• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भूमिगत तार व्यवस्थापनको काम सुरु


  •   सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित
  • काठमाडौं । उपत्यकाको विद्युत् वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ । काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो ।

    Advertisement

    प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तिब्र गति ’ भनी टिप्पणी गर्नुभयो । उच्चप्रविधियुक्त नया कामको थालनि भएको र त्यो कामका लागि काम नभई नया काम भएको भन्दै उहाँले यसले काठमाण्डौको सौन्र्दय बढाउने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले निर्धारित समयमा काम सम्पन्न गर्न पनि ठेकेदार कम्पनिलाई निर्देशन दिनुभयो । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र पुरा नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भईसकेकाले विगतको जस्तो ढिलासुस्ती गर्ने प्रवृति दोहोरिन नहुनेमा उहाँले सचेत गराउनुभयो ।
    उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति संगै नया कामको सुरुवात भएको बताउनुभयो । विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनिय र भरपर्दो बनाउने काममा भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपुर्ण रहेको बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूमिगत कार्य गर्दा परम्परागत प्रविधि नभई होरिजेन्टल डाईरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले सडकमा सवारी साधनको आवागमन र पैदलयात्रुलाई असर नपर्ने गरी रातको समयमा काम गरिने र सो क्रममा क्षतिग्रस्त भएको सडक १० दिन भित्र मर्मत गरिसकिने बताउनुभयो ।

    प्राधिकरणका अनुसार पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गंगबू, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी , चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिंङ हस्पिटल लगायतका स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार भोल्टेलको भूमिगत तार विछ्याईने छ । त्यसैगरी ४ सय भोल्टेजका ४ सय किलोमिटर अप्टिल फाइबर भूमिगत विछ्याईने छ ।

    त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु रत्नपार्क, बागबजार, पुलतीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नयाँ बजार लगायत स्थानहरुमा करिब २ सय किलोमिटर ११ हजार भोल्टेजको भूमिगत लाईन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाईन निर्माणको साथै करिब २ सय किलोमिटर अप्टिकल फाईबर भूमिगत विछ्याईने छ ।

    विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दुरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले पनि सो अप्टिकल फाइबर प्रयोग गर्न सक्नेछन् ।दोश्रो चरणमा काठमाण्डौका बाँकी स्थानहरुमा अप्टिकल फाईबर भूमिगत विछ्याईनेछ । भक्तपुर तथा ललितपुरमा पनि भूमिगत तार विछ्याउनका लागि खरिद प्रक्रिया अघि बढाईएको छ ।

    उपत्यकाबाहिर कास्की जिल्लाके पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महनगरपालिकाका मुख्य सडकहरुमा समेत विद्युत् वितरण प्रणाली भूमिगत गर्नका लागि अध्ययन गरी ठेक्का सम्झौता भई ठेकेदारबाट कार्य प्रारम्भ पनि भईसकेको छ । विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक बर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने बताएको छ । आगामी दिनमा क्रमैसँग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मीटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

    सोमबार, फागुन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.