वीरेन्द्रनगर । आगामी जेठ १२ र १३ गते आयोजित राष्ट्रिय जनमोर्चाको चौथो जिल्ला सम्मेलनको तयारीस्वरूप सुर्खेतका स्थानीय तहमा सम्मेलन तथा भेला सम्पन्न भएका छन् ।
यसै सिलसिलामा वैशाख २२ गते शुक्रबार पञ्चपुरी नगरपालिकामा राजमोको चौथो नगर भेला सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
भेलाले धर्मराज उपाध्याय अध्यक्ष रहनुभएको राजमोको नौ सदस्यीय नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णुबहादुर, सचिवमा शशिराम कँडेल शाही, कोषाध्यक्षमा भोजनकुमार शाही तथा सदस्यहरूमा इमबहादुर शाह, कमलसिंह, वीरबहादुर थापा र गोपलाल शाही रहनुभएको छ ।
चौकुने नगरपालिका
जिल्ला सम्मेलनको तयारीको सिलसिलामा वैशाख २१ गते बिहीबार चौकुने गाउँपालिकाको तेस्रो पालिका भेला सम्पन्न भएको छ ।
भेलाको उद्घाटन राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गर्नुभएको थियो ।
पदमसिंह विकको अध्यक्षता तथा विष्णु न्यौपानेको सञ्चालनमा सम्पन्न उक्त भेलाले पदमसिंह विक नै अध्यक्ष रहनुभएको नौ सदस्यीय पालिका समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा दीपक विक, सचिवमा विष्णुप्रसाद न्यौपाने, कोषाध्यक्षमा नामसरा विक रहनुभएको छ भने सदस्यहरूमा पुरन विक र नरबहादुर विक, तिलक बुढामगर र गगन विक तथा सल्लाहकारमा जगत् विक रहनुभएको छ ।

लेकबेसी नगरपालिका
एवम् प्रकारले लेकबेसी नगरपालिकामा पनि राष्ट्रिय जनमोर्चाको सम्मेलन सम्पन्न भएको छ ।
वैशाख १५ गते शुक्रबार सम्पन्न उक्त सम्मेलनको उद्घाटन पनि राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासीले नै गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्रवक्ता मोहन थापामगर, राजमो कर्णाली प्रदेश समितिका सदस्य शेरबहादुर परियार, राजमो जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का प्रेमबहादुर ठाडा, अखिल नेपाल महिला सङ्घकी पार्वती ठाडा, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष कविता ठाडाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन हरि परियारले तथा अध्यक्षता हीरालाल नेपालील गर्नुभएको थियो ।
सम्मेलनले प्रेमबहादुर ठाडा अध्यक्ष रहनुभएको राजमोको १३ सदस्यीय नगर समिति निर्वाचन गरेको छ ।
समितिको उपाध्यक्षमा हरिबहादुर परियार, सचिवमा धनबहादुर पुन, सहसचिवमा दिलबहादुर आर्ने र कोषाध्यक्षमा चन्द्रा सुनार रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा कर्णबहादुर ठाडा, कमल सिँजाली, निरू दर्जामा, टीकाराम फौजा, टीकाराम पोखरेल, छवि पोखरेल, इन्दु थापा, शेरबहादुर लुतेली र नरबहादुर सिँजाली रहनुभएको छ ।
सम्मेलनले नरबहादुर फौजा, हीरा विक र पाण्डवलाई सल्लाहकारमा चयन गरेको छ ।





