• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जाली फटाहाको शोषण अन्त भएको छैन, स्वरुप परिवर्तन भएको हो


  •   बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
  • अमर थापा, अध्यक्ष, राष्ट्रिय जनमोर्चा बागलुङ

    Advertisement

    बागलुङ जिल्लामा विशेष संगठनात्मक अभियान कसरी सञ्चालन भइरहेको छ ?
    राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा फागुन महिनाभरि विशेष संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बागलुङ जिल्लामा पनि हामीले पनि जिल्लाभरिका कार्यकर्ताको भेला गरी यो अभियानको सुरुवात गरेका छौँ । उक्त भेलामा पार्टीको राजनीतिक तथा सैद्धान्तिक विषयमा कार्यकर्तालाई प्रशिक्षित गरिएको थियो । हामी सोही भेलाबाट १० टोली निर्माण गरी फागुन मसान्तसम्म यसलाई सञ्चालन गरिने छ । यस अवसरमा हामीले जिल्लाका सबै बस्ती र टोल तहमा जनभेटघाट, सदस्यता वितरण र समिति निर्माणमा जोड दिएका छौँ । एक लाख जनतासँग प्रत्यक्ष भेटघाट र ५० हजार सदस्यता वितरण गर्ने निर्णयका साथ हामी कार्यक्षेत्रमा खटिएका छौँ ।

    बागलुङमा विशेष संगठनात्मक अभियानको लक्ष्य के–कस्ता निश्चित गर्नुभएको छ ?
    हामीले माघ महिनाभरि वडा तहसम्मका समितिको बैठक सम्पन्न गरिसकेका छौँ । यो अभियान मुख्यगरी पार्टीको राजनीतिक गतिविधि जनतामा स्थापित गर्न सञ्चालन गरिएको हुनाले हामी त्यसैमा बढी केन्द्रित रहने छौँ । जनताको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट गरिने भएकाले उनीहरूका दैनिक समस्याप्रति पनि हामी सूचित हुने छौँ र त्यसको समाधानका लागि पनि सङ्घर्षलाई पनि गोलबन्द गर्ने काम यो अभियानको क्रममा हुने छ । खासगरी राष्ट्रिय जनमोर्चाको सदस्यता वितरण र उनीहरूलाई सङ्गठित बनाउनु नै यो अभियानको मुख्य कार्य रहन्छ ।

    पछिल्लो समयमा बागलुङ जिल्लामा राजमोको संगठन कमजोर हुनुको कारण के ठान्नुहुन्छ ?
    बागलुङ जिल्लामा हाम्रो पार्टी वा संगठन कमजोर छ भन्ने म स्वीकार गर्दिनँ र हामी कमजोर पनि छैनौँ । निर्वाचनको मत परिणामका हिसाबले भन्न खोज्नुभएको हो भने पनि दुई कम्युनिस्ट पार्टीमाझ एकता भएको र नेपाली कांग्रेस पनि पहिलेदेखि नै कृयाशील पार्टी भएकाले बिचमा केही तरल मत यताउता भएकोजस्तो देखिन्छ । तर निर्वाचनको जनमत दीर्घकालीन प्रकृतिको हुँदैन । मुख्य प्रश्न कुन संगठनको अवस्था कस्तो छ भन्ने कुराको निर्धारण उसको राजनीतिक लाइन, कार्यकर्ताको खटनपटन, जनताको दैनिक समस्यामा कार्यकर्ताको साथ–सहयोग, प्रशिक्षण, कार्यकर्ता आदिले गर्दछ । यो हिसाबले विश्लेषण गर्ने हो भने हामी बागलुङ जिल्लामा सशक्त पार्टी नै हौँ । हामीसँग अहिले पनि हजारौँको संख्यामा कर्तव्यनिष्ठ र जुझारु कार्यकर्ता रहेको छ । त्यसकारण हामी बागलुमा कमजोर छैनौँ ।

    चुनावमा तालमेलसम्बन्धी राजमोको गलत नीतिका कारणले जनमत घटेको मान्न सकिन्छ ?
    त्यस्तो होइन । चुनावमा तालमेल गर्ने कुरा तात्कालिक अवस्थाको मूल्यांकन गरेर नै हामीले निर्णय गरेका हौँ । त्यसबेला जुन नीति थियो, त्यसलाई हामीले गलत ठान्दैनाँै । दीर्घकालसम्म चुनावको त्यही अवस्था नरहने सर्वविदितै कुरा हो । आगामी समयमा हामीले एक्लै चुनाव जित्नेगरी तयारी गर्नुपर्ने हुन्छ र त्यो दिशामा हाम्रो खटनपटन पनि हुनुपर्दछ । हाम्रो पार्टीले तालमेल नगरिकन चुनाव जित्नुपर्दछ भन्ने जुन जनताको चाहना छ, त्यसलाई हामीले उच्च सम्मान गर्दै तालमेल बिना नै जित्ने तयारीका साथ योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्दछ ।

    तालमेलसम्बन्धी नीतिप्रति जनतामा जुन भ्रम पारिएको छ, त्यो भ्रमलाई हामीले आफ्नो वैचारिक संघर्षको माध्यमबाट जनतालाई स्पष्ट पार्नुपर्दछ । जनताको हितमा कहिले एकता त, कहिले सङ्घर्षको नीति अपनाउँदै जनपक्षीय उमेदवारलाई विजयी गराउने परिस्थितिअनुसारको अवश्यकता पनि हुन्छ । तालमेल सम्बन्धमा जनतामा परेको गलत भ्रमलाई हामीले शसक्त प्रकारले चिर्नुपर्दछ र हामी त्यो भ्रमलाई चिरिरहेका पनि छौँ ।

    तुलनात्मक रूपमा बागलुङ जिल्लामा राजमोको घनीभूत संगठन भएको भनिए पनि जनताको आकर्षण तपाईहरूप्रति फिका पर्न थालेकोजस्तो देखिन्छ । वास्तविकता के हो ?
    तपाईले भनेजस्तो जनताको आकर्षण फिका नै भएको त भन्न मिल्दैन । तर पनि जनतामा कम्युनिस्ट पार्टीप्रतिको आधारभूत जानकारी नभएका कारण नामधारी कम्युनिस्टलाई पनि जनताले कम्युनिस्ट नै ठान्दछन । हामी चुनाव पनि कहिलेकाहीँ मिलेर नै लड्ने गरेका छौँ । त्यसकारण जनता केही समय अलमल परेकोजस्तो देखिएको हो । जब जनता सचेत हुन्छन् र राजनीतिक रूपमा जागरुक हुन्छन्, त्यतिबेला जनतामा परेको भ्रम सफा हुन्छ र जनताले आधारभूत रूपमा आफ्नो वर्गको पार्टीलाई साथ दिने छन । मूल रूपमा जनमत त्यति धेरै यताउता भएको भने होइन ।

    बागलुङ जिल्लावासीका साझा समस्या के कस्ता छन् ?
    राष्ट्रिय स्तरका जुन समस्या छन्, ती समस्याबाट बागलुङ जिल्ला पनि अछूतो रहन सकेको छैन । यहाँ पनि शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, स्वस्थ खानेपानी, रोजगार, गरिबी, पछौटेपन, सिँचाइजस्ता आधारभूत सुविधाहरू जनताको आवश्यकता बमोजिम पूरा हुन सकेका छैनन् । जनताका दैनिक समस्या जेकोत्यही रहेको छ । सरकारबाट जनताले जुन अपेक्षा गरेका थिए, त्यो पाउन सकेका छैनन् । सामाजिक र सांस्कृतिक रूपमा हामीले समाजलाई बदल्नुपर्ने आवश्यकता पनि अझै कायमै देखिन्छ । यी समस्याको रूपमा केही नभएकोजस्तो देखिएको भए पनि पहिलेको तुलनामा धेरै सकारात्मक कार्य पनि भएका छन । ग्रामीण तहसम्म बाटोघाटोलाई जोड्ने, शिक्षाको स्तरमा सुधार गर्ने, हरेक नागरिकलाई आत्मसम्मानका साथ बाँच्ने वातावरण सृजना गराउने कुरामा हामीले लगातार जोड दिदै आएका छौँ ।

    राजमोबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको भूमिका कस्तो रहेको पाउनुभएको छ ?
    जनप्रतिनिधि पार्टीले जनताबाट अनुमोदन गराएका सामाजिक कार्यकर्ता हुन् । उनीहरू कानुनले निर्दिष्ट गरेका विधविधानभित्र बसेर पार्टीको घोषणापत्रबमोजिम जनताका बिचमा काम गर्ने गर्नुपर्दछ । सामान्यतया जनप्रतिनिधि सबै उस्तै प्रकारका देखिने गरेको भए पनि हाम्रा पार्टीका साथीहरू अलि फरक हुनुहुन्छ, हुनु पनि पर्दछ । यो व्यवस्थाभित्र भएका गलत गतिविधिलाई उदाङ्गो पार्दै जनताको पक्षमा काम गर्न सक्षम हुनुपर्ने हुन्छ । हाम्रा जनप्रतिनिधिले पनि आफ्नो क्षमता र दक्षतामा वृद्धि ल्याउनुपर्ने आवश्यकता अझै पनि बाँकी छ । हाम्रा जनप्रतिनिधि अन्य भन्दा थप अव्वल हुन जरुरी छ । स्थानीय तहमा व्याप्त भ्रष्टाचार, मह्गी, करवृद्धि र ढिलासुस्तीलाई रोक्नु र त्यसबाट बचेर जनताको चाहनाबमोजिम काम गर्नु हाम्रा जनप्रतिनिधिको मुख्य कार्य बनेको छ । पार्टीले जनप्रतिनिधिहरूलाई बेला बेलामा प्रशिक्षण पनि गर्दै आएको छ ।

    अनि, सांसदहरूको भूमिका नि ?
    विगतदेखि नै राष्ट्रिय जनमोर्चाका सांसदहरूको भूमिका फरक र महत्वपूर्ण रहँदै आयो । त्यो अहिले पनि कायमै छ । हामी जहिले पनि जनपक्षीय विषयमा आवाज उठाउँदै आयौँ । जनचाहनाबमोजिम संसदमा आवाज उठाउनु र सरकारका गलत नीति तथा कार्यक्रमको भण्डाफोर गर्नु हाम्रो मुख्य काम हो । बागलुङ जिल्लाबाट ३ जना प्रदेशसभामा माननीयज्यूहरू हुनुहुन्छ । उहाँहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ । आफू विजयी भएको क्षेत्रको विकास र जनताको चाहनाबमोजिम भेटघाट गर्नका लागि उहाँहरूले थप समय निकाल्नुपर्ने हुन्छ नै । संसदमा पनि उहाँहरूको भूमिका महत्वपूर्ण नै छ । अझ सशक्त तरिकाले प्रस्तुत हुन थप जिम्मेवार र दक्षतामा वृद्धि गर्नुपर्ने हुन्छ ।

    समृद्ध बागलुङ निर्माण गर्नु सम्भव छ ? त्यसका लागि राष्ट्रिय जनमोर्चासित के कस्ता नीति तथा कार्यक्रम छन् ?
    हामीले बागलुङ जिल्लाको समग्र विकासमा पहिलेदेखि नै ध्यान दिँदै आयो । सदरमुकामदेखि दूरदराजका बस्तीसम्म सडक सञ्जालको विस्तारदेखि अन्य विकासका गतिविधिमा समेत हाम्रो ध्यान पुगेको नै छ । बागलुङ बजारदेखि कुश्मीसेरा र बुर्तिवाङसम्मको मोटरबाटोको नाका खोल्दासमेत हामीले ठुलो सङ्घर्ष गर्नुप-यो । अहिले ती सडक राष्ट्रिय गौरवका योजना बनेका छन् । राष्ट्रिय जनमोर्चाले जिल्लाको समग्र विकासको वृत्तचित्र निर्माण गरेर दु्रत विकास हुनुपर्नेमा जोड दिदै आयो । जनताका आयमा वृद्धि ल्याउने गरी उत्पादनका कार्य हुने योजना छनोटमा पनि हामीले प्राथमिकतामा राखेर नै निर्णय गर्दै आयौँ ।

    ढोरपाटनमा रहेको जलासययुक्त जलविद्युत परियोजना यथासक्यो चाँडो बागलुङको भूगोलमा सम्पन्न हुनुपर्ने र मध्यपहाडी लोकमार्ग, सालझण्डी–ढोरपाटन लोकमार्ग र कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड छिटो सक्नुपर्नेमा हाम्रो पार्टीको जोड रहेको छ । अहिले पनि जिल्ला समन्वय समिति हाम्रो नेतृत्वमा रहेका कारणले पनि जिल्लाको समग्र विकासमा हामीले योजना बनाउने पनि गरेका छौँ । जिल्लाको समृद्धि र विकासका लागि राजनीतिक चेतनामा पनि परिवर्तन आउन जरुरी रहन्छ । हामीले जनतालाई जति भौतिक रूपमा विकासप्रति कृयाशील बनाउँछौँ, त्यति नै मात्रामा राजनीतिक र सङ्गठन परिचालनमा पनि ध्यान दिने गर्दछौँ । यसरी हेर्दा जिल्लाको आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक विकासमा हाम्रो महत्वपूर्ण योगदान रहेको छ ।

    केही वर्षअघिसम्म बागलुङमा जालीफटाहा विरोधी कतिपय अभियान चलेका थिए । आजभोलि बागलुङ शान्त भएकोजस्तो देखिन्छ । शोषण, उत्पीडन नै समाप्त भएर हो कि तपाईहरू सुस्ताउनुभएकाले हो ?
    जनताको पक्षमा हामीले काम गरी नै रहेका छौँ । तर तपाईले भनेजस्तो जनकारबाही कमी नै भएकोजस्तो हामीलाई पनि महशुस भएको छ । जालीफटाहहरूको शोषणको रूप बदलिएको छ । बदलिँदो अवस्थामा हाम्रो आन्दोलनको स्वरूप पनि केही फरक तरिकाले भएको भए पनि जनताले बुझ्नेगरी गतिविधि गर्नुपर्दछ । जनतालाई सताइरहेका शोषकप्रति सम्झौताहीन संघर्ष गर्नुपर्दछ । त्यसैले हाम्रो संघर्ष पनि नयाँ स्वरूपमा योजनाबद्ध तरिकाले थप कृयाशील बनाउनुपर्दछ । जनताका बैरीहरूलाई नङ्ग्याउँदै जनताको राज्य स्थापनामा हाम्रो जोड छ । बागलुङ जिल्लाको हाम्रो जुन इतिहास छ, त्यसमा परिस्थितिबमोजिम परिवर्तन भएको हो, सुस्ताएको भने होइन । जनविरोधी गतिविधि र विकासमा भएको भष्टाचार, ठेक्कापट्टाको नाममा ढिलासुस्ती र लापरवाही, राजनीतिक पार्टीका कार्यकर्ताको विचौलिया प्रवृतिका विरुद्ध हामीले सशक्त आन्दोलन गर्ने तयारीमा छौँ । अब हाम्रो आन्दोलन त्यता केन्द्रित गर्ने योजनामा छौँ ।

    केन्द्र र प्रदेश सरकारको कामकारबाहीलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
    कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार रहेको भए पनि जनताले जुन अपेक्षा गरेका थिए, त्यो हुन सकेको छैन । विगतका सरकारले भन्दा केही सुधारका काम भएको भए पनि सारतत्वका हिसाबले फरक देखिएको छैन । सरकारका केही सकारात्मक काम भएकोजस्तो देखिए पनि पछिल्लो चरणमा सरकार राष्ट्रियताको विषयमा कमजोर बन्दै गएको छ । एमसिसीजस्ता राष्टघाती सम्झौता पास गराउन सक्रिय हुनु, सीमा अतिक्रमणको विषयमा छिटोभन्दा छिटो उच्चस्तरीय कूटनीतिक पहल सुरु गर्न नसक्नु, भ्रष्टाचार अन्त्य नगरेर उल्टै भ्रष्टाचारीलाई राजनीतिक संरक्षण प्रदान गर्नेजस्ता जनविरोधी कार्यमा सरकार दिन–प्रतिदिन कमजोर हुँदै गएको पाइन्छ ।

    यता, संघीय प्रदेशको त कुनै काम नै छैन । प्रदेशले अहिलेसम्म जुन खर्च गरेको छ, त्यसमा कुनै विधि पनि छैन । नेताको व्यवस्थापन गर्ने र कार्यकर्ता पोस्ने तर जनतालाई चर्को कर थोपार्ने-यस्तो विकृति र विसङ्गति भएको यो संघीय प्रदेश सरकार र संसद खारेज गर्नुपर्दछ । हामीले चलाएको संघीयता खारेजीको आन्दोलनको महत्व बल्ल जनताले बुझ्न थालेका छन । अब संघीयता खारेजीको आन्दोलन पनि थप उचाइमा उठ्ने विश्वास हामीले लिएका छौँ । हामी चाहान्छौँ, संघीयताको ठाउँमा प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक राज्यव्यवस्था लागु गरिनुपर्दछ ।

    बागलुङमा नेकपा (मसाल) को सशक्त राजनीतिक प्रभाव भएकाले विकास, निर्माणमा राज्यको तर्फबाट भेदभाव भएको महशुस गर्नुभएको छ ?
    त्यस्तो त होइन । यहाँ हाम्रो प्रतिष्पर्धामा आजसम्म सत्ताका नजिक रहेका दलहरू नै छन् । तर उनीहरूको पनि केन्द्रमा खासै पहुँच र प्रभाव रहेको पाइन्न । सरकारको विकास नीति नै गलत छ । समान वितरण प्रणाली नै छैन । यस्तो अवस्थामा पहँचको भरमा विकास आउने भएकाले हाम्रो कारणले मात्र बागलुङको विकास भएन भन्नु गलत हुन्छ । यति हुँदा पनि बागलुङको विकास नभएको भन्न मिल्दैन । राष्ट्रिय गौरवका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, ढोरपाटन जलासययुक्त जलविद्युत परियोजनाजस्ता कैयौँ योजना बागलुङको भूगोलमा परेका छन । जनताको आवश्यकताबमोजिम जति विकास हुनुपर्ने हो, त्यो हुन त सकेको छैन ।
    (अन्तर्वार्ताः प्रकाश थापा)

    बुधबार, फागुन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.