पूरा गर्न धेरै मदत पुग्यो ।

    उपन्यासको खसजातिसम्बन्धी परिच्छेद पूरा भएपछि मैले एक दिन आफ्नो लाइब्रेरीमा एउटा पुस्तक खोज्दै थिएँ, त्यही बेला मैले त्यहाँ पहिले नैनितालबाट यमुनादत्तले दिएको खसजातिसम्बन्धी इतिहास पुस्तक फेला पारेँ । त्यो पुस्तक खोज्नका लागि मैले नैनीताल र दिल्लीको चक्कर लगाउनुपरेको थियो तर त्यो पुस्तक मेरो आफ्नो लाइब्रेरीमा नै थियो ।

    यमुनादत्तको पुस्तकसम्बन्धी त्यो प्रकरणबारे विचार गर्दा मेरो ध्यान एउटा पुरानो घटनातिर गयो ।

    २०१५ सालमा म एसएलसीको परिक्षा दिन पाल्पाको तानसेनमा बसेको थिएँ । त्यो बेला हाम्रो पार्टीको जिल्ला कमिटीको सेक्रेटरी का. बी.आर. राई हुनुहुन्थ्यो । उहाँ २००७ सालको आन्दोलनमा भाग लिन त्यो बेलाको बर्माबाट आफ्नी एक्ली आमालाई त्यहाँ छाडेर आफ्नो दाइ एस.पी. राईसहित नेपाल आउनुभएको थियो । उहाँको दाइ आन्दोलनमा भाग लिन पूर्वी नेपाल जानुभएको थियो भने बी.आर. राई पाल्पा आउनुभएको थियो र पछि उहाँ कम्युनिस्ट पार्टीमा सामेल हुनुभएको थियो । जिल्ला पार्टीको सेक्रेटरी हुँदै प्रान्तीय कमिटी र केन्द्रीय कमिटीको सदस्य समेत बन्नुभएको थियो । पार्टीमा फुट भएपछि उहाँ डा. केसरजङ्ग रायमाझीको पक्षमा सामेल हुनुभएको थियो । पछि उहाँको कति दु:खद प्रकारको पतन भएको थियो ? त्यसको बेग्लै कथा छ । अहिले म त्यसको चर्चा गर्नपट्टि लाग्दिनँ । यहाँ मैले उहाँसित सम्बन्धित एउटा कुराको मात्र चर्चा गर्न चाहन्छु ।

    एसएलसीको परीक्षा दिन तानसेनमा बसेको बेलामा एक दिन म उहाँलाई भेट्न उहाँ बसेको गाउँमा गएँ । त्यो गाउँमा जान करिब एक घण्टा पैदल हिँड्नुपर्दथ्यो । उहाँलाई भेटेपछि सायद हाम्राबिचमा केही लेखापढी गर्ने काम थियो । मैले आफ्नो कलम निकालेर केही लेख्ने काम पनि गरेको थिएँ । त्यसपछि म तानसेन फर्किएको थिएँ तर तानसेन आएपछि मैले आफ्नो कोटमा त्यो कलम फेला पारिनँ ।
    त्यो एउटा पाइलट पेन थियो । पिताजीले मलाई त्यो कलम उपहारको रूपमा दिनुभएको थियो । त्यो कलमको भन्दा मलाई बढी चिन्ता यो कुराको थियो कि त्यो कलम पिताजीले मलाई दिएको उपहार थियो । त्यसकारण त्यो कलम हराएकोमा मलाई धेरै दु:ख लागेको थियो । त्यसकारण म पुन: त्यो कलम खोज्न बि.आर. राईकोमा नै गएको थिएँ तर त्यहाँ पनि त्यो कलम फेला परेन । त्यसपछि म फर्केर तानसेन आएको थिएँ ।

    पछि त्यो कलम मेरो कोटमा फेला पर्‍यो । कोटको खल्तीमा एउटा प्वाल परेर त्यो कलम कतै अल्झिएर बसेको रहेछ । त्यो कलम फेला परेकोमा मलाई धेरै खुसी लाग्यो । त्यसको तुलनामा त्यो कलम खोज्न बी.आर. राई बसेको घरसम्म जाँदा र फर्किदा बेकारमा हिँड्नुपरेको दुई घण्टाको दु:ख मेरा लागि सामान्य कुरा थियो ।

    आफ्नै लाइब्रेअरीमा भएको पुस्तक खोज्न नैनिताल र दिल्लीको बेकारमा चक्कर लगाउनुपरेको कुराको सन्दर्भमा मैले पुरानो पाइलट पेन खोज्नका लागि बेकारमा दुई घण्टा हिँड्नुपरेको कुरालाई सम्झेँ ।

    बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.