केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समाजका महासचिव केबि थापाले संगठनात्मक विषय लगायत देशको समसामयिक राजनैतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले नेकपा (मसाल) को तीन राजनैतिक प्रस्तावहरुमा पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य चोबनाथ शर्मा र दक्षिण भारत क्षेत्रीय सदस्य भद्रबहादुर थापाले पनि विभिन्न विषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।
कोट्याम नगर अध्यक्ष धर्मराज शर्माको अध्यक्षतामा अघि बढेको कार्यक्रममा महासचिव केबि थापा, केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य भद्रबहादुर थापा, धनकुमारी केसी, महिला विभाग क्षेत्रीय सदस्य बालिकादेवि शर्मा, नगर महिला विभाग संयोजक खिरमाया थापाको आतिथ्यता रहेको थियो।
ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधारण पछि एकराज पौडेलले स्वागत गर्नुभएको थियो । मनोज जिसिले सञ्चालन गरेको कार्यक्रममा दिलबहादुर रानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।