• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानको अपिल


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयता खारेज गरौँ !
    अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानलाई सफल पारौँ !

    Advertisement

    अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको छ । त्यसले संसारका विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामाथि हमला गर्नुका साथै विभिन्न देशमा लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने नीति पनि अपनाइरहेको छ । त्यसकारण साम्राज्यवाद र फासिवादका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतरा पनि छ ।

    अब नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको छ । पहिले त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीमा घुसपैठ गरेर सरकारमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले प्रत्यक्ष रूपले नै नेपालमा हस्तक्षेप गर्ने नीति अपनाएको देखिन्छ । त्यसका लागि त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिन्छ ।

    अमेरिकाले नेपालमा एउटा दीर्घकालीन योजनाअनुसार काम गरिरहेको छ । अमेरिकाको अहिलेको मुख्य उद्देश्य नेपाललाई त्यसको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत ल्याउनु नै हो । त्यो रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरुद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो । त्यसको परिणामस्वरूप नेपालमा ठुलो धनजनको क्षति हुने छ । नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने छ र नेपाल पूरै अमेरिकी सैन्य क्याम्पमा जाने छ । त्यसैको लागि अमेरिकाले नेपालका राजनीतिक पार्टी र सरकारसमेत माथि दबाब दिएर संसद्द्वारा एम.सी.सी. पारित गर्न लगायो । त्यसले एस.पी.पी. पनि संसद्द्वारा पारित गराउन खोजेको थियो । त्यो पारित भएको भए चीनको सीमासम्म अमेरिकी सेना जान पाउ“थे र नेपालमा सिधै“ चीनसित युद्धको स्थिति तयार हुने थियो । एस.पी.पी. पारित गराउन नसकेपछि अमेरिकाले नेपालमा आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने सरकार बनाउन खोजेको छ । त्यसको लागि अहिले त्यसले अमेरिकी निर्देशनमा चल्ने राजनीतिक पार्टी बनाएर चुनावमा पनि उतारेको छ । त्यो रणनीतिका पछाडिको उद्देश्य सम्पूर्ण संसद् र सरकारमा समेत अमेरिकाको प्रभुत्व कायम गर्नु हो । त्यसरी अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्रसमेतका लागि गम्भीर खतरा पैदा भएको छ । त्यसका विरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछ ।

    अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान आगामी जेठ १ गते सुरु भएर जेठ १५ गते समापन गरिने छ । त्यो अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बागलुङको बागलुङ बजारबाट सुरु गरेर जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने छ । त्यो अभियानलाई सफल पार्नका लागि हाम्रो पार्टीले सम्पूर्ण देशभक्त नेपाली जनतासित अपिल गर्दछ ।

    नेपालमा उत्पन्न नयाँ परिस्थिति अर्थात् अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नै राजनीतिक पार्टी बनाएर संसद् र सरकारलाई समेत आफ्नै साम्राज्यवादी नीतिअनुसार सञ्चालन गर्ने रणनीति बनाएका हुनाले अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षमा विशेष जोड दिनुपर्ने आवश्यकता भएको छ र त्यही कारणले अहिले हामीले मेची–महाकाली अभियान सञ्चालन गर्दै छौँ तर त्यसका साथै अहिलेको देशको राजनीतिक स्थिति र आवश्यकताअनुसार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ ¤” नाराअन्तर्गत हाम्रो आन्दोलन पनि लगातार अगाडि बढिरहने छ ।

    आज देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षतामाथि लगातार आक्रमण गरिराखेका छन् । त्यसका साथै भारतीय साम्राज्यवादबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि समेत गम्भीर प्रकारले आक्रमण भइरहेको छ । अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानअन्तर्गत हाम्रो मुख्य प्रहार अमेरिकी साम्राज्यवादका विरुद्ध भए पनि अभियानका सिलसिलामा गणतन्त्र र राष्ट्रियताको रक्षातर्फ सङ्घीयताको विरुद्ध पनि आवाज उठाउनुपर्ने वा सङ्घर्षलाई बढाएर लैजानुपर्ने आवश्यकता छ ।

    अन्तमा, अहिलेको हाम्रो अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षको लागि नैतिक र आर्थिक रूपले बढीभन्दा बढी सहयोग गर्न तथा त्यो अभियानका सिलसिलामा हुने सबै कार्यक्रममा व्यापक सहभागिताको लागि हामीले जनतासित हार्दिक अपिल गर्दछौँ ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.